: वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन्। नवलपरासी (पूर्व)को सुनवल नगरपालिका १ घर भई ललितपुर महानगरपालिका-२३ बस्ने २९ वर्षीया बिन्दु पोखरेल रहेकी छन्।
प्रतिवादी बिन्दु पोखरेलविरुद्ध उपर बैंकिङ कसुर मुद्दामा ९ लाख र वैदेशिक रोजगार सम्बन्धी २ वटा कसुर मुद्दामा साढे ३२ लाख बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले बताए।
उनलाई ललितपुरको महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरिएको हो। उनीविरुद्ध १९ जना पीडितलाई ठगी गरेको आरोप छ। थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।