मुख्य समाचार
बेलायतमा मृत्यु भएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, नेपालमा रहेका परिवारले भिडियोबाटै हेरे
बेलायतमा मृत्यु भएका दुई नेपाली विद्यार्थीको लन्डनमा अन्त्येष्टि, नेपालमा रहेका परिवारले भिडियोबाटै हेरे

: बेलायतमा ज्यान गुमाएका दुई नेपाली युवाको एकैदिन लन्डनमा अन्त्येष्टि गरिएको छ। गत जुन १४ तारिखमा लन्डनको वेम्बली स्टेडियमभित्र कार्यस्थलमै मृत भेटिएका २७ वर्षीय विपिन न्यौपाने र गत अप्रिल २८ तारिखमा लन्डन थेम्स नदीकिनारमा शव फेला परेका २० वर्षीय सुशान ओलीको लन्डनका दुई छुट्टा-छु्टै क्रिमेटोरियममा एकैदिन अन्त्येष्टि भएको हो ।



गुल्मीको जोहाङ पुख्र्यौली र हाल रुपन्देहीको मणिग्राममा घर भएका स्वर्गीय विपिन न्यौपानको अन्त्येष्टि लन्डन एल्थामको क्रिमेटोरियममा सम्पन्न भयो । बेलायतमै रहेका उनका आफन्तहरूको संयोजनमा उनको अन्त्येष्टि गरिएको हो । अन्त्येष्टिका लागि आवश्यक खर्च उनी कार्यरत रहेको कम्पनीले व्यहोरिदिएको विपिनका बेलायतस्थित आफन्त विष्णु भण्डारीले जनाए।



विपिनको अन्तिम बिदाइमा उनका आफन्तदेखि उनले काम गर्ने कम्पनीका प्रतिनिधि एवम् सहकर्मीहरू सहभागी भएका थिए । डेढ वर्षअघि अध्ययनका लागि बेलायत आएका विपिनले यहाँको सेन्ट जोन युनिभर्सिटीबाट मास्टर्स पूरा गरी हालै मात्र पीएसडब्लु भिजा लिएर फुलटाइम काम सुरू गरेका थिए ।




साउथ इष्ट लन्डनमा विपिनको अन्त्येष्टि भएकै दिन उता वेष्ट लन्डनको फेल्थाममा गत अप्रिल अन्तिम साता ज्यान गुमाएका ओलीको अन्त्येष्टि भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क विभाग बेलायतको संयोजनमा सुशानको अन्त्येष्टि गरिएको विभागका सचिव रमेश वेल्बासेले जनाए । अन्त्येष्टिमा सहभागीमध्ये अधिकांश रास्वपाका सदस्यहरु थिए भने केही नेपाली समुदायका प्रतिनिधि र सुशानका आफन्त पनि थिए ।

रुकुम पश्चिमको मुसिकोट स्थायी घर भएका सुशान एक वर्षअघि बेलायत आएर कोभेन्ट्री युनिभर्सिटीमा अध्ययन गर्दै थिए । गत अप्रिल २३ तारिखमा लन्डनबाट सम्पर्कविहिन सुशानलाई त्यसको पाँच दिनपछि बेलायती प्रहरीले थेम्स नदी किनारमा मृत फेला पारेको थियो ।

बेलायतमा मृत्यु भएका आफ्ना छोराको अन्तिम बिदाइमा सहभागी हुन नपाएका विपिन र सुशानका दुवै परिवारले बेलायतमा भइरहेको छोराको अन्त्येष्टि नेपालबाटै लाइभ भिडियोमा हेरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्यदूतावासले नयाँ राहदानीका लागि आवेदन दिएका सेवाग्राहीलाई हुलाकमार्फत राहदानी डेलिभरीको सुविधा उपलब्ध गराउने भएको छ । महावाणिज्यदूतावासले एक सूचना जारी गर्दै राहदानी लिनका लागि मात्र दूतावास आउन समय नमिल्ने तथा यात्रा गर्दा खर्च बढी हुने भएकाले सेवाग्राहीको अनुरोधअनुसार यस्तो व्यवस्था गरिएको जनाएको हो । अब राहदानी आवेदनका क्रममा बायोमेट्रिक ...
। अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित नेपाली राजदूतावासमा नेपालको संविधान दिवस झण्डोत्तोलन समारोहसहित मनाइएको छ। बिहीबार ओ’म्यालीस्थित दूतावास परिसरमा आयोजित कार्यक्रममा कार्यवाहक राजदूत तारा गौतमले राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेकी हुन्। समारोहलाई सम्बोधन गर्दै कार्यवाहक राजदूत गौतमले संविधानले आत्मसात् गरेका लोकतन्त्र, गणतन्त्र, समावेशिता, समानता, सामाजिक न्याय र राष्ट्रिय एकताजस्ता मूल्यमान्यताको स्मरण गरिन्। सोही क्रममा उनले नेपालमा हालैको विनाशकारी बाढीमा ज्यान ...
। पश्चिमी सिड्नीको अर्बनमा कारले ठक्कर दिँदा तीन वर्षीया बालिकाको मृत्यु भएको घटनामा २७ वर्षीय सन्दीप अधिकारीविरुद्ध मुद्दा दायर भएको छ । अधिकारीलाई लापरवाहीपूर्वक सवारी चलाएर मृत्यु निम्त्याएको आरोपमा पक्राउ गरिएको समाचार संस्था द अस्ट्रेलिया टुडेले जनाएको छ । उनले आरोप स्वीकार वा अस्वीकार दुवै प्रतिक्रिया बिना हालसम्म अदालतमा कुनै जवाफ दिएका छैनन् । घटनाको २४ घण्टाभन्दा कम ...
। संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाली समुदायका लागि पहिलोपटक ‘बिजनेस नेटवर्किङ’ कार्यक्रम आयोजना गरिएको छ । फेडेरेसन अफ इन्टरनेसनल नेपालीज युथ इन्टरप्रेनर्स फोरम (एफआईएनवाईई) यूएई च्याप्टरले डीएनआईजी र एनपीएएफको सहकार्यमा कार्यक्रम आयोजना गरेको हो । नेपाली समुदायमा व्यवसाय गरिरहेका तथा व्यवसाय गर्न चाहने उद्यमीलाई एकै ठाउँमा भेला गराएर व्यवसाय विस्तार, सहकार्य र नेटवर्किङको अवसर सिर्जना ...
। विश्व मानचित्रमा नेपालको चिनारी अब सगरमाथा, गौतम बुद्ध वा लुम्बिनीबाट मात्र होइन्, आईटी हबका रुपमा समेत स्थापित भइसकेको छ भन्ने सन्देश दिन लन्डनमा ‘नेपाल टेक रोड शो यूके’ भएको छ । आउटसोर्सिङ र साझेदारी अवसरहरू अन्वेषण गर्ने लक्ष्यसहित आयोजित ‘नेपाल टेक रोड शो यूके’ दोस्रो संस्करणमा नेपालबाट आएका झण्डै दुई दर्जन आइटी उद्यमीहरुले ब्रिटिश लगानीकर्तालाई ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम