मुख्य समाचार
स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित एकजना पक्राउ
स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित एकजना पक्राउ

: स्रोत नखुलेको ९ लाख बढी रुपैयाँसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सर्लाहीको रामनगर गाउँपालिका-२ का ३० वर्षीय चंदन पंडित रहेका छन्।



गौर नगरपालिका-१ बाट स्रोत नखुलेको ९ लाख २८ हजार ५ सय नेपाली रुपैयाँ र २ लाख १५ हजार ५ सय भारतीय रुपैयाँसहित उनलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।



भन्सार सुरक्षा गार्ड कार्यालय रौतहट समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०३ जे ९५४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त नगद फेला पारी चालक चंदनलाई पक्राउ गरेको हो।




यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान करिब साढे ५ बजे धनगढीबाट दार्चुलाको गन्नातर्फ जाँदै गरेको सुप प्र ०४ ००१ ज १३७२ नम्बरको जीप बैतडीको पाटन–६ स्थित खिपालीमा दुर्घटना भएको हो। डिलासैनी गाउँपालिका–१ का चालकसमेत रहेका २४ वर्षीय सन्तोषबहादुर राना र ३२ वर्षीय किरण बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ...
। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल राजनीतिक सिद्धान्त मात्रै नभएको बताएकी छिन् । शनिबार मदन भण्डारी फाउन्डेशनले आयोजना गरेको जर्नल जर्नल विमोचन तथा विमर्श कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । एमालेको सक्रिय राजनीतिमा आउने घोषणा गर्दै पार्टी सदस्यता समेत नवीकरण गरेकी भण्डारीले एमालेले पनि समृद्ध नेपाल, सुखी नेपालीको आकांक्षा पूरा गर्नेगरी काम ...
: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) राष्ट्रिय गौरवको विषय भएको बताउँदै त्यसलाई कुनै हालतमा पनि रोक्न नहुने बताएका छन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हाइ पर्फमेन्स सेन्टरको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले खेलकुद राजनीति गर्ने थलो नभएको बताउँदै एनपीएल कुनै हालतमा पनि नरोकिने बताएका हुन् । ‘एनपीएल हाम्रो राष्ट्रिय गौरव हो । यसलाई भव्यताका साथ आयोजना ...
: चीनबाट बहँदै आएको लेन्देखोलाको बाढीका कारण अवरुद्ध विद्युत र टेलिफोन सेवा तीन दिनपछि सुचारु भएको छ। त्रिदेशीय मार्ग अन्तर्गतको स्याफ्रुवेशी–टिमुरे–रसुवागढी सडकखण्डमा हेभिइक्युपमेण्टमार्फत सडक पुनर्निर्माण सुरु भएको छ। बाढीका कारण हराइरहेका सबैको खोजी कार्य जारी रहेको छ। सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी खोजी तथा उद्धारमा खटिएका छन्। भीषण बाढीले पुर्‍याएको क्षतिको मूल्यांकनका लागि विशेष समिति ...
: वैदेशिक रोजगारीका लागि युके पठाइदिन्छु भन्दै ठगी गर्ने युवती पक्राउ परेकी छन्। नवलपरासी (पूर्व)को सुनवल नगरपालिका १ घर भई ललितपुर महानगरपालिका-२३ बस्ने २९ वर्षीया बिन्दु पोखरेल रहेकी छन्। प्रतिवादी बिन्दु पोखरेलविरुद्ध उपर बैंकिङ कसुर मुद्दामा ९ लाख र वैदेशिक रोजगार सम्बन्धी २ वटा कसुर मुद्दामा साढे ३२ लाख बिगो तोकिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान ...