मुख्य समाचार
महिला फुटबलको भविष्य उज्ज्वल छ : कप्तान
महिला फुटबलको भविष्य उज्ज्वल छ : कप्तान

: नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले एएफसी एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग दुर्भाग्यवश हार बेहोर्नुपरेको बताएकी छन्। एएफसी एसियन कप छनोट खेलेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाली महिला फुटबल टिमले आफूभन्दा बलियो प्रतिस्पर्धी उज्वेकिस्तानसँग राम्रो प्रदर्शन गरेको बताएकी हुन्।



उनले भनिन्,‘हामीले ३–१ ले पछि पर्दा जुन हिसाबले कमब्याक गर्‍यौ त्यसपछि ३–३ को अवस्था रहेको थियो। पछि दुर्भाग्यवश हामीले हार बेहोर्‍यौँ। समग्रमा हामीले सकारात्मक खेल्यौँ।’



कप्तान सावित्राले यस खालको प्रदर्शनले नेपाली महिला फुटबलको भविष्य उज्ज्वल रहेको बताइन्। प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि निकै सकारात्मक रुपमा टिमलाई लिएको उनले बताइन्। नेपाली महिला फुटबलमा प्याट्रिक डे वाइल्डको प्रशिक्षण रहिरहे र एन्फाले संरक्षण गरेर राख्न सके अझै राम्रो हुने उनले बताइन्।




एएफसी एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाली महिला फुटबल टिमले आगामी वर्ष हुने एसियन कप खेल्ने अवसर गुमाएको हो।

नेपाल निर्धारित ९० मिनेटको समयमा ३–३ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको हो। नेपालले समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।

यस पटक नेपाली टिमको कप्तानीको जिम्मेवारी प्रशिक्षक प्याट्रिक डे वाइल्डले सावित्रा भण्डारीलाई दिएका थिए। टिमकी पूर्व कप्तान तथा नेपालकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले भने यस पटक खेल्न पाइनन्। तीनै खेलमा अन्जना राना मगरले नेपालको पोष्ट सम्हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम