मुख्य समाचार
साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता
साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता

: वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता भएका छन् । साउदी अरबको जुबेल सहरमा रहेको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका थिए ।



नेपाली दूतावासका अनुसार अलपत्र ४६९ जनाले आफूहरू कम्पनी बन्द भएको कारण अलपत्र परेको र उद्धार गरिदिन दूतावासलाई निवेदन दिएलगत्तै दूतावासले सम्बन्धित कम्पनी र निकायसँग छलफल गरि स्वदेश फिर्ताको लागि प्रकिया अगाडि बढाएको थियो। जसअनुसार हालसम्म २ सय ६२ जना स्वदेश फिर्ता भएका छन् भने १ सय ४७ जना लोकल ट्रान्सफर गरि काममा लागेका छन् । साथै ३१ जना कामको पर्खाइमा रहेका छन् भने १३ जना स्वदेश फिर्ताको पर्खाइमा रहनुको साथै २५ जनाको बहिर्गमन भिसाको प्रकियामा रहेको बताए।



पीडितहरू साउदी अरबको विभिन्न सहरमा छरिएर बसेका थिए । उनीहरूले दुई महिनादेखि नौ महिनासम्मको तलब समेत पाएका छैनन्। नेपाली राजदूत डा. नरेशप्रसाद ढकालले अलपत्र परेका नेपालीको उद्धारका लागि नेपाली दूतावास टिम नै सम्बन्धित कम्पनी र साउदी सरकारसँग समन्वय गरि केही पीडितहरूलाई स्वदेश पठाएको र पीडितहरूको इच्छाअनुसार लोकल ट्रान्सफर गरि अन्य कम्पनीमा काममा लाग्नुको साथै अन्यको प्रकियामा रहेको बताए।




साथै अलपत्र परेका नेपालीहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने सम्पूर्ण समुदायलाई धन्यवाद समेत व्यक्त गरेका छन्। पीडितको बारेमा साउदीमा रहेको भातृसंगठन नेपाली जनप्रगतिशील मञ्च परिवारले समेत पीडितहरूको उद्धारको लागि दूतावासलाई आह्वान गर्नुको साथै अलपत्र भए परेका नेपालीको आवासमा पुगेर आवश्यक खाद्यान्न र साधारण औषधि वितरण गरी सहयोग गरेका थिए। साथै ४६९ जना पीडितमध्ये २२६ जनाले स्वदेश फिर्ताको लागि लिखित रूपमा निवेदन दिएका। २४३ जनाले आफूहरू काम पाएमा सम्बन्धित कम्पनीमा लोकल ट्रान्सफरको लागि आह्वान गरेका थिए भने अलपत्र पर्नेमा प्रायजसो सो कम्पनीमा दुई वर्षभन्दा बढी काम गरेका नेपाली कामदारहरू रहेका थिए ।

अलपत्र परेका नेपालीहरू नेपालमा रहेको फेलिसिटी इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी प्रालि मेनपावरमार्फत् साउदी आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) विधानसभामा पहिलोपटक दशैँ तथा तिहार उत्सव आयोजना गरिएको छ। सनातन समाज अस्ट्रेलिया क्यानबेराको आयोजना तथा विपक्षी दलका नेता मार्क पार्टनको आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाली समुदायको सांस्कृतिक पहिचान, परम्परा र क्यानबेराको विकासमा नेपालीहरूको योगदानको प्रशंसा गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै एसीटीका विपक्षी दलका नेता मार्क पार्टनले नेपाली समुदाय अस्ट्रेलियाका विभिन्न ...
: साउदी अरबमा रोजगारीका लागि पुगेका नेपाली श्रमिकका समस्या केवल रोजगारी, तलब र कार्यस्थलसम्म सीमित छैनन्। मृत्यु, शव स्वदेश फिर्ती, दुर्घटनापछिको क्षतिपूर्ति, रक्तधन, जेल, कानुनी प्रक्रिया, बहिर्गमन अनुमति, श्रम स्वीकृति तथा कागजातसम्बन्धी झन्झटसम्मका विषयले नेपाली श्रमिकको जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्दै आएका छन्।यिनै विषयलाई केन्द्रमा राखेर नेपाली राजदूतावास रियादले पहिलोपटक आफ्ना सेवा, गतिविधि र श्रमिकसँग सम्बन्धित ...
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...