मुख्य समाचार
म कसैले भनेर रोकिने मान्छे हैन, म अप्ठ्यारो मान्छे हो
म कसैले भनेर रोकिने मान्छे हैन, म अप्ठ्यारो मान्छे हो

: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनको मिति तोक्नुपर्ने बताउँदै आएका नेताहरूलाई समय छ, ६ महिना अझै थप्न मिल्छ भनेका छन् ।



सानेपामा जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सोमबार नेताहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले चार वर्षे नियमित कार्यकाल भए पनि विधानअनुसार एक वर्ष थप्न पाउने र संविधानअनुसार अरू ६ महिना कार्यकाल लम्ब्याउन पाउने अधिकार रहेको स्मरण गराएका हुन्।



बैठकमा देउवाले भने, ‘नेपालको संविधानअनुसार ६ महिना बढाउन पाइन्छ। पार्र्टीको विधानअनुसार चार वर्षभन्दा बढ्ता पाइँदैन, मैले भनेकै हो। नेपालको संविधानको कुरा गरेको हो मैले। म संविधान मान्ने मान्छे हो।’ देउवाले अगाडि भने, ‘मैले के गर्छु, के गर्दैन त्यो मेरो आफ्नो कुरा हो। म छोड भनेर छोड्ने मान्छे होइन। म अप्ठ्यारो मान्छे हो है।’null




सभापति देउवाले बैठकमा महामन्त्री विश्वप्रकाश शर्मालाई जवाफ दिने सन्दर्भमा उक्त कुरा भनेका हुन्। महामन्त्री शर्माले सभापति शेरबहादुर देउवालाई छैटौं पटक प्रधानमन्त्री नबन्न प्रस्ताव गरेका थिए। शर्माले पाँचपटक प्रधानमन्त्री भइसकेका सभापति देउवालाई सम्बोधन गर्दै मुलुक र पार्टीको हितमा हुने गरी अब छैटौंपटक प्रधानमन्त्री बन्नेतर्फ नलाग्न र सम्मानजनक बिदाइ हुन भन्दै अगाडि भने, ‘चितवनमा बोल्दा अवकाश लिने बेला आयो भन्नुभयो। यो प्रशंसनीय छ। पार्टी एक बनाउँछु भन्नुभयो, यो पनि सकारात्मक कुरा हो। तर, नीतिमा, सिद्धान्तमा सबै कुरामा एकता छ। विवाद या प्रतिस्पर्धा कि प्रधानमन्त्री पदका लागि छ कि सभापति पदका लागि छ। तेस्रोपटक सभापति बन्न विधानले दिँदैन, अब ०८३ असारमा आफू छैटौंपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर, प्रशंसा जित्नुपर्छ सभापतिजीले। सम्मानजनक बहिर्गमनको बाटो सभापतिले रोज्नुभएमा त्यसले नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ।’

शर्माले बैठकमा मुलुकमा स्थिर राजनीति नहुँदा उस्तै समस्याहरू दोहोरिएर देखा परेका भन्दै पाँचबुँदै प्रस्ताव गरेका छन्। शर्माले स्थिर सरकारका लागि अहिले भइरहेको प्रणालीलाई संशोधन गर्न आवश्यक भएको बताउँदै भने, ‘बितेको ७५ वर्षमा कोही पनि प्रधानमन्त्री लगातार पाँच वर्ष टिक्न सकेनन्। संविधान संशोधन गर्दा स्थिर प्रधानमन्त्रीका लागि केही नवीन दृष्टि बनाउनु जरुरी छ, त्यसका लागि मेरो ५ स्टेपको प्रस्ताव छ।’

