मुख्य समाचार
अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा प्रहरीले छाड्यो पूर्वराजाका संवाद सचिव पाठकलाई
अबदेखि ‘श्री ५ महाराजधिराज’ नलेख्ने सर्तमा प्रहरीले छाड्यो पूर्वराजाका संवाद सचिव पाठकलाई

: पूर्वराजा ज्ञानेन्द्र शाहलाई अबदेखि ‘श्री ५ महाराजाधिराज’ नलेख्ने कागज गराएर प्रहरीले उनका निजी सचिव पाठकलाई छाडेको छ ।



जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहाराले उनलाई कागज गराएपछि शुक्रबार साँझ परिवारको जिम्मा लगाइएको जानकारी दिए । संविधानले नचिन्ने सम्बोधनसहित सामाजिक सञ्जालमा पोस्ट र विज्ञप्ति निकालेको भन्दै उनलाई प्रहरीले सोधपुछका लागि बोलाएको थियो ।



जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख विश्व अधिकारीका अनुसार, उनीविरुद्ध जनगुनासो आइरहेको थियो । पाठकले पूर्वराजाको विज्ञप्ति निकाल्ने बेला पूर्वराजालाई श्री ५ महाराजाधिराज नै लेख्ने गरेका छन्, जुन संविधानअनुसार छैन ।




पूर्वराजाको संवाद सचिव पाठकले गत असार १३ गते सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहदेवको ७९औं शुभजन्मोत्सव मनाउने भन्दै सूचना जारी गरेका थिए । संवाद सचिवालयबाट हरेक पटक प्रकाशित हुने सूचनामा उनले पूर्वराजालाई श्री ५ महाराजाधिराज नै सम्बोधन गर्ने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। दोलखा भिमेश्वर नगरपालिका वडा नं.७ पुवालेको लामोसाघुँ–जिरी सडक–खण्डमा गाडी र स्कुटर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । शुक्रबार ४:३० बजे चरिकोटबाट मकैबारीतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२३ च ५९२८ नम्बरको गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा.प्र. ०२–०५५ प ०७५२ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाइ सवारी दुर्घटना भएको हो । स्कुटरमा सवार सुनसरी बराहक्षेत्र नगरपालिका–३ ...
। संयुक्त राष्ट्रसंघले शुक्रबार जानकारी दिएको अनुसार, गाजामा मानवीय सहायता प्राप्त गर्ने प्रयासमा मे महिनाको अन्तिम साता यता करिब ८०० जनाको ज्यान गएको छ । तीमध्ये अधिकांशको मृत्यु अमेरिका र इजरायलको समर्थनमा सञ्चालनमा आएको गाजा मानव सहायता प्रतिष्ठानका वितरण केन्द्रहरूसँग नजिकै भएको बताइएको छ । एक निजी प्रयोजनको रूपमा सञ्चालनमा आएको यस प्रतिष्ठानले, गत मे २६ देखि ...
। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पशुपति शमशेर जबरा नेपालको राजनीति जान्न चाहने विद्यार्थीका लागि खुला विश्वविद्यालय भएको टिप्पणी गरेका छन् । शुक्रबार काठमाडौंमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराको ८४ औं जन्मदिनको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आज आफूहरूका लागि खुशी र गौरवको दिन भएको बताउँदै यो ...
महिला उद्यमी बन्नु परिवारलाई आर्थिक रूपमा सक्षम बनाउनु हो : उद्योगमन्त्री भण्डारी
। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कमिटीले बिदा गर्छ भने आफू जान तयार रहेको बताएका छन् । शुक्रबार पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूको प्रथम केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले ममाथि मुद्दा लागेको छ, कमिटीले मलाई बिदा गर्छ भने म बिदा भएर जान तयार छु।‘ उनले आफूमा पार्टी बनाउने आँट भने अझै रहेको बताए ...