मुख्य समाचार
इजरायल–हमास युद्धविराम वार्ता दोहामा
इजरायल–हमास युद्धविराम वार्ता दोहामा

— इजरायल र हमासबीच युद्धविराम र बन्धक मुक्तिसम्बन्धी अप्रत्यक्ष वार्ता स्थानीय समयअनुसार आइतबार कतारको राजधानी दोहामा सुरु हुने भएको छ ।


इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको अमेरिका प्रस्थानअघि वार्ता सुरु हुन लागेको हो । उनी सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको भेटवार्ताका लागि वासिङ्टन जाने बताइएको छ ।

इजरायल–हमासबीचको युद्धविराम वार्ताका लागि कतारले मध्यस्थता गरिरहेको छ । नेतान्याहुले इजरायलका तर्फबाट वार्ता टोली आइतबार नै दोहा पुग्ने बताए । यद्यपि, उनले अमेरिकी समर्थनमा तयार गरिएको युद्धविराम प्रस्तावमा हमासले दिएको ‘स्वीकार्य नहुने माग’ हरू समावेश भएको टिप्पणी गरेका छन् ।

एक प्यालेस्टिनी अधिकारीका अनुसार दोहामा सुरु हुने वार्ताले सम्भावित युद्धविरामका सर्त, बन्धक तथा बन्दीहरूको आदानप्रदान र गाजाको राफा नाका पुनः खोल्ने विषयमा केन्द्रित रहनेछ । हमासका तर्फबाट पनि वरिष्ठ नेता खालिल अल–हय्याको नेतृत्वमा वार्ता टोली दोहामा पुगिसकेको छ । यसअघि नेतान्याहुले इजरायली राष्ट्रपति इसहाक हेर्जोगसँग गाजाको अवस्था र क्षेत्रीय कूटनीतिक सम्बन्धबारे छलफल गरेका थिए ।

प्रस्तावित ६० दिने युद्धविराम प्रस्तावअनुसार उक्त अवधिमा हमासले १० जना जीवित बन्धक र केही बन्धकका शवहरू फिर्ता गर्नेछ भने इजरायलले पनि केही प्यालेस्टिनी बन्दीहरूलाई रिहा गर्नेछ । हमासले पनि बन्धक बनाइएका इजरायली सैनिकहरू आंशिक रूपमा फिर्ता गर्ने प्रस्तावमा उल्लेख छ । हमासले युद्धविराम अवधिमा इजरायलका तर्फबाट पुनः हमला नहुने ‘ग्यारेन्टी’ गरिनुपर्ने र संयुक्त राष्ट्रसंघको खाद्यान्न वितरण प्रणाली पुनः लागू गर्ने माग पनि अघि सारेको बताइएको छ ।

यसैबीच, गाजामा मानवीय अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको छ । स्थानीयहरू खाद्यान्न अभावको चर्को मारमा जीवनयापन गर्न बाध्य छन् । दक्षिण गाजाको खान युनिसबाट करिमा अल–रासले भनेका छन्, ‘स्थानीय सर्वसाधारण पिठोका लागि मर्नु परिरहेको छ, हामी युद्धविरामको घोषणा होस् भन्ने आशामा छौं ।’ राष्ट्रसंघको मानवअधिकार कार्यालयले हालसम्म खाद्यान्न वितरणका क्रममा पाँच सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको उल्लेख गरेको छ । संयुक्त राष्ट्रसंघका अनुसार २१ महिना लामो यस युद्धमा गाजामा हालसम्म ५७ हजार ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् । दोहा वार्ताबाट दिगो युद्धविरामतर्फ प्रगति हुने आशा गरिएको छ । यद्यपि दुवै पक्षबीचका गम्भीर मतभेद अझै कायम रहेको बताइएको छ ।

०००
इजरायलमाथि हुथी समूहको मिसाइल हमला

साना– यमनको हुथी सशस्त्र समूहले आइतबार बिहान इजरायलमाथि ‘हाइपरसोनिक ब्यालिस्टिक मिसाइल’ हमला गरेको र त्यसलाई इजरायली रक्षा प्रणालीले रोक्न सफल भएको बताइएको छ । हुथीले प्यालेस्टिनीको समर्थन गर्दै इजरायलमाथि हमला गर्दै आएको छ ।

