मुख्य समाचार
युनेस्को बैठकमा भाग लिन पर्यटनमन्त्री पाण्डे नेतृत्वको टोली फ्रान्स प्रस्थान
युनेस्को बैठकमा भाग लिन पर्यटनमन्त्री पाण्डे नेतृत्वको टोली फ्रान्स प्रस्थान

— बुद्ध जन्मस्थल लुम्बिनी र शाक्यवंशीय राजधानी तिलौराकोट (प्राचीन कपिलवस्तु)का बारेमा हुने युनेस्को बैठकमा भाग लिन संस्कृतिमन्त्री बद्रीप्रसाद पाण्डे नेतृत्वको नेपाली प्रतिनिधि मण्डल सोमबार फ्रान्स प्रस्थान गरेको छ।


फ्रान्सको पेरिसमा हुने ४७ औं सेसनमा लुम्बिनीलाई खतराको सूचीबाट जोगाउने र राजकुमार सिद्धार्थले २९ वर्षको युवावस्था बिताएको शाक्य गणराज्यको राजधानी सहर तिलौराकोट दरबार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउने विषयमा छलफल हुनेछ ।

सुरुमा जुलाई ९ र १० मा लुम्बिनी र जुलाई ११ र १२ तिलौराकोटका विषयमा छलफल हुने बताइएको छ। सेसनमा सहभागी हुन संस्कृति मन्त्री पाण्डे सहित लुम्बिनी विकास कोष उपाध्यक्ष ल्याहारक्याल लामा, कोषका वरिष्ठ निर्देशक ज्ञानीन राई, संस्कृति मन्त्रालयका सहसचिव र पुरातत्व विभागका अधिकारी फ्रान्स गएका हुन् ।

यसअघि कपिलवस्तुको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न सरकारका तर्फबाट अन्तिम मनोनयन दस्तावेज र लुम्बिनीका विषयमा स्टेट आफ कन्जरभेसन रिपोर्ट (एसओसी) पेस भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— रास्वपाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ अफ पिरियड’ सम्बन्धी प्रावधानमा गरिएको छलछाममाथि छानबिन गर्न बन्ने संसदीय समितिको नेतृत्व कांग्रेसलाई दिन नहुने अडान लिएको छ । सोमबार जारी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समिति बैठकमा छानबिन समितिको नेतृत्व कांग्रेस महामन्त्रीसमेत रहेका सांसद जीवन परियारलाई दिने प्रस्ताव आएपछि रास्वपाले विमति जनाएको हो । रास्वपा प्रमुख सचेतक सन्तोष परियारले ...
— नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले समावेशी समानुपातिकताको मूल्य उल्लङ्घन भएको भन्दै संसदीय समिति बैठक बहिष्कार गरिएको बताएका छन्। माओवादी केन्द्रले सोमबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठक बहिष्कार गरेको हो। बैठक बहिष्कारसँगै सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले न्याय परिषद्ले संविधानको मूल्य मान्यता विपरीत न्यायाधीश नियुक्ति गरेको आरोप लगाए। कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार ...
— प्रधानमन्त्री केपी शर्मा ओलीले राम नेपालमै जन्मिएको भन्दै प्रचार गर्न डराउनु नपर्ने बताएका छन्। सोमबार काठमाडौंमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुनः यस्तो दाबी गरेका हुन्। यसअघि पनि पटक पटक प्रधानमन्त्री ओलीले भगवान् श्रीरामको जन्मभूमि चितवनका माडीस्थित ठोरीमा भएको दाबी गरेका थिए। कसैले त्यत्तिकै कथा हालेर रामको ...
— काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले संविधान र कानूनले तोकेको परिधिभित्र रहेर, खुला छलफल गरी संयमित भई बजेट ल्याउने प्रक्रियामा सहभागी हुन सबै जनप्रतिनिधिलाई अपिल गरेकी छन् । आज सामाजिक सञ्जालमा एक सन्देश सार्वजनिक गर्दै उनले यस्तो अपिल गरेकी हुन् । ‘म सबै जनप्रतिनिधि साथीहरूलाई आग्रह गर्न चाहन्छु कि हामीले संविधान र कानूनले तोकेको परिधिभित्र ...
— बर्दिबासमा ट्रकमा अटो ठोक्किँदा एकजनाको मृत्यु भएको छ । महोत्तरीको बर्दिबास नगरपालिका–३ स्मृतिपार्कस्थित सडकमा ना६ख २२५१ नम्बरको ट्रकमा प्र.२–०२–००१ ह ०२८३ नम्बरको अटो ठोक्किएर दुर्घटना हुँदा अटोमा सवार भारत मोतियारी जानपुर–४ का ५५ वर्षीय श्रीपुजन गुप्ताको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बर्दिबासका अनुसार गम्भीर घाइते भएका उनको जनसेवा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ...