मुख्य समाचार
कप्तान चयन गर्ने विषय आन्तरिक हो : कप्तान भण्डारी
कप्तान चयन गर्ने विषय आन्तरिक हो : कप्तान भण्डारी

— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छन्।


छनोटको समूह ‘एफ’ को निर्णायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एसियन कप खेल्ने अवसरबाट वञ्चित भएको थियो। यसपल्ट नेपाली टोलीलाई एसियन कप खेल्न सक्ने दाबेदारका रूपमा हेरिए पनि पेनाल्टी सुटआउटमा पराजित हुँदा सफलता पाउन भने सकेन।

यद्यपि यसै छनोटको पूर्वसन्ध्यामा कप्तान नियुक्त भएकी सावित्राले असफलता भए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताइन्। उनले भनिन्, 'सुरुमा उज्वेकिस्तानको वातावरणमा भिज्न गाह्रो भएको थियो । हरेक एक खेलमा ध्यान दिएर र प्रशिक्षकको रणनीति अनुरूप खेल्दा केही सफल भइयो ।'

उनले टोलीमा तीन जना डिफेन्डर खेलाएर पनि आक्रामक फुटबल खेल्न सफल भएको भन्दै टोलीको बचाउ गरेकी थिइन्। कप्तान सावित्राले सुरुमा तीन गोल खाएर पनि खेलमा फर्कन सफल हुनु सहज नभएको उल्लेख गरेकी छन्। समग्रमा आफूभन्दा माथिल्लोस्तरको टोलीसँग राम्रो खेलेको र आफ्नो सकारात्मक ऊर्जा लिएर फर्किएको उनको विश्वास छ।

उनले भनिन्, 'आफूहरूको प्रदर्शनबाट त्यहाँ उपस्थित सबै समर्थकले पनि प्रशंसा गर्नुभयो । यो प्रतियोगिता आफूहरूका लागि ठूलो अवसर रहे पनि त्यसलाई सही तरिकाले सदुपयोग गर्न सकिएन। छनोटको अन्तिम खेलमा ५०/५० को अवसर थियो । तर त्यसमा सफल हुन सकिएन । यसले गर्दा भविष्यमा पिरोलिरहन्छ।'

खेलको सुरुआतमै गोल बेहोरेपछि सम्हालिन गाह्रो भएको उनको बुझाइ छ। त्यसमा पनि अर्को गोल बेहोरेपछि थप कठिन स्थिति बने पनि कोचिङ स्टाफको उत्साहले खेलमा फर्किएको कप्तान सावित्रा बताउँछिन्। दोस्रो हाफ प्रशिक्षक प्याट्रिक डे वाइल्डले खेलमा फर्कन सक्छौँ भनेर उत्साह दिएर टोलीलाई प्रोत्साहित गरिरहेको उनले बताइन्।




छनोटको उक्त खेलमा नेपाल पहिलो हाफमा नै ३–१ गोलले पछि परेको थियो। तर, पहिलो हाफको थप समयमा उज्वेकिस्तानको एक खेलाडीले रातो कार्ड पाउँदा नेपालीका लागि केही सहज पनि भयो। दुई गोल फर्काउँदै नेपालले ३–३ को बराबरीमा ल्यायो। निर्धारित समयमा खेल बराबरी भएपछि प्रतियोगिताको नियमअनुसार सीधै पेनाल्टीतर्फ धकेलिएको थियो।

तर पेनाल्टी प्रहारमा कप्तान सावित्रा भण्डारी र गोलकिपर अञ्जना रानामगर सफल नभएपछि नेपाली टोलीले ४–२ को हार सामना गर्‍यो। यससँगै नेपालले आगामी वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा छनोट हुने तेस्रो दक्षिण एसियाली राष्ट्र बन्ने अवसर पनि गुमायो। दक्षिण एसियाबाट बंगलादेश र भारत छनोट हुन सफल भए।

यसै छनोटको अगाडि प्रशिक्षक प्याट्रिक डे वाइल्डले नियमित कप्तान र गोलकिपर अन्जिला तुम्बापो सुब्बालाई दुवै जिम्मेवारीबाट बाहिर राखे। प्याट्रिकले कप्तानमा सावित्रालाई र गोलकिपरमा अञ्जनालाई जिम्मेवारी दिए। एन्फाले नै कप्तानमा सुरुमा रेनुका नगरकोटीको नाम सार्वजनिक गरेको थियो।