यमनको उत्तर भागमा सक्रिय सशस्त्र समूह हुथीले लामो समयदेखि यमनमा आफ्नो क्षेत्रीय अधिकार र राजनीतिक स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको छ । २०१४ देखि उनीहरूले यमनको राजधानी साना र अन्य धेरै भागहरू नियन्त्रणमा लिएर सरकारविरुद्ध विद्रोह गरेका हुन् । यमनमा साउदी अरेबिया नेतृत्वमा गठित गठबन्धनले हुथीलाई परास्त गर्न सैन्य हस्तक्षेप गरेपछि यमन लामो समयदेखि गृहयुद्धमा फसेको छ भने यसले गर्दा त्यहाँ गम्भीर मानवीय संकट निम्त्याएको छ ।

हुथीहरूद्वारा सञ्चालित अल–मसिराह टीभीमा प्रसारित वक्तव्यमा हुथी सेनाका प्रवक्ता याह्या सारियाले उक्त मिसाइल इजरायलको बेन गुरियन विमानस्थल लक्षित गरिएको बताएका छन् । उनले क्षेप्यास्त्र हमलाले अस्थायी रूपमा इजरायलमा हवाई उडानमा अवरोध आएको र सर्वसाधारण सुरक्षाका लागि आश्रय स्थलहरूमा गएको दाबी गरे । नोभेम्बर २०२३ देखि हुथीहरूले इजरायलमाथि आक्रमण गर्दै आएका छन् भने गाजा संकटमा उनीहरूले प्यालेस्टिनीको समर्थन गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को सहर रस अल-खैमाहमा ‘निर्णायक शक्ति’ का साथ हमला गर्ने चेतावनी दिएको छ। फारसको खाडीका दुईवटा टापुहरूको विषयमा यूएईसँग लामो समयदेखि चलिरहेको विवादलाई लिएर इरानले यस्तो धम्की दिएको हो। सरकारी सञ्चारमाध्यमका अनुसार इरानी सशस्त्र बलका प्रवक्ताले टेलिग्राममार्फत एक सन्देश जारी गर्दै चेतावनी दिएका छन्- 'अबू मुसा र ग्रेटर टुनब टापुहरूमा ...
। भारतको नयाँ दिल्लीस्थित समाचार एजेन्सी युनाइटेड न्युज अफ इन्डिया (यूएनआई) को कार्यालय ‘सिल’ गरिएको छ । समाचार एजेन्सी पीटीआईका अनुसार दिल्ली प्रहरीले शुक्रबार ‘हाई कोर्ट’ (उच्च अदालत) को आदेशभन्दै कार्यालय ‘सिल’ गरेको हो । यूएनआईका एक वरिष्ठ कर्मचारीले समाचार एजेन्सी पीटीआईसँग भने, ‘बेलुकी केन्द्र सरकारको सम्पत्ति विभागका केही कर्मचारी आए । उनीहरूले तपाईंहरूको लिज समाप्त ...
: टेस्ला र स्पेसएक्सका सीईओ एलन मस्कले सन् २०२२ मा ट्विटर किन्ने प्रक्रियाको महत्वपूर्ण अवधिमा सार्वजनिक रूपमा दिएका बयानहरूमा भ्रामक जानकारी दिएको एक जूरीले ठहर गरेको छ । सैन फ्रान्सिस्कोको संघीय अदालतमा दुई दिनको छलफलपछि जूरीले सर्वसम्मत निर्णय गर्दै मस्कविरुद्ध फैसला सुनाएको हो । उनलाई ट्विटरका लगानीकर्ताहरूको समूहले मुद्दा हालेको थियो, जसले उनका भनाइहरूमा विश्वास गरेर ...
: प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले धेरै अघिल्ला इजरायली नेताहरूले गर्न नसकेको काम गरेका छन् । उनको एउटा उपलब्धीमा अमेरिकासँग मिलेर आफ्नो क्षेत्रीय शत्रु इरानविरुद्ध खुला रूपमा लामो समयसम्म आक्रमण गर्न सहमत गराउनु हो । अहिलेसम्म ती आक्रमणहरूमा इरानमा १,४०० भन्दा बढी मानिसको मृत्यु भएको छ, जबकि इजरायली आक्रमणले लेबनानमा १,००० जनाको ज्यान लिएको छ । साथै धेरै ...
: साउदी अरेबियाले इरानलाई जवाफी कारबाही गर्ने चेतावनी दिएको छ। साउदीको पूर्वाधारमामाथि थप आक्रमण गरे आफूहरू प्रतिकारात्मक कदम चाल्न बाध्य हुने इरानलाई साउदीले सचेत गराएको हो। साउदीका विदेशमन्त्री फैसल बिन फरहान ल साउदले भने, 'हाम्रो धैर्यको पनि एक सीमा हुन्छ।' साउदी र खाडीका अन्य सहयोगी राष्ट्रहरूसँग 'पर्याप्त क्षमता' रहेको बताउँदै उनले आवश्यक परे इरानमाथि आवश्यक ...