मुख्य समाचार
चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन
चेल्सी फिफा क्लब विश्वकप च्याम्पियन

। इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । अमेरिकाको मेटलाइफ स्टेडियममा गएराति भएको फाइनलमा चेल्सीले युरोपियन च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई ३-० ले पराजित गर्दै उपाधि जित्यो।

चेल्सीले पहिलो हाफमै ३ गोल गरेको थियो । चेल्सीको जितमा कोल पाल्मरले दुई गोल गरे भने यसै सिजन अनुबन्धित खेलाडी जोआओ पेड्रोले तेस्रो गोल थपे।




२२औं मिनेटमा पाल्मरले गोल गर्दै अग्रता दिलाएका थिए । ३०औं मिनेटमा उनैले दोस्रो गोल गरे । ४३औं मिनेटमा पेड्रोले गोल गरेपछि चेल्सी ३-० ले अघि बढ्यो ।

दोस्रो हाफमा थप गोल भएनन् र चेल्सीले युरोपियन च्याम्पियन टोली पीएसजीको चुनौती पन्छाएर उपाधि जित्न सफल भयो ।



फाइनल खेल हेर्न फिफा अध्यक्ष जियानी इन्फान्टिनो र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पनि स्टेडियममा उपस्थित थिए। विजेता चेल्सीका खेलाडीहरूले ट्रफीसहित पदक उनीहरूकै हातबाट प्राप्त गरे।

यो चेल्सीको दोस्रो क्लब विश्वकप उपाधि हो। यसअघि सन् २०२१ मा पनि चेल्सीले यो प्रतियोगिता जितेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाली कांग्रेसका सभापति गगन थापाले आजदेखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल)को सफलताको शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत थापाले नेपाली क्रिकेट आजको अवस्थामा आइपुग्नुमा वर्षौंको संघर्ष, मेहनत र समर्पण जोडिएको स्मरण गरेका हुन्। ‘आजदेखि सुरु हुँदै गरेको नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ र क्रिकेटप्रेमीहरूलाई हार्दिक ...
। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले आजबाट सुरु हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणसँगै नेपाली क्रिकेटले नयाँ उचाइ लिँदै गरेकोप्रति खुसी व्यक्त गरेकी छिन् । सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै मन्त्री गौतमले मैदानमा जुनसुकै टिमले जितेपछि नेपाली क्रिकेटकै जित हुने बताएकी छिन् । ‘सबै टिम, खेलाडी, आयोजक र यस अभियानमा जोडिएका सम्पूर्णलाई ...
: नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणमा‌ अनुबन्ध भएका पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। सोमबारबाट सुरु हुन लागेको तेस्रो संस्करणमा‌ नेपालका विभिन्न फ्रेन्चाइज टोलीहरूले पाकिस्तानी खेलाडीहरू अनुबन्ध गरेका थिए। अनुबन्ध भएका केही खेलाडी नेपाल पुगिसकेका छन्। तर, पाकिस्तानी खेलाडीले खेल खेल्न पाउने कि नपाउने भन्ने बारे भने अनिश्चितता रहेको छ। पाकिस्तान क्रिकेट बोर्डले खेलाडीहरूलाई 'नो ...
। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उदघाटन प्रधानमन्त्री बालेन शाहले गर्ने भएका छन् । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज एनपीएल सुरु हुँदैछ । प्रधानमन्त्री बालेनले एनपीएल प्रतियोगिताको उद्घाटन गर्ने प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् । प्रधानमन्त्री बालेनले आजदेखि सुरु हुने एनपीएललाई नेपालको सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता भन्दै नेपाली क्रिकेटलाई शुभकामना ...
: प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले आजदेखि सुरु हुने 'नेपाल प्रिमियर लिग' (एनपीएल) को तेस्रो संस्करणको अवसरमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत एक सन्देश जारी गर्दै उनले नेपाली क्रिकेट सधैं अमर रहोस् भन्ने शुभकामना व्यक्त गर्दै केही वर्षमै एनपीएल एक भव्य खेलकुद उत्सवका रूपमा विकसित भएको उल्लेख गरेका छन् । प्रधानमन्त्री बालेनले एनपीएल नेपालको सबैभन्दा ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम