मुख्य समाचार
टिकटक खाता नहटाएको भन्दै एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई गोली हानेर हत्या
टिकटक खाता नहटाएको भन्दै एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई गोली हानेर हत्या

: टिकटक खाता नहटाएको भन्दै एक बुबाले आफ्नी १६ वर्षीया छोरीलाई गोली हानेर हत्या गरेका छन्। पाकिस्तानको रावलपिन्डी सहरमा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ।



पक्राउ परेका बुबाले छोरीलाई सामाजिक सञ्जाल प्रयोग नगर्न आग्रह गरेका थिए। प्रहरीले दिएको जानकारी अनुसार छोरीले टिकटक खाता बन्द गर्न अस्वीकार गरेपछि उनले अत्यन्तै क्रूर निर्णय लिएका थिए। सुरुमा पीडित परिवारले घटनालाई आत्महत्या जस्तो देखाउने प्रयास गरे पनि अनुसन्धानले वास्तविकता पत्ता लगाएको प्रहरीले जनाएको छ।



पाकिस्तान जस्तो धार्मिक र सांस्कृतिक रूपले परम्परागत समाजमा महिलाहरूको अनलाइन उपस्थितिलाई अझै पनि आलोचित दृष्टिले हेरिने गरिन्छ। महिलाहरू सामाजिक सञ्जालमा सक्रिय हुँदा परिवारको 'इज्जत' मा आँच पुग्ने भन्दै हिंसाका घटनाहरू समय-समयमा बाहिर आउने गरेका छन्।




टिकटक एप पाकिस्तानमा अत्यन्त लोकप्रिय भए पनि यसले महिलामाथिको जोखिम पनि बढाएको छ। केही महिनाअघि मात्र एक १७ वर्षीया टिकटक इन्फ्लुएन्सरको पनि हत्या भएको थियो। ती किशोरीलाई एक व्यक्तिले विवाह प्रस्ताव अस्वीकार गरेपछि गोली हानेका थिए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...