मुख्य समाचार
एन्फाले भन्यो– प्रमुख प्रशिक्षकका कारण कप्तान चयनमा विवाद भयो
एन्फाले भन्यो– प्रमुख प्रशिक्षकका कारण कप्तान चयनमा विवाद भयो

: अखिल नेपाल फुटबल संघ (एन्फा)ले महिला फुटबल टिमका प्रमुख प्रशिक्षक प्याट्रिक डे वाइल्डका कारण कप्तान चयनमा विवाद भएको जनाएको छ।



एएफसी एसियन कप छनोट खेल्न उज्बेकिस्तान गएको नेपाली टोलीका अफिसियलहरुले बुधबार एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलन गर्दै कप्तान चयनमा प्रमुख प्रशिक्षक प्याट्रिक एकतर्फी ढंगले अघि बढ्दा विवाद भएको जनाएका हुन्।



टिम व्यवस्थापक तथा एन्फा कार्यकारी समिति सदस्य सरिला श्रेष्ठले काठमाडौंमा नै खेलाडी बिदाइ कार्यक्रममा कप्तान चयन गर्न प्रस्ताव गर्दा प्याट्रिकले असहमति जनाएको बताइन्। उनले एएफसी एसियन कप छनोटको पहिलो खेलको केहि समय अघि समेत कप्तानसहितको टिम लिस्ट नआएपछि आफूहरूले पटकपटक आग्रह गर्दा ५ मिनेटअघि मात्रै टिमको नाम लिस्ट आएको जिकिर गरिन्। तर त्यसमा कप्तानको नाम नभएकाले सिनियर खेलाडीको रुपमा रेनुका नगरकोटीको नाम राखेर लिस्ट एएफसीलाई पठाएको उनले बताइन्।




त्यसपछि आर्मब्यान्ड लगाउन खोज्दा प्रशिक्षकले रोकेर साम्बा कप्तान भएको जानकारी गराएको श्रेष्ठले बताइन्। उनले साम्बालाई कप्तान बनाउँदा आफूहरूलाई कुनै आपत्ति नहुने भएपनि प्रशिक्षक प्याट्रिकले किन त्यस्तो गरे भन्न बुझ्न नसकेको धारणा राखिन्।

उनले प्रशिक्षक प्याट्रिक नेपाल फर्कने वा नफर्कने भन्ने बारेमा अनविज्ञ रहेको बताइन्। नेपाली टिमका व्यवस्थापकसँग प्याट्रिकले आफ्नो पारिश्रमिक माग्नका लागि भनिदिन समेत आग्रह गर्ने गरेको श्रेष्ठको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...