मुख्य समाचार
‘कुलिङ अफ पिरियड’ माथि छलछाम : कांग्रेसलाई छानबिनको नेतृत्व दिने प्रस्ताव रास्वपाले मानेन
‘कुलिङ अफ पिरियड’ माथि छलछाम : कांग्रेसलाई छानबिनको नेतृत्व दिने प्रस्ताव रास्वपाले मानेन

— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो ।


रास्वपा प्रमुख सचेतक सन्तोष परियारले सत्ता पक्षबाट परियारलाई नेतृत्व दिने प्रस्ताव आएकोमा आफूहरूले त्यसलाई नमान्ने बताए । यदि सत्ता पक्षबाटै छानबिन समितिको नेतृत्व हुने हो भने समितिमा बस्ने नबस्ने भन्नेबारे रास्वपा आन्तरिक छलफलमा जुटेको पनि उनले बताए ।

प्रधानमन्त्रीको सम्बोधन, छानबिन समितिको घोषणालगायतका कार्यसूचीसहित सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधिसभा बैठक बोलाइएको थियो । तर कार्यव्यवस्था परामर्श समितिकै बैठक अहिलेसम्म पनि चलिरहेको छ । आजकै बैठकमा सभामुख देवराज घिमिरेले विशेष समिति घोषणा गर्ने तयारी छ ।

प्रतिनिधिसभा नियमावलीको नियम १८० बमोजिम छानबिन विशेष समिति बन्न लागेको हो । नियम १८० मा विशेष, संवेदनशील वा गम्भीर प्रकृतिका विधेयक वा अन्य कार्यका लागि प्रतिनिधिसभामा आवश्यकताअनुसार विशेष समिति गठन गर्न सकिने व्यवस्था छ । निजामती सेवासम्बन्धी विधेयकमा भएको छलछामका विषयमा छानबिन गर्ने समितिको कार्यादेश पनि सोमबार नै प्रतिनिधिसभा बैठकमा घोषणा गरिने भएको छ ।

संसद् सचिवालयका एक अधिकारीका अनुसार ‘संघीय निजामती सेवाको प्रतिवेदन त्रुटि छानबिन विशेष समिति’ नाम रहने समितिलाई ‘कुलिङ अफ पिरियड’ सम्बन्धी व्यवस्था निष्प्रभावी हुने प्रावधान विधेयकमा कायमै राख्ने कार्यमा संलग्न पदाधिकारीबारे छानबिन गर्ने र कारबाही सिफारिस गर्ने कार्यादेश रहनेछ । यस्ता घटना दोहोरिन नदिन अपनाउनुपर्ने सावधानीका लागि पनि समितिले सुझाव दिनेछ ।

समितिमा सत्तारूढ कांग्रेस र एमालेका २/२, प्रतिपक्षी दल माओवादी, रास्वपा र राप्रपाबाट १/१ जना सदस्य रहने सहमति छ । समितिमा कांग्रेसले सचेतक सुशीला थिङ र सांसद जीवन परियारलाई पठाउने मौखिक जानकारी प्रमुख सचेतक श्याम घिमिरेले सभामुख घिमिरेलाई दिएका छन् । राप्रपाले सांसद रोशन कार्कीलाई समितिको सदस्य बनाउने भएको छ । एमाले, माओवादी र रास्वपाले भने समितिमा रहने सदस्यको नाम सोमबार नै पठाउने जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...
— संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’को व्यवस्था हेरफेर गरिएको विषयमा छानबिन गर्ने विशेष समितिका सदस्यहरूको नाम टुंगो लागेको छ। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको त्रुटि छानबिन विशेष समितिमा नेपाली कांग्रेस र एमालेबाट २/२ तथा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट १/१ जना सदस्य रहेका छन्। समिति सदस्यमहरूमा ...