— विनयी त्रिवेणी गाउँपालिका-१ ज्यामिरेस्थित खोला किनारमा वयस्क भाले गैंडा मृत फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार अन्दाजी १५ वर्षको गैंडा सडेगलेको अवस्थामा फेला परेको हो । कम्तीमा एक महिना अगाडि नै मरेको शंका गरिएको छ । जंगल जानेहरुले देखेपछि खबर गरेका थिए ।
सडेगलेको अवस्थामा गैंडा मृत फेला परेपछि डिभिजन वन कार्यालयलाई खबर गरेको प्रहरीले जानकारी दिएको छ ।