मुख्य समाचार
महिला फुटबलको भविष्य उज्ज्वल छ : कप्तान
महिला फुटबलको भविष्य उज्ज्वल छ : कप्तान

: नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले एएफसी एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग दुर्भाग्यवश हार बेहोर्नुपरेको बताएकी छन्। एएफसी एसियन कप छनोट खेलेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाली महिला फुटबल टिमले आफूभन्दा बलियो प्रतिस्पर्धी उज्वेकिस्तानसँग राम्रो प्रदर्शन गरेको बताएकी हुन्।



उनले भनिन्,‘हामीले ३–१ ले पछि पर्दा जुन हिसाबले कमब्याक गर्‍यौ त्यसपछि ३–३ को अवस्था रहेको थियो। पछि दुर्भाग्यवश हामीले हार बेहोर्‍यौँ। समग्रमा हामीले सकारात्मक खेल्यौँ।’



कप्तान सावित्राले यस खालको प्रदर्शनले नेपाली महिला फुटबलको भविष्य उज्ज्वल रहेको बताइन्। प्रशिक्षक प्याट्रिक डे वाइल्डले पनि निकै सकारात्मक रुपमा टिमलाई लिएको उनले बताइन्। नेपाली महिला फुटबलमा प्याट्रिक डे वाइल्डको प्रशिक्षण रहिरहे र एन्फाले संरक्षण गरेर राख्न सके अझै राम्रो हुने उनले बताइन्।




एएफसी एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि नेपाली महिला फुटबल टिमले आगामी वर्ष हुने एसियन कप खेल्ने अवसर गुमाएको हो।

नेपाल निर्धारित ९० मिनेटको समयमा ३–३ बराबरी खेल्दै पेनाल्टी सुटआउटमा ४–२ ले पराजित भएको हो। नेपालले समूह चरणको पहिलो खेलमा लाओसलाई ९–० र दोस्रो खेलमा श्रीलंकालाई ८–० ले पराजित गरेको थियो।

यस पटक नेपाली टिमको कप्तानीको जिम्मेवारी प्रशिक्षक प्याट्रिक डे वाइल्डले सावित्रा भण्डारीलाई दिएका थिए। टिमकी पूर्व कप्तान तथा नेपालकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बाले भने यस पटक खेल्न पाइनन्। तीनै खेलमा अन्जना राना मगरले नेपालको पोष्ट सम्हालेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: एसीसी प्रिमियर कपको पहिलो खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको छ। मलेसियाको वाङ्गेस्थित युकेएम वाइएसडी ओभलमा टस हारेर ब्याटिङको निम्तो पाएको बहराइन ३६.२ ओभरमा ८७ रन बनाउँदै अलआउट भएको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालको ओपनर ब्याटर अर्जुन कुमालले सर्वाधिक ३६ रन बनाए । ...
: नेपाली एकदिवसीय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले विनाशकारी बाढीबाट प्रभावितको राहतका लागि एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) बाट प्राप्त हुने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिने घोषणा गरेका हुन्। एसीसी प्रिमियर कपमा प्रतिस्पर्धा गर्न मलेसियामा रहेका नेपाली टोलीका कप्तान ...
। २४ पटकका ग्रान्डस्लाम विजेता नोभाक जोकोभिच २०२६ युएस ओपन टेनिसको पहिलो चरणबाटै बाहिरिएका छन् । अर्जेन्टिनाका मारियानो नवोनले पाँच सेटको रोमाञ्चक भिडन्तमा जोकोभिचलाई ७-६, ५-७, ४-६, ६-२, ६-१ ले पराजित गर्दै करियरकै सबैभन्दा ठूलो जित निकाले । न्यूयोर्कमा भएको खेलमा सुरुआती सेट जितेका नवोनविरुद्ध जोकोभिचले लगातार दोस्रो र तेस्रो सेट जित्दै पुनरागमन गरेका थिए । तर ...
: तीन वर्षअघि घरेलु मैदानमा नेपालले एउटा यस्तो उपाधि जित्यो, जसले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍यायो। त्यो थियो सन् २०२३ को एसीसी प्रिमियर कप। त्यो उपाधि नेपालका लागि केवल एउटा ट्रफीमात्र थिएन। त्यसले नेपाली क्रिकेटलाई एसियाली क्रिकेटको सबैभन्दा ठूलो मञ्चमा पुर्‍याउने ढोका खोलेको थियो। उपाधिसँगै नेपालले पहिलोपटक एसिया कप खेल्ने अवसर पाएको थियो। भारत र पाकिस्तानजस्ता ...
। ब्राजिलका महान फुटबलर रोनाल्डिन्होले ४६ वर्षको उमेरमा पुनः व्यावसायिक फुटबलमा फर्किने घोषणा गर्दै करियरको ३००औं गोल गर्ने लक्ष्य रहेको बताएका छन् । सन् २०१५ मा खेल जीवन समाप्त गरेका रोनाल्डिन्हो अब इटालीको तेस्रो डिभिजन क्लब राभेनाबाट खेल्नेछन् । उनी खेलाडीसँगै क्लबका शेयरधनी पनि बन्ने भएका छन् । राभेनाको समुद्री तटमा आयोजित ‘रोनाल्डिन्हो डे’ कार्यक्रममा हजारौं समर्थकमाझ ...