मुख्य समाचार
गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते
गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते

। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।

शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो ।




स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ की ३३ वर्षीया बिमला राई र भक्तपुर सुर्यविनायक नगरपालिका–८ का २३ वर्षीय कृषखालिङ अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए ।

उनका अनुसार राईको निधारमा चोट तथा अधिकारीको दाहिने हातको पाता र बायाँ खुट्टाको घुँडामा चोट लागेको छ ।



घाइतेहरूलाई उपचारको लागी पशुपति चौलागाईं स्मृती अस्पताल चरिकोट दोलखामा पठाइएको छ । दुवै सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘ उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए ...
। गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त ...