तर पछि सावित्रालाई कप्तानी दिइएको भन्दै एन्फाले नै नाम परिवर्तन गर्‍यो। कप्तान कसलाई बनाउने भन्ने विषयमा विवाद हुँदा त्यो घटना सार्वजनिक भएको थियो। सावित्राले कप्तान चयन गर्ने विषयमा केही चुनौतीपूर्ण रहेको र विवाद भएको स्वीकार गरिन्। उनले भनिन्, 'त्यसले गर्दा केही दिन आफू सुत्न पनि सकिन। यसले आफूलाई छुट्टै किसिमको दबाब भए पनि टोलीका सहकर्मीले सहयोग गरे ।'

उनले कप्तान बनाउने विषय टोलीभित्रको आन्तरिक कुरा रहेको पनि बताइन्। तर पनि विवाद निस्किएको र यो हुनु सही नभएको उनी बताउँछिन्। यस्तो स्थितिमा पनि टिम एक भएर खेलेको उनको विश्वास छ। आगामी दिनमा यस्तो विवाद नआओस् भन्ने उनको आग्रह छ।

सावित्राले प्लेइङ इलाभेन होस् या बाहिरका खेलाडी सबै कप्तान कप्तान जस्तै भएर खेल्ने पनि बताएकी छन्। सबै जना कप्तान र लिडर बन्ने क्षमता रहेको पनि उनको बुझाइ छ। साथै उनले कप्तानको जिम्मेवारी पाउँदा खुसीसँगै केही दबाब पनि महसुस गरेको बताइन्। यस छनोटमा नेपालले विपक्षीको पोस्टमा कुल २० गोल गरेको थियो। त्यसमध्ये सावित्राले एक्लैले ९ गोल गरेकी थिइन्। तर, पेनाल्टी सुटआउटमा असफल हुँदा ४१ वर्षे महिला फुटबलको इतिहास बोकेको नेपाली टोली सुन्दर सपना बुन्नबाट भने वञ्चित रह्यो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली राष्ट्रिय टिम तथा नेपाल पुलिस क्लबका अनुभवी बलिङ अलराउन्डर करण केसीले प्रधानमन्त्री कपको एक खेल खेल्न नपाउने भएका छन् । जारी प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय प्रतियोगिता २०८२ अन्तर्गत शुक्रबार मधेश र बागमतीको खेलमा बागमती प्रदेशका कप्तान सन्दीप लामीछाने र अम्पायरबीच भएको वादविवादका विषयमा एक टिप्पणीका कारण विवादमा तानिएका हुन् । उनले सन्दीप र ...
। इन्जुरी समयमा काइ हाभेर्ट्जले गोल गरेपछि युरोपियन च्याम्पियन्स लिग क्वाटरफाइनलको पहिलो लेगमा आर्सनलले स्पोर्टिङ सीपीलाई १–० ले पराजित गरेको छ । गएराति लिस्बनमा सम्पन्न खेलमा आर्सनलले इन्जुरी समयमा निर्णायक गोल गर्दै महत्वपूर्ण जित हात पारेको हो । खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिने अवस्थामा इन्जुरी समयको पहिलो मिनेटमा काइ हाभेर्ट्जले गोल गर्दै आर्सनललाई जित दिलाए। उनको ...
। युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिखले रियल मड्रिडलाई २–१ ले पराजित गरेको छ । गएराति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा सम्पन्न खेलमा बायर्नले महत्वपूर्ण अवे जित निकाल्दै घरेलु लेगअघि एड्भान्टेज बनाएको हो । खेलको पहिलो हाफको ४१औं मिनेटमा लुइस डियाजले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । दोस्रो हाफ सुरु भएको एक मिनेटमै ...
: आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले लगातार दुईवटा शृंखला खेल्ने भएको छ। नेपालमा आयोजना हुने तय भएको शृंखला अप्रिल २५ देखि सुरु हुने भएको हो। यससँगै नेपालले स्कटल्यान्ड र अमेरिका सम्मिलित शृंखला पनि घरेलु मैदानमै खेल्नेछ। नेपाल क्रिकेट संघ (क्यान)ले मंगलबार विज्ञप्ति जारी गर्दै शृंखलाको खेल तालिका सार्वजनिक गरेको हो। नेपाल, ओमान र युएई ...
: नेपाल क्रिकेट संघ (क्यान)लाई नेपाल प्रिमियर लिगको दोस्रो संस्करणबाट साढे तीन गुणा बढी आम्दानी भएको छ। दोस्रो सिजनमा क्यानले ९ करोड बढी आम्दानी गरेको हो। क्यानको सोमबार बसेको बोर्ड बैठकले ९ करोड २१ लाख २१ हजार ९३५ रुपैयाँ आम्दानी पारित गरेको प्रवक्ता छुम्बी लामाले जानकारी दिए। पहिलो सिजमा क्यानले २ करोड ४६ लाख आम्दानी गरेको ...