मुख्य समाचार
गाजाको राहत केन्द्र नजिकै २४ जनाको मृत्यु
गाजाको राहत केन्द्र नजिकै २४ जनाको मृत्यु

: दक्षिणी गाजामा रहेको नासेर अस्पतालले राहत केन्द्र नजिकै २४ जनाको मृत्यु भएको जनाएका छ।



घटनास्थलमा उपस्थित प्यालेस्टिनीले शनिबार राहत केन्द्रमा खाना लिन पुगेको र इजरायली सेनाले गोली चलाएको बताएका छन्।



इजरायल रक्षा बल (आईडीएफ)ले आफ्नो तर्फबाट भएको गोलीबारीमा कोही पनि घाइते नभएको बताएको छ।




एक इजरायली सेना अधिकारीले भने,‘मानिसलाई तितरबितर पार्न चेतावनीपूर्ण गोली चलाइएको थियो। आईडीएफ ले खतरा महसुस गरेको कारणले गोली चलाइएको थियो।’

बीबीसीले दुवै पक्षको दाबी स्वतन्त्र रूपमा प्रमाणित नगर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन-रूस युद्धबारे ‘कडा वक्तव्य’ दिएपछि सोमबार वासिङ्टनमा नेटो प्रमुखलाई स्वागत गर्दै छन् । तीन वर्षदेखि जारी युद्ध अन्त्यका लागि रूससँग वार्ता गर्न खोजेका ट्रम्पले रूसी नेता पुटिनसँग अधीरता व्यक्त गर्दै सप्ताहन्तमा युक्रेनका लागि नयाँ हतियार भण्डारको घोषणा गरेका छन् । ‘हामी उनीहरूलाई प्याट्रियट्स पठाउनेछौं, यो उनीहरूका लागि अति आवश्यक छ,’ ट्रम्पले आइतबार ...
। बेलायतको लन्डनस्थित साउथएन्ड विमानस्थलमा एउटा सानो विमान दुर्घटना भएको छ । विमान उडेलगत्तै खसेर आगो लागेको थियो । विमान दुर्घटनामा भएको मानवीय क्षतिको विवरण भने आइसकेको छैन । यो दुर्घष्टना पछि अनिश्चितकालका लागि विमानस्थल बन्द गरिएको छ । यात्राका लागि टिकट काटेका यात्रुहरूलाई सम्बन्धित विमान कम्पनीहरुलाई सम्पर्क गर्न भनिएको छ । श्रीमती र छोराछोरीसँग विमानको गतिविधि ...
: युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाले सैन्य आपूर्ति पुनः सुरु गरेको बताएका छन्। अमेरिकाले गत हप्ता केही महत्त्वपूर्ण हतियारको आपूर्ति रोकेको समयमा यो कदम उठाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले नेटोसँग सम्झौता गरेको एनबीसी न्यूजलाई बताए। यसमा युक्रेनले गठबन्धनमार्फत अमेरिकी प्याट्रियट वायु रक्षा प्रणाली प्राप्त गर्नेछ। रुसको बढ्दो हवाई आक्रमणपछि यो निर्णय ...
: पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो। बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले ९ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकको शव पञ्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन्। यात्रुहरूलाई बसबाट ...
: दक्षिण कोरियामा सन् २०२६ का लागि तलब निर्धारण गरिएको छ। न्युनतम तलब निर्धारण समितिको १२ औं बैठकले २.९ प्रतिशत अर्थात २९० वन बढाउने निर्णय गरेको हो। निर्णय अनुसार दक्षिण कोरियामा काम गर्ने कामदारले प्रतिघण्टा न्यूनतम तलब १० हजार ३२० वन पाउने छन्। सन् २०२६ मा श्रमिकको प्रतिमहिना न्यूनतम तलब २१ लाख ५६ हजार ८८० ...