मुख्य समाचार
ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै
ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै

। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् ।

तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् ।




‘हामी उनीहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,’ ट्रम्पले आइतबार अमेरिकी हवाई प्रतिरक्षा प्रणालीलाई सङ्केत गर्दै भने ।

उनले आफूले कति वटा हतियार पठाउने भन्नेबारे केही खुलाएनन् तर उनले ‘कडा वक्तव्य दिने’ बताए । राष्ट्रपति ट्रम्पलगायतका अमेरिकी उच्च अधिकारीसँग सोमबार छलफल गर्न नेटोका महासचिव मार्क रुट वासिङ्टन पुगेका छन् ।



ह्वाइट हाउसले यसै महिनाको सुरुमा किएभलाई केही हतियार आपूर्ति रोक्ने र त्यसको साटो नयाँ सम्झौताको घोषणा गरेको थियो जसमा नेटोले युक्रेन पठाउनका लागि केही अमेरिकी हतियार खरिद गर्ने उल्लेख छ ।

नेटोले जारी गरेको विज्ञप्तिमा रुट सोमबार र मङ्गलबार वासिङ्टनमा रहने र रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियोसँग पनि भेटवार्ता गर्ने बताइएको छ ।

रुटको ओभल अफिसको सोमबार बिहान १० बजे बस्ने बैठक मिडियाका लागि बन्द खुला रहनेछैन ।

ट्रम्पले भने, ‘हामी मूलतः उनीहरूलाई सेनाका विभिन्न अत्याधुनिक सामग्रीहरू पठाउन गइरहेका छौँ र उनीहरूले त्यसका लागि हामीलाई शतप्रतिशत तिर्नेछन् ।’

‘यो हाम्रो लागि व्यापार हुनेछ,’ उनले थपे ।

ट्रम्पले रुसी नेता पुटिनसँग आफू ‘निराश’ भएको पनि दोहोर्‍याए ।

‘पुटिनले धेरै मानिसहरूलाई आश्चर्यचकित पार्नुभएको छ । उहाँले दिनमा राम्रो कुरा गर्नुहुन्छ र त्यसपछि साँझमा व्यापक गोलावारी गर्नुहुन्छ,’ आइतबार न्यूजर्सीमा फिफा क्लब विश्वकप फाइनल हेरेर फर्कने क्रममा ट्रम्पले भने ।

गत हप्ता ट्रम्पले पुटिनले युक्रेनबारे वासिङ्टनमाथि ‘बकवास’ गरेको आरोप लगाएका थिए ।

गत जनवरीमा आफ्नो दोस्रो कार्यकाल सुरु गर्दै ट्रम्पले युक्रेनमा जारी युद्धलाई छिटो अन्त्य गर्न रुसी नेतासँग मिलेर काम गर्न सक्ने बताएका थिए ।

तर रूसले अमेरिका र युक्रेनले प्रस्ताव गरेको युद्धविरामको प्रस्तावलाई महिनौंदेखि अस्वीकार गर्दै आएको छ ।

ट्रम्पले मस्कोमाथि प्रतिबन्ध लगाउन आफू तयार हुन सक्ने सङ्केत गरेका छन् र त्यसैका लागि अमेरिकी संसद्मा निवारक प्याकेजको लागि गति बढिरहेको छ।

रूसविरुद्ध कुनै कर लगाउने कि नलगाउने भन्ने प्रश्नमा ट्रम्पले भने, ‘ठीक छ, हामी भोलि के आवश्यक देख्नेछौं? त्यही गर्नेछौँ ।’ एएफपी

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम