मुख्य समाचार
मेक्सिकोले अमेरिकालाई २–१ ले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जिते
मेक्सिकोले अमेरिकालाई २–१ ले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जिते

— मेक्सिकोले अमेरिकालाई सोमबार २–१ ले पराजित गर्दै कनकाकेफ गोल्डकपको उपाधि जितेको छ । मेक्सिकोले एक गोलले पछाडि रहेको स्थिति उल्टाएर कीर्तिमान १० औं पल्ट उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्रको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता जितेको हो ।


ह्युस्टन टेक्सासमा भएको खेलमा अमेरिकाले क्रिस रिचडर्सको गोलले चौथो मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको २७ औं मिनेटमा राउल जिमिनेजले मेक्सिकोको लागि बराबरी गोल फर्काए ।

खेलको ७७ औं मिनेटमा एडिसन अल्भारेजले हेडबाट निर्णायक गोल गरे र मेक्सिको डिफेन्डिङ च्याम्पियनका रूपमा उपाधि रक्षा गर्न सफल रह्यो । यसपल्टको प्रतियोगितामा कुल १६ टिमको सहभागिता रहेको थियो ।

त्यसमध्ये १५ टिम उत्तर र केन्द्रीय अमेरिका तथा क्यारिबियन क्षेत्र थिए । साउदी अरेबियालाई भने पाहुना टिमका रूप खेलाइएको थियो । मेक्सिको र अमेरिकाले क्यानाडासँग मिलेर अर्को वर्षको विश्वकप आयोजना गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: नेपाली महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले एएफसी एसियन कप छनोटको फाइनल खेलमा उज्वेकिस्तानसँग दुर्भाग्यवश हार बेहोर्नुपरेको बताएकी छन्। एएफसी एसियन कप छनोट खेलेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै उनले नेपाली महिला फुटबल टिमले आफूभन्दा बलियो प्रतिस्पर्धी उज्वेकिस्तानसँग राम्रो प्रदर्शन गरेको बताएकी हुन्। उनले भनिन्,‘हामीले ३–१ ले पछि पर्दा जुन हिसाबले कमब्याक ...
— नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ ले उज्वेकिस्तानमा भएको एएफसी महिला एसियन कप छनोटमा सफल नभए पनि धेरै सकारात्मक ऊर्जा लिएर फर्किएको बताएकी छन्। छनोटको समूह ‘एफ’ को निर्णायक तथा अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानसँग पेनाल्टी सुटआउटमा ४–२ ले पराजित हुँदा नेपाली टोली सन् १९९९ पछि एसियन कप खेल्ने अवसरबाट वञ्चित भएको ...
। अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक वोरेल ट्रफी फेरि एकपटक रक्षा गरेको छ। वेस्ट इन्डिजलाई जितका लागि २७७ रनको लक्ष्य दिएको अस्ट्रेलियाले चौथो दिनको दोस्रो सेसनमै घरेलु टोलीलाई १४३ रनमा ...
। एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो । टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । नेपाल यस प्रतियोगितामा अपराजित ...
। उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली भोलि (सोमबार) विहान काठमाडौं आइपुग्ने भएको छ । नेपाली टोली उज्बेकिस्तानबाट प्रस्थान गरिसकेर हाल यूएईको शारजाहमा ट्रान्जिटमा छ । त्यहाँको ट्रान्जिट सकाएर विहान काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोली निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट भने हुन ...