मुख्य समाचार
त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिए
त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिए

। त्रिवि शिक्षण अस्पतालमा इमर्जेन्सी ग्रीन एरिया वार्डमा १५ शय्या थपिएको छ । साथै आधुनिक थ्री टेस्ला एमआरआई सेवा समेत सुरु भएको छ ।

यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २० करोड रुपैयाँ बजेट दिएको थियो । सेवा शुरुआत गर्दै स्वास्थमन्त्री प्रदीप पौडेलले टिचिङ अस्पतालप्रति नागरिकको भरोसा रहेको बताए ।




अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सहज हुने भन्दै मन्त्री पौडेलले थप विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

‘टिचिङको सेवा अझ आधुनिक र क्षमता विस्तारमा मेरो साथ रहनेछ,’ मन्त्री पौडेलले भने । अस्पतालका निर्देशक प्राडा सुभाष आचार्यले मन्त्रालयको सहयोगमा आधुनिक एमआरआई मेसिन प्राप्त भएको भन्दै बिरामीले धेरै पैसा तिरेर अब अस्पताल बाहिर जानु नपर्ने बताए ।



बिरामी संख्या अधिक भएपनि इमर्जेन्सीमा शय्या अभाव हुँदा एउटै बेडमा दुई जनासम्म भर्ना गर्नु परेकाले थपेर ग्रीन एरियामा १५ शय्या पुर्याइएको हो ।

यसअघि उक्त वार्डमा जम्मा आठ वटा मा बेड थिए । अब क्षमता दोब्बर भएकाले बढी बिरामीले राहत पाउनेछन् । सामान्य प्रकृतिका स्वास्थ्य समस्याका विरामी राखिने एल्लो एरियामा भने अब २० शय्या हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका ठेक्का तोड्न सुरु
केपी शर्मा ओलीले बैठकमा पार्टीको ११ औँ महाधिवेशन आगामी मङ्सिर २७, २८ र २९ गते गर्ने प्रस्ताव
एमाले बैठकमा ५० जनाले राखे धारणा, दिए यस्ता सुझाव
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज, दिउँसो केन्द्रीय समितिको बैठक बस्दै
— कास्कीको मादी गाउँपालिका–११ बरालडाँडाका ७० वर्षीय चित्रबहादुर गुरुङ सुगर–प्रेसरका दीर्घरोगी हुन् । एक्कासि स्वास्थ्य बिग्रेपछि उनी ३ दिनदेखि पोखरा नयाँबजारस्थित गण्डकी मेडिकल कलेज (जीएमसी) को सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिए । उनलाई उपचारका लागि मंगलबार पोखराकै अर्को अस्पताल स्थानान्तरण गरिएको छ । जीएमसीका नर्स आन्दोलित भएपछि उनलाई अर्को अस्पताल लगिएको हो । अस्पतालबाट ...