मुख्य समाचार
पोखराको जग्गा र भूमि आयोग अध्यक्ष मिलाउन मन्त्री गुप्तासँग बिचौलियाको डिल
पोखराको जग्गा र भूमि आयोग अध्यक्ष मिलाउन मन्त्री गुप्तासँग बिचौलियाको डिल

। सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको घुस अडियो दुई दिनअघि सार्वजनिक भयो । कास्कीस्थित मालपोत कार्यालयका प्रमुखको थमौतीको विषयमा मन्त्री गुप्तामाथि ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ ।




भूमि व्यवस्था तथा अभिलेख विभाग सम्वद्ध स्रोतका अनुसार, पोखरामा करिव १३५ रोपनी जग्गा व्यक्तिको नाममा दर्ता गर्न केही वर्षदेखि प्रयास भइरहेको छ । यसअघि दर्ता गर्न छुटेको भनी तयार भएको फाइल मालपोत कार्यालयमा पेस भएको थियो ।

मन्त्री गुप्ताले त्यही जग्गा दर्ता गराउने प्रयास गरिरहेको समूहसँग ५३ लाख रुपैयाँ बुझेको अडियो कुराकानी सार्वजनिक भएको हो । मन्त्री गुप्ताले तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारीलाई मालपोत कार्यालय कास्कीमा यथावत राखिदिने आश्वासनका साथ घुस लिएका थिए ।



उजुरीकर्ताहरुले मन्त्री गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी गरिसकेका छन् । उनीहरुले मन्त्री गुप्ताले प्रमुख मालपोत अधिकृत रहेका उपसचिवको सरुवा रोकिदिने आश्वासनमा ५३ लाख रुपैयाँ लिएको दाबी गरेका हुन् । उजुरीमा लेनदेन भएको रकमको नम्बर र नोटको बिटोको फोटो समेत छ ।

त्यही समूहसँग मन्त्री गुप्ताले भूमि आयोगको सदस्य बनाउन थप २५ लाख रुपैयाँ लिएको अर्को उजुरी पनि परेको छ । उजुरी दिनेहरुले अडियो समेत अख्तियारमा पठाएका छन् ।

संवादमा के छ ?

अडियो रेकर्ड गर्ने व्यक्ति फोन रेकर्ड सुरु गरेर मन्त्री भएको ठाउँमा पुगेको बुझ्न सकिछ । उनीहरुबिचको कुराकानीमा पछि एकजना महिला प्रवेश गरेको कुराकानीमा सुनिन्छ ।

संवाद र उनीहरुको कुराकानी सुन्दा मन्त्री निवासमै उनीहरुको कुराकानी भएको खुल्छ, किनभने मन्त्रीले उनीहरुलाई सुरुमा रक्सी र पछि माछा खाने प्रस्ताव गरेको सुनिन्छ ।

अडियो रेकर्ड गर्ने व्यक्तिले मन्त्री गुप्तालाई भूमिसुधार मन्त्री बलराम अधिकारीलाई भनेर कुनै व्यक्तिको निर्णय गराइदिन आग्रह गरेको सुनिन्छ । त्यसक्रममा उनले ‘बरु म त्यो २० बुझाइदिउँला, भन्दिनु न बलरामलाई’ भनेका छन् ।

कुराकानीको क्रममा सामान्य प्रशासन मन्त्री गुप्ताले भूमिसुधारमन्त्री बलराम अधिकारीमाथि अरुबाट पैसा लिइसकेको आरोप लगाउँछन् । मन्त्री गुप्ताले भन्छन्, ‘बलरामले ऊसँग पैसा खाइसक्या छ, बलरामले गर्दैन ।’

पोखराका खेमबहादुर पुनलाई भूमि आयोगको सदस्य बनाउनुपर्ने प्रस्ताव गर्दै ती व्यक्तिले सांकेतिक रुपमा फेरि ‘२० बुझाइदिन्छु’ भन्छन् । फेरि ती व्यक्तिले भूमिसुधारमन्त्री बलराम अधिकारीको सयवटा काम सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गरिदिनुपर्ने भन्दै प्रश्न गर्छन्, ‘तपाईंको एउटा काम पनि नगर्दिएर हुन्छ ?’

