: राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युक्रेनलाई थप आधुनिक सैन्य उपकरण दिने बताएका छन्। डोनाल्ड ट्रम्पले युक्रेनमा पठाइने हतियारको संख्या खुलाएका छैनन्।
उनले भने,‘हामी युक्रेनलाई आवश्यक पर्ने हतियार पठाउनेछौं।’
डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको हालैको छलफलप्रति निराशा व्यक्त गरेका छन्। त्यसपछि ट्रम्पले युक्रेनलाई थप हतियार दिने घोषणा गरेका हुन्।
ट्रम्पले भने,‘पुटिनले धेरै मानिसलाई साँच्चै चकित पारेका छन्। उनी राम्रा कुरा भन्छन् र साँझ सबैमाथि बम खसाल्छन्। त्यसैले त्यो अलि समस्या हो। मलाई यो मन पर्दैन।’