मुख्य समाचार
इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित
इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित

। इंग्ल्याण्डले एन्डरसन-टेन्डुलकर ट्रफीअन्तर्गत भारसँगको तेस्रो टेस्टमा रोमाञ्चक जित निकालेको छ ।

लर्ड्स मैदानमा भएको तेस्रो टेस्टको पाँचौं दिन तेस्रो सेसनमा इंग्ल्यान्डले भारतलाई २२ रनले पराजित गर्दै सिरिजमा २–१ को अग्रता लिएको हो। पाँच दिनसम्म उतारचढावले भरिएको खेल अन्ततः इंग्ल्यान्डले जित्दै रोमाञ्चक अन्त्यमा पुर्‍यायो।




१९३ रनको लक्ष्य पछ्याएको भारत अन्तिम पारीमा १७० रनमै समेटियो। रविन्द्र जडेजाले अविजित ६१ रनको संघर्षपूर्ण पारी खेले पनि पर्याप्त हुन सकेन । जसप्रीत बुमराह र मोहम्मद सिराजले पनि धैर्यपूर्वक खेलेर जडेजालाई साथ दिएका थिए, तर जितको लागि त्यो पर्याप्त भएन।

अन्तिम विकेटको रूपमा सिराज ३० बल खेलेपछि दुर्भाग्यपूर्ण तरिकाले बोल्ड भए, बल ब्याटमा लागेपछि भुँइमा झरेर रोल हुँदै विस्तारै स्टम्पमा गएर ठोक्किएको थियो। त्यो नै खेलको अन्तिम क्षण बन्यो।



खेल सकिएपछि मैदानमा प्रतिस्पर्धाभन्दा ठूलो भावना देखिएको थियो। खेलभरि आक्रोश र स्लेजिङ भइरहे पनि अन्त्यमा इंग्ल्यान्डका खेलाडीहरूले सिराजलाई सान्त्वना दिए। जडेजाको कौशलताको पनि उनीहरूले सम्मान गरेका थिए ।

इंग्ल्यान्डका जोफ्रा आर्चर र कप्तान बेन स्टोक्सले ३–३ विकेट लिए। ब्राइडन कार्सले २ विकेट लिँदा शोएब बशिर र क्रिस वोक्सले एक–एक विकेट लिए।

खेलको पहिलो पारीमा दुवै टोलीले समान ३८७ रन बनाएका थिए। इंग्ल्यान्डका लागि जो रुटले शतक बनाए भने जेमी स्मिथ र ब्राइडन कार्सले अर्धशतक योगदान दिए।

भारतले पनि जवाफी पारीमा ३८७ रन नै बनायो जहाँ केएल राहुलले १०० रनको शतकीय इनिङ्स खेले। उनलाई ऋषभ पन्त (७४) र जडेजा (७२) ले राम्रो साथ दिएका थिए।

दोस्रो पारीमा इंग्ल्यान्ड १९२ रनमा समेटियो। जो रुटले फेरि सर्वाधिक ४० रन बनाए। भारतका लागि वासिङ्टन सुन्दरले ४ विकेट लिए भने जसप्रीत बुमराह र मोहम्मद सिराजले २–२ विकेट लिए। नितीश रेड्डी र आकाश दीपले एक–एक विकेट लिँदै इंग्ल्यान्डलाई कम स्कोरमा रोक्न मद्दत गरे।

भारतको दोस्रो पारी सुरुवातमै डगमगायो। आइतबारको अन्त्यसम्म ४ विकेट गुमाएर ५८ रनमा सीमित भएको भारतको अवस्था कमजोर थियो। केएल राहुलले ३९ रन बनाए । तर त्यसपछि भारतले नियमित अन्तरालमा विकेट गुमाइरह्यो ।

अन्त्यमा बुमराह र सिराजले धैर्यता देखाएपनि जितसम्म भने भारत पुग्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...