जवाफमा मन्त्री गुप्ताले पार्टीको जिल्ला र प्रदेश कमिटीबाट सिफारिस भएर आउनुपर्ने बताउँछन् । पटक–पटक मन्त्रीलाई आग्रह गरेपछि उनले भन्छन्, ‘मन्त्रीज्यू, यसो गर्छुु सुन्नुस्, मैले अहिले १५ छोड्छु, १० चाहिँ बिहान ल्याएर दिन्छु, त्यो अदालतमा ।’

त्यसपछि फेरि ती व्यक्तिले पर्सि सामान्यबाटै गरिदिनुहुन्छ भन्छन् । अर्थात सामान्य प्रशासन मन्त्रालयमै घुस बुझाउने भनेर कुरा टुंग्याउन खोज्छन् ।

भूमि आयोगको कुरा टुंगिएपछि ती व्यक्तिले पोखराको जग्गाको विवाद पनि मिलाइदिन आग्रह गर्छन् । ती व्यक्तिले सांकेतिक रुपमा भन्छन्, ‘पोखराको जग्गाले हामीलाई टुलुटुलु हेरेर बसिरहेको छ मन्त्रीज्यू, हामी यहाँ यसरी बसेर हुन्छ ?’

मन्त्रीले माछा खाने अफर गरेपछि उनले इन्कार गर्दै भन्छन्, ‘अब माझीकुनामा माछा खान जाने हो तपाईंले काम गरेपछि ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन गर्ने भएको छ। जलन सेवाको राष्ट्रियस्तरीय उपचार मापदण्डअनुसार तेस्रो तहको सेवा प्रवाह गर्न आवश्यक दक्ष जनशक्ति तयार गर्ने उद्देश्यका साथ तालिम केन्द्रले जलन उपचारसम्बन्धी विशेषज्ञ तालिमको पाठ्यक्रम तथा सामग्री विकास गरेको हो। मन्त्रालयको ...
। नेपाली कांग्रेसले आसन्न १५ औं महाधिवेशनमा पार्टीका सबै तहका नेता–कार्यकर्तालाई सहभागी गराउन अन्तिम समयसम्म पहल गर्ने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकबारे जानकारी दिँदै प्रवक्ता देवराज चालिसेले महाधिवेशनमा कुनैपनि अग्रज नेता नछुटुन् भन्ने उद्देश्यले पार्टीले निरन्तर पहल गरिरहेको बताएका हुन् । उनका अनुसार पूर्वसभापति शेरबहादुर देउवासहित शेखर कोइराला, विमलेन्द्र निधि, ...
: भदौ १० गते भोटेकोसशीमा आएको बाढीबाट क्षतिग्रस्त धादिङको गल्छी गाउँपालिका–६ स्थित बैरेनी अस्पताल पुनः सञ्चालनमा आएको छ। बाढीका कारण अस्पतालको भुइँतलामा हिलो र लेदो भरिनुका साथै औषधि, स्वास्थ्य सामग्री, उपकरण तथा अन्य सामग्रीमा क्षति पुगेको थियो। त्यसपछि अस्पतालको नियमित स्वास्थ्य सेवा प्रभावित भएको थियो। विपद्पछि अस्पतालको सरसफाइ तथा पुनःस्थापनाका लागि स्थानीयवासी, सुरक्षा निकाय, विभिन्न संघसंस्था र ...
। भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा पाँच शय्या अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ । त्रिशूली नदीको बाढीले त्रिशूली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढीपश्चात् फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले पाँच श्ययाको लेभल-१ अस्पताल विदुरमा सञ्चालमा ल्याएको हो । अस्पतालबाट विशेषज्ञ चिकित्सकमार्फत चौबिसै ...
: बाढीपछिको सम्भावित स्वास्थ्य जोखिमलाई मध्य नजर गर्दै जिल्लामा आजदेखि हैजाविरुद्धको खोप अभियान सुरू भएको छ । नौकुण्ड गाउँपालिकाबाहेक जिल्लाका चारवटा गाउँपालिकामा यो अभियान एक हप्तासम्म सञ्चालन हुनेछ जिल्ला जनस्वास्थ्य प्रमुख निर्धोज मगरले बताए । उनका अनुसार गाउँपालिका स्वास्थ्य आमा समूह र महिला स्वास्थ्य स्यंसेविका समेतको सहयोगमा स्वास्थ्यकर्मीहरूले खोप लाग्नेछन्। खोप अभियानअन्तर्गत लक्षित चार ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम