मुख्य समाचार
राजस्व अनुसन्धान विभाग डेढ सातादेखि महानिर्देशकविहीन
राजस्व अनुसन्धान विभाग डेढ सातादेखि महानिर्देशकविहीन

— राजस्व चुहावट तथा नियन्त्रणको मुख्य जिम्मेवारी रहेको र आर्थिक कारोबारसँग प्रत्यक्ष जोडिएको राजस्व अनुसन्धान विभाग डेढ सातादेखि नेतृत्वविहीन भएको छ ।


सहसचिव तहको महानिर्देशक रहने उक्त विभाग प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत रहेको छ । विभागमा महानिर्देशक चण्डीप्रसाद घिमिरे गत साता निवृत्त भएपछि उक्त पद रिक्त रहेको हो । घिमिरे उमेर हदका कारण निवृत्त भएका थिए । उनले १० महिना विभागको नेतृत्व गरेका थिए । यसअघि तीनै सरकार परिवर्तन भएपछि ३–४ महिनामै महानिर्देशक सरुवा गरेर नयाँ व्यक्तिलाई सरुवा गरिएको थियो ।

महानिर्देशकको अनुपस्थितिमा दैनिक प्रशासनिक कामबाहेक सबै रोकिने गरेको छ । 'अहिले त हाजिर गरेर बस्नेबाहेक काम छैन,' विभागका एक अधिकारीले भने ।

राजस्व छलीका घटनाको अनुसन्धान गर्नुपर्ने र छलीको शंकामा छापा मार्न सकिने अधिकार भए पनि महानिर्देशकबिना सबै काम सम्भव छैन । उक्त विभागको कामलाई प्रभावकारी बनाउने भन्दै २०७४ फागुनमा प्रधानमन्त्री कार्यालयअन्तर्गत राखिएको थियो ।

त्यसैले सरकारको नेतृत्व फेरिनेबित्तिकै विभागमा प्रधानमन्त्रीको छनोटमा नयाँ महानिर्देशक पठाउने चलन रहेको छ । यसपटक भने जुन सरकारले घिमिरे निवृत्त भएकाले सरकार नफेरिए पनि नयाँ व्यक्ति पठाउन बाटो खुलेको हो । तर दशकयता विभागको नेतृत्व साताभन्दा बढी समयसम्म कहिल्यै रिक्त रहेको थिएन ।

महानिर्देशक प्रशासन वा राजस्व जुन समूहको पनि बनाउन सक्ने कानुनी व्यवस्था रहेको छ । स्रोतका अनुसार आफू अनुकूल पठाउने सहसचिवको खोजी भइरहेको छ । प्रधानमन्त्री सचिवालयले गृहकार्य गरिरहेको जानकारी स्रोतले दियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ...
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...