— असारको तेस्रो साता बितिसक्दा खोटाङमा ५६.९८ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। दश हजार १८ हेक्टर धान खेतीयोग्य जमिनमध्ये पाँच हजार सात सय ८ हेक्टरमा धान रोपिएको हो ।
कृषि ज्ञान केन्द्र खोटाङका सहायक बागवानी विकास अधिकृत रवीन राईका अनुसार शनिबारसम्ममा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ६५ प्रतिशत, हलेसी तुवाचुङ नगरपालिकामा ७० प्रतिशत, जन्तेढुङ्गा गाउँपालिकामा ५० प्रतिशत, बाराहापोखरी गाउँपालिकामा ६० प्रतिशत, खोटेहाङ गाउँपालिकामा ४५ प्रतिशत धान रोपाइँ भएको छ ।
त्यस्तै दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ६५ प्रतिशत, साकेला गाउँपालिकामा ६५ प्रतिशत, रावाबेसी गाउँपालिकामा २५ प्रतिशत, केपिलासगढी गाउँपालिकामा ८५ प्रतिशत र ऐसेलुखर्क गाउँपालिकामा ४० प्रतिशत रोपाइँ भएको छ । मनसुनका कारण गत वर्षको तुलनामा यो वर्ष छिटो धान रोपिएको राईले बताए । ‘गत वर्ष यो बेलासम्म ३७.७७ प्रतिशत मात्र धान रोपाइँ भएको थियो,' उनले भने।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकामा ३५ सय हेक्टरमा, हलेसी तुवाचुङ नगरपालिकामा एक सय २० हेक्टर, जन्तेढुङ्गा गाउँपालिकामा दुई सय ४०.९६ हेक्टर, बाराहापोखरी गाउँपालिकामा ६ सय ५७ हेक्टर, खोटेहाङ गाउँपालिकामा १२ सय हेक्टर, दिप्रुङ चुइचुम्मा गाउापालिकाम १२ हेक्टर, साकेला गाउँपालिकामा ८ सय हेक्टर, रावाबेसी गाउँपालिकामा आठ सय ५० हेक्टर, केपिलासगढी गाउँपालिकामा सात सय ५० हेक्टर र ऐसेलुखर्क गाउँपालिकामा एक हजार हेक्टरमा धान खेती गरिन्छ ।