मुख्य समाचार
सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा दुई नेपाली सेनासहित ५ जना घाइते
सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा दुई नेपाली सेनासहित ५ जना घाइते

। सर्लाहीमा जिप र मोटरसाइकल एकआपसमा ठोकिँदा दुई नेपाली सेनासहित ५ जना घाइते भएका छन् ।

सोमबार सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ र १३ को सिमानामा बाँकेस्थित रेल्वे ट्र्याक नजिक प्र.०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको जिप एकआपसमा ठोकिँएर दुर्घटना भएको हो ।




दुर्घटना पश्चात दुवै गाडीमा आगलागी भएको छ । मोटरसाइकल पूर्णरूपमा जलेको छ भने जिपको अगाडिको भाग जलेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा मोटरसाइकल चालक सर्लाही ईश्वरपुर नगरपालिका-१५ बस्ने २३ वर्षीय चन्द्रदेव धामी, पछाडि सवार स्थानीय २२ वर्षीय प्रशेस चौधरी र सोही मोटरसाइकलमा पछाडि सवार स्थानीय २१ वर्षीय अमित चौधरी छन् ।



चन्द्रदेव भगवती दल गण इटहरीमा कार्यरत नेपाली सेनाका सिपाही हुन् । दुर्घटना पश्चात भएको आगलागीमा ८५ प्रतिशत भाग जलेर चन्द्रदेव धामीको अवस्था भने गम्भीर रहेको छ ।

अर्का घाइते २२ वर्षीय प्रशेस हाल मध्य पश्चिम पृतना बुटवलमा काजमा कार्यरत छन् ।

यस्तै जिप चालक हरिवन नगरपालिका-३ डाबरी टोल बस्ने ४० वर्षीय रामएकबाल महतो र हरिवन-२ का ६५ वर्षीय लेखनाथ उपाध्याय घाइते भएका छन् ।

घाइतेहरूको लालबन्दीस्थित मोडेल अस्पतालमा उपचार भइरहेको र गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार नियामक संस्थामाथि समेत बिचौलियाको इशारामा काम गरिरहेको आरोप लगाएका छन् । सोमबार प्रतिनिधि सभामा विशेष सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका उनले धितोपत्र बोर्ड, भुटानी शरणार्थी काण्ड, जग्गा घोटाला, विद्युत बक्यौता मिनाहा, भूमाफिया संरक्षण तथा सरुवा–नियुक्तिमा हुने लाखौंका डिलहरूजस्ता घटनाहरूको उदाहरण पेस गर्दै उक्त आरोप ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको बताएका छन् । सोमबार संसदमा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदमको कांग्रेस साक्षी मात्र बन्न पुगेको आरोप लगाए । ‘संसद्को सबैभन्दा ठूलो दल ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार जहाँ जहाँ छ त्यहाँ भ्रष्टाचार भनेजस्तो भएको आरोप लगाएका छन् । सोमबार संसद्‌मा सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले सोधे,’तपाईंका मन्त्रीहरू खुल्लमखुल्ला लाखौंको डिल गरिरहेका छन्, प्रधानमन्त्रीज्यू, चित्रगुप्तलाई बयान कहाँ गएर दिने हो ?’ उनले थपे, ‘मेरो नेतृत्वको सरकारले यसै आर्थिक वर्षमा ...
। प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले किसानको चुलोमा आगो बाल्न नसकिने अवस्था आएको भन्दै सरकार जनताको समस्यामा गम्भीर नभएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले रोपाइँको मध्य समयमा समेत किसानहरूलाई समयमै मलखाद उपलब्ध गराउन नसकेको भनेर सरकारको आलोचना गरे । ‘मेरो नेतृत्वको सरकारले अघिल्लो वर्ष मल ...
। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि आफ्नो पार्टी प्रष्ट रहेको बताएका छन् । प्रतिनिधिसभामा सोमबार विशेष सम्बाेधन गर्दै प्रचण्डले संविधान संशाेधनका एजेन्डा समेत सुझाएका हुन् । वर्तमान सरकार बन्दा कांग्रेस र एमालेले संविधान संशोधन गर्ने वाचा गरेको तर, त्यसअनुसार व्यवहार नगरेको भन्दै उनले असन्तुष्टि जनाए । साथै संविधान संशोधनका लागि के कस्ता एजेन्डा ...