मुख्य समाचार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगस्ट १ देखि थप सात देशमा कर लगाउने घोषणा गरेका छन्।



नयाँ सूचीमा श्रीलंका, अल्जेरिया, इराक, लिबिया, फिलिपिन्स, मोल्डोभा र ब्रुनाई छन्। ती सबैमा अगस्ट १ देखि शुल्क लागू हुनेछ।



ट्रम्पले यी देशका नेतालाई पठाएका पत्र पनि सार्वजनिक गरेका छन्। पत्रमा अमेरिकामा सामान पठाउँदा लगाइने शुल्क उल्लेख गरिएको छ।




अब अमेरिकाले श्रीलंका, इराक, अल्जेरिया र लिबियाबाट आउने सामानमा ३० प्रतिशत भन्सार लगाउने छ। मोल्डोभा र ब्रुनाईलाई २५ प्रतिशत र फिलिपिन्सलाई २० प्रतिशत भन्सार लगाइनेछ।

ट्रम्पले यदि कुनै देशले अमेरिकामा कर लगाउँछ भने अमेरिकाले पनि त्यही अनुपातमा कर लगाउने आफ्नो पत्रमा लेखेका छन्।

उनले दुई देशबीचको सम्बन्धको आधारमा यो निर्णय परिवर्तन हुन सक्ने पनि बताए। यसअघि अमेरिकाले बंगलादेशसहित १४ देशमा एकैसाथ भन्सार लगाउने घोषणा गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: पाकिस्तानको बलुचिस्तानको झोब जिल्लामा अज्ञात बन्दुकधारीहरूले पञ्चाबका ९ जना यात्रुहरूलाई बसबाट तानेर हत्या गरेका छन्। अज्ञात बन्दुकधारी समूहले बलुचिस्तानको राजधानी क्वेटाबाट पञ्जाब जाँदै गरेको बसका यात्रुलाई ओरालेर गोलि हानेको थियो। बीबीसी उर्दूका अनुसार झोबका सहायक आयुक्त नवीद आलमले ९ यात्रुको मृत्यु भएको पुष्टि गरेका छन्। उनले मृतकको शव पञ्जाब पठाउने व्यवस्था भइरहेको बताएका छन्। यात्रुहरूलाई बसबाट ...
: दक्षिण कोरियामा सन् २०२६ का लागि तलब निर्धारण गरिएको छ। न्युनतम तलब निर्धारण समितिको १२ औं बैठकले २.९ प्रतिशत अर्थात २९० वन बढाउने निर्णय गरेको हो। निर्णय अनुसार दक्षिण कोरियामा काम गर्ने कामदारले प्रतिघण्टा न्यूनतम तलब १० हजार ३२० वन पाउने छन्। सन् २०२६ मा श्रमिकको प्रतिमहिना न्यूनतम तलब २१ लाख ५६ हजार ८८० ...
: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट अमेरिका आउने सामानमा ३५ प्रतिशत कर लगाउने घोषणा गरेका छन्। ट्रम्पले अगस्ट १, २०२५ देखि अमेरिका प्रवेश गर्ने क्यानेडियाली सामानमा कर लागू हुने बताएका हुन्। ट्रम्पले सामाजिक सञ्जालमा पोस्ट गर्दै क्यानडाबाट आउने सामानमा कर लगाउने घोषणा गरेका छन्। अमेरिकाले पहिले नै केही क्यानेडियाली सामानमा २५ प्रतिशत कर लगाइसकेको छ।
: गाजाको एक मेडिकल पोइन्ट नजिकै इजरायली आक्रमणमा कम्तीमा १५ प्यालेस्टिनीको मृत्यु भएको छ। यसमा आठ बालबालिका र दुई महिला रहेका छन्। अल–अक्सा शहीद अस्पतालले दीर अल–बलाह शहरमा औषधि लिन लाइनमा बसेका मानिसलाई लक्षित गरी आक्रमण गरिएको जनाएको छ। अस्पतालले जारी गरेको भिडियोमा केही बालबालिका र अन्य व्यक्तिको उपचार भइरहेको देखाइएको छ। आक्रमणबारे इजरायली सेनाले अनुसन्धान भइरहेको बताएको ...
बंगलादेशमा प्रदर्शनकारीविरुद्ध घातक कारबाहीको लागि शेख हसिनाले स्वीकृति दिएको अडियो सार्वजनिक