मुख्य समाचार
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताए
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताए

। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् ।

शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘




उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए । ‘मेरो कुरा गर्ने हो भने ममा आँट छ। पार्टी बनाएर अगाडि बढ्ने कुराको सन्दर्भमा चुनौतीका साथ मैले भन्न चाहन्छु, यस्ता चुनौतीको सामना गर्दै आइएको छ। फेरि पनि चुनौतीको सामना गरिन्छ।‘

उनले थपे, ‘मेरो मान्यता छ- नबिराउनु, नडराउनु। मैले जीवनमा एक पैसा कसैको घुस खाएको छैन। मागेको मात्रै होइन, दिन आएकोलाई पनि अस्वीकार गरेको छु।‘



पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले आफूलाई परिवारले दिएको संस्कारमा गौरवबोध गर्ने उल्लेख गर्दै भने, ‘बुवाले त्यही संस्कार मलाई सिकाउनुभयो– बाबु, तिमी मिहिनेत गर।‘

उनले थपे, ‘कसैले मलाई भ्रष्टाचारको आरोप लगाउँछ भने अब धेरै बोल्न भएन। …तर म धेरै नरम मान्छे हुँ। झोक चलेपछि मभन्दा कडा मान्छे कोही पनि छैन। त्यसपछि म वार कि पारको लडाइँ लड्ने मान्छे हुँ।‘

उनले संविधानको २३९ नम्बरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम, कर्तव्य र अधिकार तोकेको र यो संविधानमा छुट्टै व्यवस्था भएको पदाधिकारीको हकमा यो उपधारा अर्थात् अनुसन्धान गर्ने र तहकिकात गर्ने काम गर्न पाउने छैन, अख्तियारले पाउँदैन भनेको दाबी गरे ।

नेपालले धनुषामा हजारौं मान्छेले ‘तपाईं खुट्टा नकमाउनुहोस् कमरेड! मैदान छोडेर नभाग्नुस् तपाईं‘ भनेको उल्लेख गर्दै आफूले मैदान नछाड्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी
। गृहमन्त्री रमेश लेखकले बाबुको संरक्षण नपाएका सन्तानलाई आमाको नामबाट नागरिकता दिई नागरिकतासम्बन्धी समस्या समाधान गर्ने उद्देश्यले नागरिकतासम्बन्धी विधेयक संशोधन गर्न लागिएको जानकारी गराएका छन् । राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले सन्तानलाई नागरिकता प्राप्तिमा बुबाले असयोग गरेको खण्डमा आमाको नामबाट नागरिकता पाउन सकिने व्यवस्था विधेयकमा रहेको स्पष्ट पारे । गृहमन्त्री लेखकले राष्ट्रिय र नागरिकता नहुनु अत्यन्त ...