मुख्य समाचार
साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता
साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता

: वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबिया पुगेका एकै कम्पनीका ४६९ जना अलपत्र परेका नेपालीमध्ये २ सय ६२ जना स्वदेश फिर्ता भएका छन् । साउदी अरबको जुबेल सहरमा रहेको सेन्दान इन्टरनेशनल कम्पनी लिमिटेड नामक कम्पनी बन्द भएपछि उनीहरू अलपत्र परेका थिए ।



नेपाली दूतावासका अनुसार अलपत्र ४६९ जनाले आफूहरू कम्पनी बन्द भएको कारण अलपत्र परेको र उद्धार गरिदिन दूतावासलाई निवेदन दिएलगत्तै दूतावासले सम्बन्धित कम्पनी र निकायसँग छलफल गरि स्वदेश फिर्ताको लागि प्रकिया अगाडि बढाएको थियो। जसअनुसार हालसम्म २ सय ६२ जना स्वदेश फिर्ता भएका छन् भने १ सय ४७ जना लोकल ट्रान्सफर गरि काममा लागेका छन् । साथै ३१ जना कामको पर्खाइमा रहेका छन् भने १३ जना स्वदेश फिर्ताको पर्खाइमा रहनुको साथै २५ जनाको बहिर्गमन भिसाको प्रकियामा रहेको बताए।



पीडितहरू साउदी अरबको विभिन्न सहरमा छरिएर बसेका थिए । उनीहरूले दुई महिनादेखि नौ महिनासम्मको तलब समेत पाएका छैनन्। नेपाली राजदूत डा. नरेशप्रसाद ढकालले अलपत्र परेका नेपालीको उद्धारका लागि नेपाली दूतावास टिम नै सम्बन्धित कम्पनी र साउदी सरकारसँग समन्वय गरि केही पीडितहरूलाई स्वदेश पठाएको र पीडितहरूको इच्छाअनुसार लोकल ट्रान्सफर गरि अन्य कम्पनीमा काममा लाग्नुको साथै अन्यको प्रकियामा रहेको बताए।




साथै अलपत्र परेका नेपालीहरूलाई आवश्यकता अनुसार सहयोग गर्ने सम्पूर्ण समुदायलाई धन्यवाद समेत व्यक्त गरेका छन्। पीडितको बारेमा साउदीमा रहेको भातृसंगठन नेपाली जनप्रगतिशील मञ्च परिवारले समेत पीडितहरूको उद्धारको लागि दूतावासलाई आह्वान गर्नुको साथै अलपत्र भए परेका नेपालीको आवासमा पुगेर आवश्यक खाद्यान्न र साधारण औषधि वितरण गरी सहयोग गरेका थिए। साथै ४६९ जना पीडितमध्ये २२६ जनाले स्वदेश फिर्ताको लागि लिखित रूपमा निवेदन दिएका। २४३ जनाले आफूहरू काम पाएमा सम्बन्धित कम्पनीमा लोकल ट्रान्सफरको लागि आह्वान गरेका थिए भने अलपत्र पर्नेमा प्रायजसो सो कम्पनीमा दुई वर्षभन्दा बढी काम गरेका नेपाली कामदारहरू रहेका थिए ।

अलपत्र परेका नेपालीहरू नेपालमा रहेको फेलिसिटी इन्टरनेशनल इम्प्लोयमेन्ट एजेन्सी प्रालि मेनपावरमार्फत् साउदी आएका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारतको हिमाचल प्रदेशमा ग्यास सिलिण्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ। मंगलबार बिहान हिमाचलको सोलन जिल्लास्थित अर्की बजारमा ग्यास सिलिण्डर विस्फोटपछि भएको आगलागीमा ९ जना नेपालीको मृत्यु भएको द न्यूज हिमाचलले उल्लेख गरेको छ। मृतकहरू सबै सल्यानको सिद्धकुमार गाउँपालिका–२ का रहेको गाउँपालिका अध्यक्ष भरत गिरिले अन्नपूर्ण पोस्टसँग बताए। द न्यूज हिमाचलका ...
— उदयपुरको कटारी नगरपालिका– ६ बगवतीका गङ्गाबहादुर दर्नाल वैदेशिक रोजगारीका लागि दुबई उडेको चार महिनापछि दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका छन् । दर्नाललाई वैदेशिक रोजगार उद्धार नेपालले उद्धार गरी हाल काठमाडौं ल्याएर शिक्षण अस्पतालमा उपचार गरिरहेको छ । एक भारतीय नागरिकले सामाजिक सञ्जालमा दर्नालको अवस्थाबारे सार्वजनिक गरेपछि उद्धार नेपालले तत्काल उद्धार गरी नेपाल ल्याएर उपचार गरिरहेको ...
: संयुक्त अरब इमिरेट्स ‘युएई’स्थित नेपाली दूतावासका श्रम काउन्सिलर दीपेन्द्र पौडेलको जिम्मेवारी खोसिएको छ। युएईमा बस्ने नेपालीहरू तथा श्रमिकहरूले दूतावासमा पठाएको उजुरीको विषयमा श्रम काउन्सिलर पौडेलले काम नै नगरी सिष्टममा पूरा गरिएको बनाएका थिए। परराष्ट मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले दीपेन्द्र पौडेललाई फिर्ता बोलाइएको जानकारी दिए। उनी भन्छन्, 'उहाँलाई परराष्ट्र मन्त्रालयको सरुवा निर्देशिका बमोजिम सरुवा ...
— बेलायतमा ‘वर्क परमिट’ दिलाइदिने बहानामा ठगीका घटना बढेको भन्दै सचेत रहन लन्डनस्थित नेपाली दूतावासले आग्रह गरेको छ । दूतावासले विज्ञप्ति जारी गर्दै कामका लागि प्रायोजक खोजिदिने बहानामा नेपालीहरु ठगीमा परेका गुनासो बढेकाले ठगीबाट बच्न आग्रह गरेको हो । ठगीमा परेको गुनासो गर्नेहरुमा नेपालबाट बेलायत आउन चाहनेहरुको सङ्ख्या धेरै रहेको दुतावासले जनाएको छ । कतिपय बेलायतमै रहेका ...
: वुडसाइडका पुराना बासिन्दा एवं प्रतिष्ठित सामाजिक अभियन्ता सोमनाथ घिमिरेले न्यूयोर्क राज्य सभाको डिस्ट्रिक्ट ३० का लागि उम्मेदवारी घोषणा गरेका छन् । उनका मुख्य एजेन्डाहरूमा सुलभ आवास, गुणस्तरीय सार्वजनिक शिक्षा, श्रमिक हकहितको संरक्षण, र डिस्ट्रिक्ट ३० का सबै बासिन्दाहरूको समावेशी प्रतिनिधित्व रहेको उल्लेख छ। उम्मेदवारी घोषणा गर्दै घिमिरेले भने, "क्विन्स एउटा यस्तो ठाउँ हो जहाँ हरेक ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम