मुख्य समाचार
इजरायल–हमास युद्धविराम वार्ता दोहामा
इजरायल–हमास युद्धविराम वार्ता दोहामा

— इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समयअनुसार आइतबार कतारको राजधानी दोहामा सुरु हुने भएको छ ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका प्रस्थानअघि वार्ता सुरु हुन लागेको हो । उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वासिङ्टन जाने बताइएको छ ।

इजरायल–हमासबीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ । नेतान्याहुले इजरायलका तर्फबाट वार्ता टोली आइतबार नै दोहा पुग्ने बताए । यद्यपि, उनले अमेरिकी समर्थनमा तयार गरिएको युद्धविराम प्रस्तावमा हमासले दिएको ‘स्वीकार्य नहुने माग’ हरू समावेश भएको टिप्पणी गरेका छन् ।

एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा सुरु हुने वार्ताले सम्भावित युद्धविरामका सर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा केन्द्रित रहनेछ । हमासका तर्फबाट पनि वरिष्ठ नेता खालिल अल–हय्याको नेतृत्वमा वार्ता टोली दोहामा पुगिसकेको छ । यसअघि नेतान्याहुले इजरायली राष्ट्रपति इसहाक हेर्जोगसँग गाजाको अवस्था र क्षेत्रीय कूटनीतिक सम्बन्धबारे छलफल गरेका थिए ।

प्रस्तावित ६० दिने युद्धविराम प्रस्तावअनुसार उक्त अवधिमा हमासले १० जना जीवित बन्धक र केही बन्धकका शवहरू फिर्ता गर्नेछ भने इजरायलले पनि केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । हमासले पनि बन्धक बनाइएका इजरायली सैनिकहरू आंशिक रूपमा फिर्ता गर्ने प्रस्तावमा उल्लेख छ । हमासले युद्धविराम अवधिमा इजरायलका तर्फबाट पुनः हमला नहुने ‘ग्यारेन्टी’ गरिनुपर्ने र संयुक्त राष्ट्रसंघको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्ने माग पनि अघि सारेको बताइएको छ ।

यसैबीच, गाजामा मानवीय अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । स्थानीयहरू खाद्यान्न अभावको चर्को मारमा जीवनयापन गर्न बाध्य छन् । दक्षिण गाजाको खान युनिसबाट करिमा अल–रासले भनेका छन्, ‘स्थानीय सर्वसाधारण पिठोका लागि मर्नु परिरहेको छ, हामी युद्धविरामको घोषणा होस् भन्ने आशामा छौं ।’ राष्ट्रसंघको मानवअधिकार कार्यालयले हालसम्म खाद्यान्न वितरणका क्रममा पाँच सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार २१ महिना लामो यस युद्धमा गाजामा हालसम्म ५७ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दोहा वार्ताबाट दिगो युद्धविरामतर्फ प्रगति हुने आशा गरिएको छ । यद्यपि दुवै पक्षबीचका गम्भीर मतभेद अझै कायम रहेको बताइएको छ ।

०००
इजरायलमाथि हुथी समूहको मिसाइल हमला

साना– यमनको हुथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ हमला गरेको र त्यसलाई इजरायली रक्षा प्रणालीले रोक्न सफल भएको बताइएको छ । हुथीले प्यालेस्टिनीको समर्थन गर्दै इजरायलमाथि हमला गर्दै आएको छ ।

यमनको उत्तर भागमा सक्रिय सशस्त्र समूह हुथीले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको छ । २०१४ देखि उनीहरूले यमनको राजधानी साना र अन्य धेरै भागहरू नियन्त्रणमा लिएर सरकारविरुद्ध विद्रोह गरेका हुन् । यमनमा साउदी अरेबिया नेतृत्वमा गठित गठबन्धनले हुथीलाई परास्त गर्न सैन्य हस्तक्षेप गरेपछि यमन लामो समयदेखि गृहयुद्धमा फसेको छ भने यसले गर्दा त्यहाँ गम्भीर मानवीय संकट निम्त्याएको छ ।

हुथीहरूद्वारा सञ्चालित अल–मसिराह टीभीमा प्रसारित वक्तव्यमा हुथी सेनाका प्रवक्ता याह्या सारियाले उक्त मिसाइल इजरायलको बेन गुरियन विमानस्थल लक्षित गरिएको बताएका छन् । उनले क्षेप्यास्त्र हमलाले अस्थायी रूपमा इजरायलमा हवाई उडानमा अवरोध आएको र सर्वसाधारण सुरक्षाका लागि आश्रय स्थलहरूमा गएको दाबी गरे । नोभेम्बर २०२३ देखि हुथीहरूले इजरायलमाथि आक्रमण गर्दै आएका छन् भने गाजा संकटमा उनीहरूले प्यालेस्टिनीको समर्थन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...