मुख्य समाचार
युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रूपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको बताए
युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रूपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको बताए

— नेपाल सरकारका आर्थिक विकास सल्लाहकार युवराज खतिवडाले कृषि क्षेत्रको विकास र रूपान्तरणका लागि विशिष्टीकृत वित्तीय संस्था आवश्यक रहेको बताएका छन् ।


साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको २४औं स्थापना दिवसका अवसरमा बोल्दै उनले कृषि क्षेत्रको विकास र विस्तारका लागि विशेष कार्य गर्नेगरी विशिष्टीकृत वित्तीय संस्थाको आवश्यकता देखिएको बताए ।

साना किसानहरूलाई कृषि, पशुपालन र आयआर्जनका कार्यमा संलग्न गराउन साना किसान विकास लघुवित्त वित्तीय संस्थाले खेलेको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गर्दै लघुवित्तले आफ्ना सदस्यहरूलाई उत्पादनमा जोड्नेगरी आफ्ना कार्यक्रम अगाडि बढाउन नसके लामो समयसम्म चल्न नसक्ने तर्क उनको थियो ।

नेपालमा कृषि र पशुपालनमार्फत गर्न सकिने उद्यम र आयआर्जनका क्षेत्रहरू धेरै रहेको स्मरण गर्दै खतिवडाले एकलभन्दा पनि अब सामूहिक उत्पादन र आम्दानीमा जोडिनुपर्नेमा जोड दिनुपर्ने बताए ।

‘नेपालको राँगा, बंगुर लगायतका मासुजन्य उत्पादनको बजार तेस्रो मुलुकमा भइसकेको छ । अब किसानहरूलाई बजारको ग्यारेन्टी गर्दै निरोगी पशुवस्तु उत्पादनमा प्रोत्साहन गर्न सके नेपाली किसानहरूको आयस्तरमा वृद्धि गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि कृषि सहकारीमार्फत सदस्यहरूलाई उत्पादन र बजारीकरणमा जोड्दै गएकोप्रति अब उत्पादनको भण्डारण, प्रोसेसिङ, प्याकेजिङ र ब्रण्डीङ गरेर आयस्तर बढाउने कार्यलाई अझै प्रभावकारी बनाउनुपर्छ ।’

कार्यक्रममा संस्थाका अध्यक्ष खेमबहादुर पाठकले संस्थागत सुशासन बढाउन नसक्दा सहकारीमा केही समस्या आएको बताए । देशव्यापी अभियान चलाइरहेको भन्दै यस क्रममा संस्थाका सञ्चालक र कर्मचारीहरूले आफ्नो जिम्मेवारीभन्दा फरक काम गरेका कारण संस्थाहरूमा समस्या सुरु भएको उनको तर्क थियो । सहकारीले समुदायको हरेक क्षेत्रमा सकारात्मक प्रभाव पार्न सक्ने भएकाले सुधार आफैंबाट गर्नुपर्ने उनले बताए ।

साना किसान विकास लघुवित्तले ७७ जिल्लाका एक हजार ७१० साझेदार संस्थामार्फत २२ लाख परिवारका ८८ लाख सदस्यमा थोक कर्जा विस्तार, क्षमता विकास, प्रविधि हस्तान्तरण युवा उद्यमीका लागि काम गर्दै आएको उनले जानकारी छ ।




यसैगरी, संस्थाले पिछडिएका डोम, चमार, मुसहर, हरिजन, धोबी, धवाल, चिडिमार, पत्थरकट, पासवान, चेपाङ, वनकरिया, राउटेलगायत जातिलाई संस्थामा आबद्ध गराएको अध्यक्ष पाठकको दाबी थियो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत शिवरामप्रसाद कोइरालाले नेतृत्व इमानदार भएका सहकारी तथा लघुवित्त संस्थामा कार्य गर्न सके कुनै समस्यासँग जुध्न नपर्ने तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ...
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...