मुख्य समाचार
नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराए
नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराए

। बंगलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

बसुन्धरा किङ्स एरेनामा भएको खेलमा नेपाललाई बंगलादेशले ३-२ गोलअन्तरले हराएको हो । नेपालले २-० ले पछि परेको अवस्थाबाट खेल बराबरीमा ल्याएपनि इन्जुरी समयमा सम्हालिन सकेन




बंगलादेशका लागि सिन्हा शिखा, सागोरिका र श्रीमोती सरकारले १-१ गोल गरे । नेपालका अनिशा राई र मीना देउवाले १-१ गोल गरे ।

बंगलादेश पहिलो हाफमा २-० ले अगाडि थियो । सिन्हा शिखाले १४औं मिनेटमा तथा सागोरिकाले ३६औं मिनेटमा गोल गरेकी थिइन् ।



दोस्रो हाफको ५६औं मिनेटमा नेपालकी डिफेन्डर सिम्रन राई र बंगलादेशकी फरवार्ड सागोरिका हात हालाहालमा उत्रिएपछि दुवैले रातो कार्ड पाउँदा दुवै टोली १० खेलाडीमा सीमित भएका थिए ।

७७औं मिनेटमा पेनाल्टीमार्फत अनिशा राईले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिइन् । ८६औं मिनेटमा मीना देउवाले गोल गर्दै नेपाललाई बराबरीमा ल्याइन् ।


तर इन्जुरी समयको अन्तिम मुभमा श्रीमोतीले गोल गर्दै बंगलादेशलाई जित दिलाइन् । उक्त गोल लगत्तै फाइनल ह्विसल बजेको थियो ।

नेपालले पहिलो हाफमा गोल गर्ने मुभहरू खासै बनाउन नसकेपनि दोस्रो हाफमा बंगलादेशलाई दबाबमा राखेको थियो ।

पहिलो खेलमा नेपालले भुटानलाई ६-१ तथा बंगलादेशले श्रीलंकालाई ९-१ गोलअन्तरले हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: अर्जेन्टिनाका कप्तान एवं विश्वप्रसिद्ध फुटबलर लियोनल मेसीले राष्ट्रिय टिमबाट संन्यास लिने घोषणा गरेका छन्। लामो समयदेखि राष्ट्रिय टिममा बिताएको यात्रापछि मेसीले आफूले अब राष्ट्रिय टिमलाई थप दिन बाँकी नरहेको भन्दै संन्यासको निर्णय सार्वजनिक गरेका हुन्। मेसीले सामाजिक सञ्जालमार्फत भावुक वक्तव्य जारी गर्दै यो निर्णय आफ्ना लागि निकै पीडादायी भए पनि अब समय आएको महसुस गरेको ...
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...