मुख्य समाचार
प्रधानमन्त्रीले सरकार,युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताए
प्रधानमन्त्रीले सरकार,युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताए

: प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार,युवा र महिला उद्यमी मिलेर मुलुकको समृद्धिका लागि केही गर्नुपर्ने बताएका छन्। महिला उद्यमी महासंघले आयोजना गरेको अन्तर्राष्ट्रिय महिला नेतृत्व सम्मेलन, २०८२ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले समृद्धिका लागि सँगै काम गरेर सफलता हासिल गर्नुपर्नेमा जोड दिएका हुन्।



'हामीले उद्यमशीलताको विकासबाट समृद्धि हासिल गर्नुपर्नेछ । सरकारले युवा र महिला उद्यमशीलतालाई उच्च महत्व दिएको छ । यस सम्मेलनबाट आउने निष्कर्षले सरकारको प्राथमिकता पूरा गर्न सघाउने छ,'प्रधानमन्त्री ओलीले भने,'हामीले महिलाको सशक्तिकरणका लागि संविधान र व्यवहारमा व्यवस्था गर्दै आएका छौँ । तीनै तहमा कम्तीमा ३३ प्रतिशत जनप्रतिनिधि सुनिश्चित गरेका छौँ । विद्यालयमा छात्राहरूको सङ्ख्या छात्रहरूको भन्दा बढी छ । नतिजामा पनि छात्राहरूको राम्रो हुँदै गएको छ । हामीले अझै प्रगति हासिल गर्दै जानुपर्नेछ ।'

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) राष्ट्रिय गौरवको विषय भएको बताउँदै त्यसलाई कुनै हालतमा पनि रोक्न नहुने बताएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खेलकुद राजनीति गर्ने थलो नभएको बताउँदै एनपीएल कुनै हालतमा पनि नरोकिने बताएका हुन् । ‘एनपीएल हाम्रो राष्ट्रिय गौरव हो । यसलाई भव्यताका साथ आयोजना ...
: चीनबाट बहँदै आएको लेन्देखोलाको बाढीका कारण अवरुद्ध विद्युत र टेलिफोन सेवा तीन दिनपछि सुचारु भएको छ। त्रिदेशीय मार्ग अन्तर्गतको स्याफ्रुवेशी–टिमुरे–रसुवागढी सडकखण्डमा हेभिइक्युपमेण्टमार्फत सडक पुनर्निर्माण सुरु भएको छ। बाढीका कारण हराइरहेका सबैको खोजी कार्य जारी रहेको छ। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी तथा उद्धारमा खटिएका छन्। भीषण बाढीले पुर्‍याएको क्षतिको मूल्यांकनका लागि विशेष समिति ...
: वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन्। नवलपरासी (पूर्व)को सुनवल नगरपालिका १ घर भई ललितपुर महानगरपालिका-२३ बस्ने २९ वर्षीया बिन्दु पोखरेल रहेकी छन्। प्रतिवादी बिन्दु पोखरेलविरुद्ध उपर बैंकिङ कसुर मुद्दामा ९ लाख र वैदेशिक रोजगार सम्बन्धी २ वटा कसुर मुद्दामा साढे ३२ लाख बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र समृद्धि सँगसँगै जनसङ्ख्याको समान विकास नभए मानव अस्तित्व खतरामा पर्ने बताएका छन्। विश्व जनसङ्ख्या दिवसका अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित राष्ट्रिय जनसङ्ख्या नीति, २०८२ सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले विकास र जनसङ्ख्याको गति सँगै हुनुपर्ने भएकाले समयमा विवाह गरेर सन्तान उत्पादनमा लाग्न आग्रह गरेका हुन् । उनले हरेकले आफ्नो ...
: स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-२ का ३० वर्षीय चंदन पंडित रहेका छन्। गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँसहित उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो। भन्सार सुरक्षा गार्ड कार्यालय ...