मुख्य समाचार
मुलुकमा अर्थतन्त्र सुधारको नेतृत्व वित्त नीति (सरकार/बजेट)ले लिनुपर्ने बताए
मुलुकमा अर्थतन्त्र सुधारको नेतृत्व वित्त नीति (सरकार/बजेट)ले लिनुपर्ने बताए

— मुलुकमा अर्थतन्त्र सुधारको नेतृत्व वित्त नीति (सरकार/बजेट)ले लिनुपर्ने बताएका नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेलले बताएका छन् ।


नेपालमा विगतमा जेजस्ता राम्रा काम भएका छन् त्यस नेतृत्व वित्त नीतिले नै लिएकाले मौद्रिक लगायत अरु नीतिहरु सरकारले लिएका उद्देश्य तथा लक्ष्य प्राप्तिमा लाग्ने उनको भनाइ थियो ।

आइतबार संघीय ससंदको अर्थ समितिमा बोल्दै गभर्नर पौडेलले भने, ‘नेपालको जलविद्युत् क्षेत्रमा जुन प्रकारको विकास भएको छ, त्यो वित्त नीति वा सरकारकै कारणले भनको हो, सरकारले १० वर्षसम्म आम्दानी कर छुटगायत सुविधा दिएको छ । ती सुविधा राष्ट्र बैंकले कार्यान्वयन मात्र गरेको हो । यदि ती सुविधा नदिएको हुन्थ्यो भने यो क्षेत्र आजको अवस्थामा नआउन पनि सक्थ्यो ।’ यसकारण वित्त नीतिले नेतृत्व नलिएको बेला मौद्रिक नीतिले आफैं अघि बढ्न नसक्ने उनले प्रस्ट्याए ।

पछिल्लो एक दशका राजस्व संकलन अपेक्षित रुपमा बढ्न नसकेपनि वित्तीय प्रणालीमा रहेको पैसा बढिरहेको उनले बताए । 'पैसा छ भन्दैमा जथाभावी लगानी गर भन्ने पनि हुँदैन । धेरै वर्ग तथा समुदायलाई राज्यले सम्बोधन गर्न सकेको छैन,' उनले भने । यस्तो अवस्थामा ती सबै वर्ग र समूदायमा पुग्ने गरी नीति सन्तुलित नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनले बताए ।

‘अहिलेको अवस्थामा राष्ट बैंकले कर्जा विस्तारलाई मात्र जोड दियो भने सीमित मान्छेहरुको हातमा मात्र कर्जा केन्द्रित हुने अवस्था छ । यसले राम्रो गर्दैन । यसकारण सन्तुलित रुपमा कर्जा विस्तार हुने अवस्था सृजना गर्न जरुरी छ,’ उनले भने, ‘ऋण कसरी पछाडी परेको वर्गमा पुर्‍याउन सकिन्छ भन्ने बारेमा नीति बनाउनु पर्छ । यसमा विगतमा किसानलगायत अरु वर्गलाई पनि ऋण दिइएकै हो । तर, ऋण दिएर किसानले नयाँ बिउ उन्नत जातका बाली खेती गर उत्पादन बढाउ भनेर सिकाउन सकिएन, उनीहरुले आफैं परिवर्तन हुन चाहेनन् ।’ यसकारण ऋण दिएर मात्र उत्पादन वृद्धि र सन्तुलित विकास हुन नसक्ने गभर्नर पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ । उक्त प्रयोजनका लागि अर्थ मन्त्रालयले छनोट सम्बन्धी कार्यविधि बनाएको छ । सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो । सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन २०८३ समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याएको ...
। नेपाल राष्ट्र बैंकले नियमित कार्यालय समयमा खुद्रा नोट सटही सुविधा उपलब्ध गराएको छ । यसपालि दसैंमा केन्द्रीय बैंकले मिति तोकेर नयाँ नोट वितरण नगरी नियमित कामकै रूपमा यस्तो सेवा दिने भएको हो । केन्द्रीय बैंकले यसपालि नयाँ तथा खुद्रा नोट सटहीको औपचारिक सूचना जारी नगर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक अनुज दाहालले बताए । ‘दसैंका बेला नयाँ ...
। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्यवृद्धि भएर आएको भएपनि भोटेकोशीमा आएको असाधारण बाढीपहिरोका कारण सिर्जित परिस्थिति, आउँदै गरेका चाडपर्व तथा उपभोक्ताको हितलाई हेरेर मूल्य यथावत् राखेको निगमले जनाएको छ । निगमका विज्ञप्तिअनुसार यसरी पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्दा निगमलाई पाक्षिक ३ अर्ब २० करोड ३८ लाख घाटा हुने ...
। नेपाल एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को उपाध्यक्ष पदमा चयन भएको छ । कतारको राजधानी दोहामा जारी बैंकको गभर्नर परिषद्को ११औँ वार्षिक बैठकको अवसरमा नेपाललाई आगामी वर्षका लागि गैर–क्षेत्रीय सदस्य मुलुकतर्फको उपाध्यक्ष पदमा चयन गरिएको हो । एआईआईबीको संगठनात्मक संरचनाअनुसार एक जना अध्यक्ष तथा क्षेत्रीय र गैर–क्षेत्रीय सदस्य मुलुकहरूबाट उपाध्यक्ष रहने प्रावधान छ । यस ...
: नेपाल राष्ट्र बैंकले १ हजार रुपैयाँ दरको नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ। राष्ट्र बैंकले साविककै आकारमा रङमा परिवर्तन गरेर नयाँ विशेषतासहितको ‘सिरिज २०२५’ को १ हजार रुपैयाँको नोट चलनचल्तीमा ल्याएको जनाएको छ। एक सूचना जारी गर्दै राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागले आजदेखि नयाँ नोट चलनचल्तीमा आउने जानकारी दिएको छ। नयाँ नोटमा बैजनी रङको ...