मुख्य समाचार
राप्रपाका असन्तुष्ट नेताहरूले पार्टी अध्यक्षले विधानविपरीतको गतिविधि गरेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिए
राप्रपाका असन्तुष्ट नेताहरूले पार्टी अध्यक्षले विधानविपरीतको गतिविधि गरेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिए

: राप्रपाका असन्तुष्ट नेताहरूले पार्टी अध्यक्षले विधानविपरीतको गतिविधि गरेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि असन्तुष्ट नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।



उजुरी दिनका लागि सुवेदी,अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगायतका नेताहरू आयोग पुगेका थिए । निर्वाचन आयोगमा दर्ता गराइएको उजुरीपत्रमा पार्टीको अध्यक्षको एकल निर्णयले पदावधि अगावै हटाउने र हटाएको स्थानमा अर्को व्यक्तिलाई नियुक्त गर्ने अधिकार विधानले नदिएको उल्लेख गरिएको छ । अध्यक्षले गरेको कारवाही बदर गरी अनुशासन समितिको अध्यक्ष पदमा यथावत् बहाली हुने गरी उपयुक्त निर्णय एवं निर्देशन जारी गर्न सुवेदीले आयोगसमक्ष अनुरोध गरे।



आयोगमा उजुरी दर्ता गरेपछि अनुशासन समिति अध्यक्षबाट पदमुक्त भएका सुवेदीले पार्टी अध्यक्षले आफूलाई जानकारी नदिइ पदबाट हटाउँदा अन्याय भएकाले आयोगमा उजुरी दिन आएको बताए । पार्टी फुटोस् भन्ने आफ्नो चाहना नभएको भन्दै उनले पार्टीभित्र भइरहेको षड्यन्त्रबिरुद्ध आवाज उठाएको जिकिर गरे।




त्यस्तै राप्रपाका नेता प्रकाशचन्द्र लोहनीले विधानबिपरितको निर्णय कुनै हालतमा मान्य नहुने उल्लेख गरे । आफूहरू एकताबद्ध पार्टी बनाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै उनले राजसंस्थाको पुनस्र्थापनाका लागि भइरहेको आन्दोलन निष्कर्ष पुराउने दावी गरे।

त्यस्तै प्रवक्ताको जिम्मेवारीबाट हटाइएका राप्रपाका नेता सगुन लावतीले अध्यक्षको निर्णयले आफूहरूमाथि अन्याय भएकाले आयोगमा आउनुपरेको धारणा राखे । निर्वाचन आयोगकी प्रवक्ता निता पोखरेल अर्यालले प्राप्त निवेदनमाथि अध्ययन गरेर आवश्यक निर्णय लिइने जानकारी दए।

असार २५ गते राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम भन्दै सुवेदीलाई हटाउदै रोशन कार्कीलाई केन्द्रीय अनुशासन समितिको अध्यक्ष पदमा मनोनयन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। राव विगत केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए। बीबीसी तमिलका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्। तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको बताएका छन्। झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले झुट र घटिया प्रचार गरेको बताएका हुन्। उनले भने,'भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने ...
: राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केहि मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानविन गर्न माग गरेकी हुन्। कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ,जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक ...
: विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन्। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। ब्राउन सुगरसहित विराटनगर–१२ का २३ वर्षीया रोशनलाल महतो र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास ...