मुख्य समाचार
नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारे
नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारे

: युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले नेपाल प्रिमियर लिग (एनपीएल) रोक्ने पक्षमा आफू नरहेको प्रस्ट पारेका छन्। शुक्रबार विज्ञप्ति जारी गरेर मन्त्री चौधरीले कार्यदलले बुझाएको प्रतिवेदनमा पनि एनपीएललाई निरन्तरता दिने उल्लेख भएको बताएका छन्। एनपीएल रोक्न आफ्नो नै संलग्नता रहेको भनी प्रसारित विषयमा उनले आपत्ति पनि जनाए।



'एनपिएलको दोस्रो संस्करण नियमानुसार आयोजक संस्थाबाटै सञ्चालन हुने अपेक्षा राखेको अवस्थामा सो संस्करण रोक्नका लागि मेरो संलग्नता भएको भनि प्रचार गरिनु गलत विषय हो। एनपिएलको आगामी संस्करण निरन्तरताकै पक्षमा छानबिन कार्यदलको प्रतिवेदनमा समेत उल्लेख भएको अवस्थामा यस्ता गलत प्रचारले क्रिकेटप्रेमी आम जनसमुदाय, खेलाडी र प्रतिस्पर्धी टीमको मनोबल गिराउने भएकाले त्यस्तो किसिमको भूमिका नखेलिदिन अनुरोध गर्दछु,' मन्त्री चौधरीले भनेका छन्।



राष्ट्रिय खेलकुद परिषदकी सदस्य रञ्जना प्रधान नेतृत्वकको कार्यदलले असार २५ गते नै छानबिन प्रतिवेदन बुझाएको मन्त्री चौधरीको भनाइ छ। उनले प्रतिवेदन अध्ययन गरेर मन्त्रालयले कार्यान्वयनको प्रक्रिया अगाडि बढाउने बताएका छन्।




मन्त्री चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीका विषयमा छानबिन गर्न मन्त्रालयमा पत्राचार भएको र त्यहीबमोजिम कार्यदल बनाएर छानबिन गरेको स्पष्ट पारेका छन्। उनले खेल संघ/महासंघ भित्रको आर्थिक, प्रशासनिक गतिविधि पारदर्शी र प्रचलित कानुन नियमानुसार हुनुपर्ने बताए। उनले खेल र खेलाडीको माध्यमबाट मात्रै खेलकुद क्षेत्रको समग्र विकास हुने कुरामा कुनै शंका नगर्नसमेत अपील गरे। 'सबै खेल संघ/ महासंघहरूलाई प्रचलित कानुनको अधीनमा रही आफ्ना गतिविधि सञ्चालन गर्नसमेत हार्दिक अनुरोध गर्दछु,' विज्ञप्तिमा उनले भनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्री चौधरी लक्षित अभिव्यक्ति दिँदै एनपीएल नरोकिने बताएका थिए। उनले एनपीएल राष्ट्रको गौरव रहेको बताउँदै भव्य तयारी गर्न मन्त्रालय र राखेपलाई निर्देशन दिएका थिए। त्यस्तै राष्ट्रिय खेलकुद पनि मंसिरमै गर्न मन्त्री चौधरीलाई प्रधानमन्त्रीले निर्देशन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...