मुख्य समाचार
‘गठबन्धनको विकल्पमा जाने कुरा भएको छैन’
‘गठबन्धनको विकल्पमा जाने कुरा भएको छैन’

— अख्तियारले देखाएको सक्रियता, ५२ संवैधानिक पदाधिकारी नियुक्तिबारे सर्वोच्च अदालतले दिएको फैसला र सरकारले गरेका केही राजनीतिक नियुक्तिका कारण कांग्रेस सभापति शेरबहादुर देउवा झस्किइरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने अवस्था आएको छ ।


नागरिक उन्मुक्ति पार्टीले सरकारबाट अलग हुँदै समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने भएको हो । यसै सन्दर्भमा कांग्रेस प्रवक्ता प्रकाशशरण महतसँगको कुराकानी :

सत्ता गठबन्धन अघि बढाउन केही आधार हुनुपर्छ भन्दै आउनुभएको छ । यो भनेको के हो ?

गठबन्धन भइसकेपछि एउटा दलले मात्रै चाहेअनुसार अघि बढ्न सकिँदैन । एउटै दलको पूर्ण बहुमत नभएको अवस्थामा हामीले भनेजस्तो सबै हुँदैन, अर्को दलले भनेजस्तो पनि हुँदैन । यसलाई हामी सबैले स्वीकार गर्नुपर्छ । अहिले हाम्रो पार्टीमा पनि यो भएन, त्यो भएन भन्ने छ ।

एउटा प्रमुख हिस्सेदार भएको नाताले हामीले एउटा बटमलाइन बनाउनुपर्छ– यो यो कुराको सुनुवाइ हुनुपर्छ भनेर । त्यसरी तय भएको न्यूनतम बटमलाइन पालना हुनुपर्छ । गठबन्धनको दिगोपन र निरन्तरताका लागि पनि बटमलाइन बनाउनुपर्छ । यो कुरा गठबन्धनको अर्को साझेदारले पनि बुझ्नुपर्छ ।

एक सातादेखि चलेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा गठबन्धनका विषयमा प्रश्न कति आए ?

गठबन्धनको विकल्पमा जानुपर्छ भन्ने कुरा आएन । साझेदार दलले हैसियतअनुसार साझेदारी गरेर सरकारलाई अघि बढाउनुपर्छ भन्ने छ । हाम्रा कार्यकर्ता र नेताहरूले पनि प्रभावकारी काम गर्नुपर्छ भन्ने दबाब छ ।




पछिल्ला केही घटनाक्रमले भने नेताहरूमा संशय बढेको हो ?

त्यो त अवश्य पनि छ । भिजिट भिसा प्रकरण, पतञ्जलि प्रकरण, सरकारको आफ्नो प्रभुत्व, नीतिहरूमा आफ्नो हात माथि पार्ने, अरू खालका कतिपय कुरा जति भइरहेका छन्, त्यसले केही असहज भएको छ । त्यो भनेर एकदमै छाडेर हिँड्ने कुरा आएन ।

सरकारबाट नागरिक उन्मुक्ति बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने अवस्था बनेको छ । यो बीचमा चलखेल हुने त होइन ?

त्यसबारे कुरा निस्केको छैन, पछि कुराकानी होला । तर गठबन्धन भोलि नै छोड्नुपर्छ भन्ने कुरा अहिले छैन । सरकारलाई प्रभावकारी बनाउने र कांग्रेसले पनि श्रेय लिने गरी काम गर्न नेतृत्वलाई सचेत बनाउने कुरा बढी छ ।

गठबन्धनप्रति तपाईंको आफ्नै धारणाचाहिँ के छ त ?

गठबन्धनको सन्दर्भमा यो सीमा नाघ्यो भने हुँदैन भनेर प्रस्ट बटमलाइन बनाउनुपर्छ । हरेक मुद्दामा बार्गेनिङ गरेर, तनाव लिएर बस्नु हुन्न । हाम्रा कुरा सुनुवाइ हुनुपर्छ, यसरी जानुपर्छ भनेर नेतृत्वले प्रस्ट भन्नुपर्छ । यसो गर्दा भोलि धोका हुँदैन ।

बटमलाइन पूरा भएन भने मात्रै गठबन्धनबारे सोच्न सकिन्छ भन्ने हो ?

गठबन्धनको अर्को साझेदारले औचित्य सिध्याउने गरी काम गर्‍यो त्यो स्थिति आउने हो । अहिले त्यस्तो अवस्था बनेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ...
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...