१. आम निर्वाचनमा प्रत्यक्षतर्फको सिट र लोकप्रिय मतको आधारमा बन्ने पहिलो दलले सरकारको नेतृत्व गर्ने र सरकार गठन गर्ने विषय समेटिएको छ। जसमा दोस्रो वा तेस्रो दल पूरै अवधि सरकार बाहिर वा विपक्षीमा बस्ने भन्ने कुरा समेटिएको छ।
२. पहिलो हुने दललाई सामान्य बहुमत नपुगेको स्थितिमा जित्नेले सबै लग्ने सिद्धान्तबमोजिम निर्वाचनअघि नै आयोगमा बुझाइएका विज्ञहरूको नामबाट अपुग सिट पहिलो दलले प्राप्त गर्ने रहेको छ।
३.तेस्रो विकल्पमा पहिलो दलले संसदीय दलबाट चयन गरेको सांसद संसदीय दलको नेता हुँदै नेपालको प्रधानमन्त्री बन्ने, प्रधानमन्त्रीले मन्त्रिपरिषद्‌मा निश्चित संख्यामा विज्ञहरू सोझै सरिक गराउन सक्ने विषय उल्लेख छ।
४. चौथो बुँदामा त्यसरी बनेको प्रधानमन्त्रीले शपथ ग्रहण गरेको मितिले १० दिनभित्र संसद्मा विश्वासको मत लिने, दुई वर्ष पुगेपछि त्यसको १ महिनाभित्र पुन : विश्वासको मत लिने, पछिल्लो पटक विश्वासको मत लिँदा दुई वर्षे कामको निश्चित आर्थिक, सामाजिक सूचकहरूका आधारमा मात्रै विश्वासको मत पाउने र नपाउने टुंगो लाग्ने र विश्वासको मत पुन : प्राप्त गरेको अवस्थामा प्रधानमन्त्रीले बाँकी अवधि देशको नेतृत्व गर्ने व्यवस्था राख्नुपर्ने उनले उल्लेख गरेका छन्।
५. पाँचौं बुँदामा प्रधानमन्त्री पदमा कुनै पनि व्यक्ति दुई पटक मात्रै बन्न सक्ने प्रस्ताव।

२०८४ अगावै महाधिवेशन हुन्छ : महामन्त्री थापा
कांग्रेसका महामन्त्री गगन थापाले ०८४ को चुनाव अगाडि नै कांग्रेसको महाधिवेशन हुनेमा कुनै शंका नगर्न आग्रह गरेका छन्। कांग्रेसको महाधिवेशन आम निर्वाचन पछाडि कि अगाडि भन्ने बहस चलिरहेका बेला महामन्त्री थापाले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको क्यालेन्डर ल्याउने बताएका हुन्।

उनले भने, ‘१५ औं महाधिवेशन नयाँ ऊर्जाका साथ गरिन्छ। कसैले आशंका नगर्नुहोस्। कार्यकर्तालाई स्पष्ट भन्नुहोस्। हामी यो बीचमा अरू कार्यक्रमहरू गर्छौं। भ्रातृ संस्थाको अधिवेशन गर्छौं। शुभेच्छुक संस्थालाई सम्हाल्छौं। पार्र्टीको सबै साथीहरूलाई जिम्मेवारी पनि दिन्छौँ। यो बीचमा नयाँ अभियानहरू पनि गर्छौँ पार्टीका साथीहरू सबैलाई मिलाएर पार्टीलाई थप प्रभावकारी बनाउँछौं। पार्टी सँगै सरकारलाई पनि थप प्रभावकारी बनाउँछौं।’

थापाले आगामी असोजमा बस्ने केन्द्रीय समिति बैठकले पार्र्टीको १५औं महाधिवेशनको मिति तोक्ने बताए। उनले क्रियाशील नवीकरणको विषयमा मेहनत गर्नुपर्ने बताए । यसअघि सदस्यता लिएकामध्ये ८० प्रतिशतले नवीकरण गर्ने सम्भावना रहेको उनको भनाइ छ। उनले नवीकरणको काम सकेपछि मात्रै नयाँ सदस्यता वितरणको काम सुरु हुने जानकारी गराए।

थापाले भने, ‘दसैंअघि असोजमा केन्द्रीय समिति बैठक गरेर महाधिवेशन तिथिमिति तय गर्ने हो। महाधिवेशनका लागि तयारी भइरहेको छ। तयारी केही भएको छैन भनेर कसैले पनि बाहिर नभनौं। हामी अहिलेदेखि तयारीमा जुटिसकेका छौं।’

