मुख्य समाचार
रास्वपाले भन्यो - भिजिट भिसा प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रमबाट पुष्टि
रास्वपाले भन्यो - भिजिट भिसा प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी स्पेनको कार्यक्रमबाट पुष्टि

: राष्ट्रिय स्वतन्त्र पार्टीले सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणको छानविन गर्न माग गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै रास्वपा सांसद सुमना श्रेष्ठले मन्त्रीपरिषद्मा रहेका केहि मन्त्रीहरूको सेटिङ बाहिर आएको भन्दै त्यसको छानविन गर्न माग गरेकी हुन्।



कास्कीको मालपोत कार्यालयमा को पठाउने भन्नेबारे सेटिङ,जिल्लाको भूमि आयोगको अध्यक्ष नियुक्तिमा सेटिङ र भूमि विधेयक फास्टट्रयाकबाट पास गर्न खोजेको विषय बाहिरिएको भन्दै छानविन हुनुपर्ने उनले बताइन्। त्यस्तै श्रेष्ठले भिजिट भिसा प्रकरणमा सदनमा निरन्तर आन्दोलन हुँदा पनि भिजिट भिसामा मानवतस्करी गर्ने काम नरोकिएको भन्दै आक्रोश व्यक्त गरिन् । आफूहरूले उठाउँदै आएको भिजिट भिसाको प्रकरणको औचित्य प्रधानमन्त्री सहभागी भएको स्पेनको कार्यक्रमबाट थप पुष्टि भएको उनले बताए।



श्रेष्ठले भिजिट भिसाको प्रकरणमा यसअघिको कार्यदलको रिपोर्ट दराजमा थन्किएर बसेको भन्दै अहिले बनाएको कार्यदलको पनि कुनै औचित्य नभएको उल्लेख गरिन् । उनले भिजिट भिसाको प्रकरणमा संसदीय समिति नबनेसम्म आन्दोलन जारी रहने स्पष्ट पारिन्।




त्यस्तै राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले अहिले पनि भिजिट भिसाका नाममा निरन्तर मानवतस्करी भएको भन्दै छानविनका लागि संसदीय समिति गठन गर्न सरकार डराएको बताए । उनले संसदीय समिति नभएसम्म आफूहरूको आन्दोलन जारी रहने जिकिर गरे। त्यस्तै शाहीले केहि महिनाअघि खानेपानीमन्त्रीले जुम्लामा रहेको संघीय खानेपानी कार्यालय खारेज नहुने प्रतिवद्धता जनाएपनि अहिले खारेज भएको भन्दै आपत्ति जनाए।

उनले जनताकाबीचमा गएर झुट बोल्ने मन्त्रीलाई कारवाही हुनुपर्ने उल्लेख गरे । श्रेष्ठ र शाहीले धारणा राखेपछि दुई दलका सांसदहरूले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको निधन भएको छ। राव विगत केही दिनदेखि उमेरसँग सम्बन्धित रोगबाट पीडित थिए। बीबीसी तमिलका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७५० भन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। श्रीनिवास रावले विभिन्न भाषाका चलचित्रमा काम गरेका छन्। तेलंगानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र ...
: राप्रपाका असन्तुष्ट नेताहरूले पार्टी अध्यक्षले विधानविपरीतको गतिविधि गरेको भन्दै निर्वाचनमा आयोगमा उजुरी दिएका छन् । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले केन्द्रीय अनुशासन समितिका अध्यक्ष नवराज सुवेदी र प्रवक्ता सगुन लावतीलाई जिम्मेवारीबाट मुक्त गरेपछि असन्तुष्ट नेताहरूले निर्वाचन आयोगमा उजुरी दिएका हुन् । उजुरी दिनका लागि सुवेदी,अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री धवल शमशेर राणा, सगुन लावती लगायतका ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेन भ्रमणबारे झुट र घटिया प्रचार गरिएको बताएका छन्। झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटनका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले झुट र घटिया प्रचार गरेको बताएका हुन्। उनले भने,'भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने ...
: विराटनगरबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये एक जना भारतीय नागरिक छन्। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले शनिबार विराटनगर महानगरपालिका–१४ मलाया रोडबाट १ सय ७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो। ब्राउन सुगरसहित विराटनगर–१२ का २३ वर्षीया रोशनलाल महतो र ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन्। विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो । ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास ...