मुख्य समाचार
नयाँ पार्टी गठनको घोषणा गरेपछि ट्रम्पले बनाए मस्कमाथि निशाना
नयाँ पार्टी गठनको घोषणा गरेपछि ट्रम्पले बनाए मस्कमाथि निशाना

: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेपछि एलोन मस्कमाथि निशाना बनाएका छन्।



केही हप्तासम्म नयाँ पार्टीबारे विचार गरिसकेपछि मस्कले नयाँ पार्टी गठनको घोषणा गरे। उनले आफ्नो नयाँ पार्टीको नाम ‘अमेरिका पार्टी’ राखेका छन्।



टेस्ला प्रमुखको नयाँ पार्टी गठनको घोषणा राष्ट्रपति ट्रम्पसँगको सार्वजनिक मतभेदको केही हप्तापछि आएको हो।




ट्रम्पले आइतबार सामाजिक सञ्जालमा लेखेका छन्, ‘म एलोन मस्कलाई रेलको लिकबाट उत्री रहेको देखेर दुखी छु। जो पछिल्लो पाँच हप्तामा साँच्चै एक रेल दुर्घटना बनेको छ।’

मस्कले ट्रम्पसँगको सार्वजनिक विवादका बीच नयाँ राजनीतिक दलबारे विचार गरेका थिए। ट्रम्पले बारम्बार मस्क योजनाको आलोचना गरेपछि उनले अमेरिका पार्टी गठनको घोषणा गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। युक्रेनमा भएको रूसी आक्रमणमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै ३० जनाभन्दा बढी घाइते भएको क्षेत्रीय अधिकारीहरूले सोमबार बताएका छन् । पूर्वको सुमी क्षेत्रमा दुई जना र दक्षिणको ओडेसा क्षेत्रमा एक जनाको मृत्यु भएको युक्रेनको राज्य आपतकालीन सेवाले टेलिग्राम मार्फत जनाएको छ । क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी खेरसन क्षेत्रमा एक जनाको मृत्यु भएको छ । घटनाको पुष्टि ...
— अमेरिकाको टेक्सास राज्यमा आएको बाढीमा परी अहिलेसम्म ७८ जनाको मृत्यु भइसकेको छ भने ४१ बेपत्ता छन् । सबैभन्दा धेरै क्षति केर काउन्टीमा भएको छ । जहाँ ३८ बालबालिकासहित ६८ जनाको मृत्यु भएको छ । राहत तथा उद्धार अभियान जारी राखिएको छ । अधिकारीहरुले मृतकको संख्या बढ्नसक्ने बताएका छन् । बाढीका कारण केर काउन्टीको नदी किनारास्थित क्याम्प ...
— इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समयअनुसार आइतबार कतारको राजधानी दोहामा सुरु हुने भएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका प्रस्थानअघि वार्ता सुरु हुन लागेको हो । उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वासिङ्टन जाने बताइएको छ । इजरायल–हमासबीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ । नेतान्याहुले इजरायलका ...
— इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् । शनिबार मध्यरातीबाट गरिएको आक्रमण आइतबार बिहानसम्म चलेको थियो । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हुथी समूहले इजरायल ...
। बेलायत सरकारले यसअघि श्वेत पत्रमा उल्लेख गरे बमोजिम अध्यागमन नियम परिवर्तन कार्यान्वयन प्रक्रिया शुरु गरेको छ । मंगलबार संसदमा पेश गरिएको नयाँ नियमहरुले खासगरी बेलायतको कामसँग सम्बन्धित आप्रवासन व्यवस्थामा उल्लेखनीय कडाइ गरेको छ । संसदबाट पारित भए दुई सातापछि २२ जुलाईदेखि कार्यान्वयनमा आउने नयाँ नियमबाट विशेषतः वर्क भिसामाथि कडाइ हुने छ । व्यवस्था र नियन्त्रण पुनर्स्थापित गर्न ...