उनले महाधिवेशनसम्मको जिम्मा महामन्त्री भएको नाताले आपूmले लिने भएकाले समय घर्किनु अगावै महाधिवेशन हुन्छ भन्ने कुरामा दाबी गर्दै भने, ‘पन्धौं महाधिवेशनसम्म के हुन्छ ? कसरी जान्छ? म कुनै बेला नेपाल विद्यार्र्थी संघको अध्यक्ष बन्ने भनेर हिँडेको मान्छे, मलाई प्रदीप पौडेलले फकाए र म नेविसंघको अध्यक्ष छोडेर क्षेत्रको सभापति बसे। त्यसपछि महामन्त्रीको चुनाव लडेँ। अब यो अधिवेशनमा के हुन्छु भन्ने कुरा पछिको कुरा भयो, यसलाई १५औं महाधिवेशनसम्म छाडिदिने हो। अहिले खाली के सोच्ने हो भने १५औं महाधिवेशनसम्मको हामी जिम्मेवारीमा छौं, यो जिम्मेवारी पूरा गर्दछौं, यो जिम्मेवारीको कुरा गर्दै गर्दा सबैको साथ सहयोग चाहिएको छ। कतै केही कमजोरी भएका छन् भने म क्षमा चाहन्छु।’

थापाले भ्रष्टाचारको विषयमा उठेका कुरालाई पार्टीको नेता कार्यकर्ता जो भए पनि भ्रष्टाचारी भए कारबाही सबैले भोग्नै पर्ने बताएका छन्। थापाले भने, ‘कानुनी शासनमा दोषीले उन्मुक्ति पाउन हुँदैन। कानुनी शासनमा विश्वास गर्ने हामीहरूले कोही निर्दोष पर्न हुँदैन, दोषी कोही पनि छुट्नु हुँदैन भन्नुपर्‍यो, दोषी छ भने पनि कांग्रेस भएकै कारणले उसले उन्मुक्ति पाउनु हुँदैन।’

थापाले केन्द्रीय कमिटीको बैठकमा केही नेताहरूले कांग्रेसले भ्रष्टाचारका मुद्दामा जोडिएका आफ्ना नेतालाई जोगाउन नसकेको भन्दै टिप्पणी गरेपछि यस्तो जवाफ दिएका हुन्। बैठकमा भ्रष्टाचार मुद्दामा धरौटीमा रिहा भएका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले २ दिनअघि थापाकै कारण आफूलाई अख्तियारले मुद्दा दायर गरेको आरोपसमेत लगाएका थिए।

संविधान संशोधनका विषय अगाडि बढाउन कार्यदल
केन्द्रीय समितिले संविधान संशोधनका लागि कांग्रेस पार्टी इमान्दार र दृढ रहेको जनाएको छ। बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको सातबुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन : प्रतिबद्धता सहितको निर्णय गरेको छ।
बैठकको निर्णयमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानको रक्षा एवं कार्यान्वयन प्रमुख दायित्व र जिम्मेवारी हाम्रो नै हो भन्ने कुरामा नेपाली कांग्रेस स्पष्ट र पूर्ण प्रतिबद्ध छ।’

संविधान संशोधनका विषयलाई अघि बढाउन पार्टीबाट कार्यदल गठन गर्ने निर्णयसमेत गरिएको छ। कार्यदलले गर्ने कामबारे भनिएको छ, ‘कार्यदलले पार्र्टीभित्र संविधान संशोधनका विषयमा छलफल चलाउने छ। संविधान निर्माणमा सहकार्य गरेका राजनीतिक दलहरू, संविधान निर्माणमा योगदान गर्नुभएका विज्ञहरू, विशेषज्ञ एवं सरोकारवाला नागरिक समाजसँग संवाद गर्ने छ।’ सातबुँदे सहमतिबमोजिम बन्ने संयुक्त कार्यदलमा समेत रहेर यही कार्यदलले कांग्रेसका तर्फबाट काम गर्ने छ।

