मुख्य समाचार
यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जिते
यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जिते

। विश्व नम्बर एक खेलाडी यानिक सिनरले स्पेनका कार्लोस आल्काराजलाई पराजित गर्दै आफ्नो पहिलो विम्बल्डन उपाधि जितेका छन्।

इटालीका २३ वर्षीय सिनरले अल इङ्ल्याण्ड क्लबको सेन्टर कोर्टमा भएको फाइनलमा आल्काराजलाई ४–६, ६–४, ६–४, ६–४ ले हराए। सुरुवाती सेट गुमाएपनि सिनरले त्यसपछि लगातार ३ सेट जिते ।




यसअघि फ्रेन्च ओपनमा सिनर आल्काराजसँग पाँच सेटको रोमाञ्चक खेलमा हार्न पुगेका थिए। त्यतिबेला सिनर दुई सेटले अगाडि थिए र तीनवटा च्याम्पियनसिप पोइन्ट गुमाएका थिए। तर यसपटक उनले आत्मविश्वासपूर्वक खेल्दै गत वर्षका दुई पटकका च्याम्पियन आल्काराजको विजयी यात्रा तोडे।

सिनरले चौथो सेटमा ३–१ को अग्रता बनाउँदै अन्ततः खेल आफ्नो पक्षमा पारे। यो उपाधिसँगै सिनरले आफ्नो चौथो ग्रान्डस्लाम जितेका हुन्, ग्रास कोर्टमा भने यो उनको पहिलो उपाधि हो । यसअघि उनले हार्ड कोर्टमा मात्र उपाधि जितेका थिए।



उनी यस वर्षको सुरुमा तीन महिनाको डोपिङ प्रतिबन्धपछि फर्केका थिए। यस जितसँगै उनले पुनरागमनलाई प्रेरणादायी बनाएका छन्।

यो पराजयले २२ वर्षीय आल्काराज ओपन एरामा लगातार तीन विम्बल्डन उपाधि जित्ने पाँचौं खेलाडी बन्नबाट भने चुकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ । आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ । यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ ।
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...