मुख्य समाचार
कप्तान चयन गर्ने विषय आन्तरिक हो : कप्तान भण्डारी
कप्तान चयन गर्ने विषय आन्तरिक हो : कप्तान भण्डारी

— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छन्।


छनोटको समूह ‘एफ’ को निर्णायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एसियन कप खेल्ने अवसरबाट वञ्चित भएको थियो। यसपल्ट नेपाली टोलीलाई एसियन कप खेल्न सक्ने दाबेदारका रूपमा हेरिए पनि पेनाल्टी सुटआउटमा पराजित हुँदा सफलता पाउन भने सकेन।

यद्यपि यसै छनोटको पूर्वसन्ध्यामा कप्तान नियुक्त भएकी सावित्राले असफलता भए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताइन्। उनले भनिन्, 'सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको थियो । हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेल्दा केही सफल भइयो ।'

उनले टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको भन्दै टोलीको बचाउ गरेकी थिइन्। कप्तान सावित्राले सुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गरेकी छन्। समग्रमा आफूभन्दा माथिल्लोस्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक ऊर्जा लिएर फर्किएको उनको विश्वास छ।

उनले भनिन्, 'आफूहरूको प्रदर्शनबाट त्यहाँ उपस्थित सबै समर्थकले पनि प्रशंसा गर्नुभयो । यो प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न सकिएन। छनोटको अन्तिम खेलमा ५०/५० को अवसर थियो । तर त्यसमा सफल हुन सकिएन । यसले गर्दा भविष्यमा पिरोलिरहन्छ।'

खेलको सुरुआतमै गोल बेहोरेपछि सम्हालिन गाह्रो भएको उनको बुझाइ छ। त्यसमा पनि अर्को गोल बेहोरेपछि थप कठिन स्थिति बने पनि कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको कप्तान सावित्रा बताउँछिन्। दोस्रो हाफ प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेलमा फर्कन सक्छौँ भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उनले बताइन्।




छनोटको उक्त खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो। तर, पहिलो हाफको थप समयमा उज्वेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा नेपालीका लागि केही सहज पनि भयो। दुई गोल फर्काउँदै नेपालले ३–३ को बराबरीमा ल्यायो। निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुसार सीधै पेनाल्टीतर्फ धकेलिएको थियो।

तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर सफल नभएपछि नेपाली टोलीले ४–२ को हार सामना गर्‍यो। यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो। दक्षिण एसियाबाट बंगलादेश र भारत छनोट हुन सफल भए।

यसै छनोटको अगाडि प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान र गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई दुवै जिम्मेवारीबाट बाहिर राखे। प्याट्रिकले कप्तानमा सावित्रालाई र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए। एन्फाले नै कप्तानमा सुरुमा रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो।

तर पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन गर्‍यो। कप्तान कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा त्यो घटना सार्वजनिक भएको थियो। सावित्राले कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन्। उनले भनिन्, 'त्यसले गर्दा केही दिन आफू सुत्न पनि सकिन। यसले आफूलाई छुट्टै किसिमको दबाब भए पनि टोलीका सहकर्मीले सहयोग गरे ।'

उनले कप्तान बनाउने विषय टोलीभित्रको आन्तरिक कुरा रहेको पनि बताइन्। तर पनि विवाद निस्किएको र यो हुनु सही नभएको उनी बताउँछिन्। यस्तो स्थितिमा पनि टिम एक भएर खेलेको उनको विश्वास छ। आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ।

सावित्राले प्लेइङ इलाभेन होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान जस्तै भएर खेल्ने पनि बताएकी छन्। सबै जना कप्तान र लिडर बन्ने क्षमता रहेको पनि उनको बुझाइ छ। साथै उनले कप्तानको जिम्मेवारी पाउँदा खुसीसँगै केही दबाब पनि महसुस गरेको बताइन्। यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो। त्यसमध्ये सावित्राले एक्लैले ९ गोल गरेकी थिइन्। तर, पेनाल्टी सुटआउटमा असफल हुँदा ४१ वर्षे महिला फुटबलको इतिहास बोकेको नेपाली टोली सुन्दर सपना बुन्नबाट भने वञ्चित रह्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। नेपाल प्रिमियर लिग (एनपीएल(को तेस्रो संस्करण सोमबारदेखि सुरु हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने यो संस्करणमा आठ वटा टोलीको सहभागिता रहनेछ । कीर्तिपुरस्थित मैदानमा लगभग अन्तिम तयारी सकिएको क्यानले जनाएको छ । यसपटक विजेताको पुरस्कार राशि बढाइएको छ । योसँगै प्रतियोगिताको प्रतिस्पर्धात्मक आकर्षण र व्यावसायिक महत्त्व थप बढ्ने क्यानको अपेक्षा छ । नेपाल प्रिमियर ...
: कर्णाली याक्समा अनुबन्ध भएका मार्क वाट नेपाल आइपुगेका छन्। आइतबार बिहान उनी तेस्रो नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन्। उनलाई कर्णाली याक्स स्पोर्ट्स प्रा।लीका प्रतिनिधिले स्वागत गरे। ३० वर्षीय वाटले स्कटल्यान्डको लागि ट्वान्टी २० आईमा ८३ खेल खेल्दा ९४ विकेट लिएका छन् । त्यस्तै तीन सय २१ रन बनाएका ...
: वेस्ट इन्डिजका अलराउन्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुन्। तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उनी टी–२० क्रिकेटका अनुभवी खेलाडी हुन्। उनले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसकेका छन्। एलेनले वेस्ट इन्डिजका लागि २० एकदिवसीय र ४२ टी–२० अन्तर्राष्ट्रिय ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार राति ८ बजेदेखि उद्घाटन खेलको टिकट बिक्री खुला गरेको थियो। क्यानले एनपीएलको आधिकारिक फेसबुक पेजबाट पहिलो खेलको टिकट ‘सोल्ड आउट’ भएको जानकारी दिएको हो। यो संस्करणमा प्रायोजक संख्या बढ्दा क्यानले कूल ८ हजार ४०० ...
: नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ। आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले पत्रकार सम्मेलन गर्दै आइतबार पुरस्कार घोषणा गरेको हो। क्यानका अनुसार विजेता टोलीले १ करोड ५० लाख पुरस्कार पाउनेछ। उपविजेताले ८० लाख र तेस्रो स्थानमा रहनेले ४० लाख पाउनेछन्। यस्तै चौथो हुने टोलीले ३० लाख पुरस्कार पाउनेछ। एनपीएलको तेस्रो संस्करण ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम