मुख्य समाचार
राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी
राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी

। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् ।

शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।




आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो गौरव नेपाली राजनीतिक क्षेत्रमा लागेका सबैको लागि भएको बताए ।

‘उहाँ वास्तवमा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय हो । उहाँबाट हामीले पढ्न र सिक्नपर्ने धेरै कुरा छ ।’



उनले जबराले ६ दशकसम्म निरन्तर अविचलित रुपमा सार्वजनिक पदमा रुपमा सक्रिय भएर काम गर्नुभएको उल्लेख गरे ।

जबराले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गरिरहनुभएको बताए ।

‘क्रियाशील, निरन्तरताको पर्याय हो उहाँ । उहाँबाट धेरै कुरा सिक्नुपर्नेछ । ६० वर्षसम्म अविचलित, निरन्तर रुपमा सार्वजनिक रुपमा सक्रिय रहनु चानचुने कुरा होइन,’ उनले भने, ‘उहाँ थोरै मान्छेमध्येको एक हो । जसले पञ्चायत, बहुदलीय र अहिलेको गणतन्त्रमा समेत मुलुकको राजनीतिमा अग्रणी भुमिका निर्वाह गर्नुभएको छ ।’

अध्यक्ष लिङदेनले जबरालाई आगामी जीवन अझै सहज र सक्रियतापूर्वक अघि बढाउन शुभकामना दिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘ उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए ...
। गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त ...