मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारे
नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारे

: युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन्। शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्री चौधरीले कार्यदलले बुझाएको प्रतिवेदनमा पनि एनपीएललाई निरन्तरता दिने उल्लेख भएको बताएका छन्। एनपीएल रोक्न आफ्नो नै संलग्नता रहेको भनी प्रसारित विषयमा उनले आपत्ति पनि जनाए।



'एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो। एनपिएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भूमिका नखेलिदिन अनुरोध गर्दछु,' मन्त्री चौधरीले भनेका छन्।



राष्ट्रिय खेलकुद परिषदकी सदस्य रञ्जना प्रधान नेतृत्वकको कार्यदलले असार २५ गते नै छानबिन प्रतिवेदन बुझाएको मन्त्री चौधरीको भनाइ छ। उनले प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका छन्।




मन्त्री चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका विषयमा छानबिन गर्न मन्त्रालयमा पत्राचार भएको र त्यहीबमोजिम कार्यदल बनाएर छानबिन गरेको स्पष्ट पारेका छन्। उनले खेल संघ/महासंघ भित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन नियमानुसार हुनुपर्ने बताए। उनले खेल र खेलाडीको माध्यमबाट मात्रै खेलकुद क्षेत्रको समग्र विकास हुने कुरामा कुनै शंका नगर्नसमेत अपील गरे। 'सबै खेल संघ/ महासंघहरूलाई प्रचलित कानुनको अधीनमा रही आफ्ना गतिविधि सञ्चालन गर्नसमेत हार्दिक अनुरोध गर्दछु,' विज्ञप्तिमा उनले भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री चौधरी लक्षित अभिव्यक्ति दिँदै एनपीएल नरोकिने बताएका थिए। उनले एनपीएल राष्ट्रको गौरव रहेको बताउँदै भव्य तयारी गर्न मन्त्रालय र राखेपलाई निर्देशन दिएका थिए। त्यस्तै राष्ट्रिय खेलकुद पनि मंसिरमै गर्न मन्त्री चौधरीलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम