मुख्य समाचार
नेदरल्याण्ड्स र इटाली आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट
नेदरल्याण्ड्स र इटाली आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट

। नेदरल्याण्ड्स र इटालीले युरोप क्षेत्रीय छनोट पार गर्दै भारत र श्रीलंकामा हुने आगामी आईसीसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएका छन्।

शुक्रबार ‍भएको निर्णायक खेलमा नेदरल्याण्ड्ससँग ९ विकेटले पराजित भएपनि इटाली छनोट भएको हो । नेदरल्याण्ड्स पनि जितका साथ विश्वकपमा स्थान बनाउन सफल भयो ।




यस जितसँगै नेदरल्याण्ड्सले ४ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहँदै छनोट पक्का गर्‍यो भने इटाली ५ अंकसहित दोस्रो स्थानमा रह्यो।

यो नतिजाले जर्सीको आशा भने समाप्त गर्‍यो। यदि नेदरल्याण्ड्सले उक्त लक्ष्य १४.१ ओभरभन्दा अघि पूरा गरेको भए जर्सी नेट रनरेटको आधारमा इटालीभन्दा अघि पर्ने थियो। तर नेदरल्याण्ड्सले १३५ रनको लक्ष्य १६.२ ओभरमा पूरा गरेपछि इटालीले स्थान सुरक्षित गर्न सफल भयो।



खेलमा इटालीले पहिला ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १३४ रन बनाएको थियो। बेन मानेन्तीले ३० रन, ग्रान्ट स्टुवर्टले २५, ह्यारी मानेन्तीले २३ र कप्तान जो बर्न्सले २२ रन बनाए। बलिङतर्फ नेदरल्याण्ड्सका रूलोफ भान डर मर्वेले ३ विकेट, काइल क्लाइनले २ विकेट तथा आर्यन दत्त र पाउल भान मिकरनले १-१ विकेट लिए।

जवाफमा नेदरल्याण्ड्सले १६.२ ओभरमा मात्र १ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो। म्याक्स ओ’डाउड ४७ रनमा अविजित रहे भने कप्तान स्कट एडवार्ड्स ३७ रनमा अविजित रहे।

२०१६ यता लगातार टी–२० विश्वकप खेल्दै आएको स्कटल्याण्ड यसपटक भने छनोट हुन असफल रह्यो। स्कटल्याण्ड इटाली र जर्सीसँग पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...