सरकारलाई ध्यानाकर्षण
कृषि क्षेत्रका लागि आवश्यक पर्ने मलखाद बिक्री वितरणलाई प्रभावकारी बनाउन र आवश्यक रासायनिक मलखादको तत्काल व्यवस्था गरी किसानहरूलाई सहज बनाउन सरकारसँग आग्रह गरिएको छ।

प्राकृतिक विषादी र प्रांगारिक मलको प्रयोग र उत्पादनलाई प्रोत्साहन गर्ने कार्य अगाडि बढाउँदै साथै कृषिमा प्रयोग गरिने रासायनिक विषादीको मात्रा र गुणस्तर नियमन तथा नियन्त्रण गर्ने कार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गरिएको छ।

स्वदेशमै उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न एवं राष्ट्रिय, अन्तर्राष्ट्रिय व्यापारमा सन्तुलन कायम गर्न बाधक देखिँदै आएका विद्यमान कानुनी प्रबन्ध एवं प्रक्रियागत झन्झट तथा करको व्यवस्थालाई सुधार गर्नुपर्ने सुझाव दिइएको छ। सुनचाँदीलाई विलासिताको वस्तुका रूपमा परिभाषित गर्नु उपयुक्त नदेखिने कांग्रेसको निर्णय छ।

मौसम पूर्वानुमानका अनुसार विगतको तुलनामा यस वर्ष अझ भारी वर्षा हुने प्रक्षेपण गरिएको उल्लेख गर्दै कांग्रेसले पूर्वतयारी र प्रभावकारी प्रतिकार्यका लागि व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ। आन्दोलन चिकित्सकहरूसँग विलम्ब नगरी संवाद गर्न सरकारसँग माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा रामेछापको उमाकुण्ड गाउँपालिका-६ घर भई काठमाडौं महानगरपालिका-६ बस्ने ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा र संखुवासभाको खाँदबारी नगरपालिका-३ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने २९ वर्षीय उत्तम खड्का रहेका छन्। पक्राउमध्ये ...
। नेपाली कांग्रेस केन्द्रीय समितिले संविधान संशोधनका लागि पार्टी इमान्दार र दृढ रहेको जनाएको छ । १६ असारदेखि सुरु भएर सोमबार सकिएको केन्द्रीय समिति बैठकले कांग्रेस र एमालेको सरकार गठन गर्दा गरिएको साँत बुँदेमा उल्लेखित संविधान संशोधनको पक्षमा पुन: प्रतिबद्धता सहितको निर्णय गरेको छ । सात बुँदे सहमतिमा ‘संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखा परेका सबल पक्ष ...
: पूर्वराजा ज्ञानेन्द्र शाहले अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका छन्। सोमबार आफ्नो जन्मदिनका अवसरमा निर्मल निवासमा शुभेच्छुकको शुभकामना लिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले आफूलाई शुभकामना दिन आउनेलाई धन्यवाद दिँदै अहिले नेपाल र नेपालीका लागि प्रार्थना गर्ने समय भएको बताएका हुन् । उनले नेपालमा जन्मिएर मात्र नेपाली नहुने उल्लेख ...
। पार्टी नीति बारे नयाँ पुस्तालाई जानकारी गराउन नेपाली कांग्रेसले छुट्टै पाठ्यक्रम तयार गर्ने भएको छ । १६ देखि २६ वर्षको उमेर समूहलाई लक्षित गरी पाठ्य सामग्री बनाउन लागिएको उपसभापति पूर्णबहादुर खड्काले जानकारी गराए । पार्टी केन्द्रीय समितिमा बोल्ने क्रममा नीति,अनुसन्धान प्रतिष्ठानका प्रमुख समेत रहेका खड्काले एक–डेढ महिना भित्रमा एउटा जेनेरेसनका लागि पाठ्यक्रम बनाउने बताए । ‘१६ ...
कुलिङ पिरियड विवाद : सात सदस्यीय विशेष छानबिन समिति गठन, रास्वपाले कांग्रेसको नेतृत्व नस्वीकार्ने