मुख्य समाचार
इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण
इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण

— इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् ।


शनिबार मध्यरातीबाट गरिएको आक्रमण आइतबार बिहानसम्म चलेको थियो । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हुथी समूहले इजरायल लक्षित गरेर तीनवटा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको र तीमध्ये एक मिसाइल निष्तेज पारिएको बताएको छ । इजरायली सेनाले हुथी विद्रोही समुहले जहाजमा राडार प्रणाली जडान गरेर रेड सी (लाल सागर) हुँदै यात्रा गर्ने जहाजहरुलाइ ट्रयाकिङ गर्दै आएको दाबी गर्दै आएको छ । सीएनएनका अनुसार हुथी सेनाले पनि इजरायली आक्रमण भएको पुष्टि गर्दै हवाइ रक्षा प्रणालीले निष्तेज पारेको दाबी गरेको उल्लेख गरेको छ । एसोसिसएट प्रेसका अनुसार हुथी विद्रोहीले लाल सागर हुँदै अघि बढिरहेको ग्रीक स्वमित्वको जहाजमाथि आक्रमण गरेपछि यो इजरायली आक्रमण भएको उल्लेख गरेको छ । अफ्रिका र मध्यपूर्वबीचमा फैलिएको रेड सीले हिन्द महासागरलाई स्वेज नहर र भूमध्य सागरसँग जोड्छ । २२५० किमि लामो र ३५५ किमि चौडा रेड सीको दक्षिणमा हिन्द महासागर र उत्तरमा स्वेज नहर र भूमध्य सागर छ। यो एसिया र युरोपबीचको सबैभन्दा छोटो समुद्री बाटो पनि हो।

इजिप्ट, साउदी अरब, यमन, सुडान, इरिट्रिया र जिबोटीको सीमा जोडिएको रेड सीको क्षेत्रफल ४ लाख ३८ हजार वर्गकिमि छ। युरोप र एसियाबीच सामानहरू ढुवानीका लागि प्रयोग हुने विश्वको एक प्रमुख जलमार्ग भएकाले पनि हुथीहरुले यहाँ कायम राखेको गतिविधीमाथि संसारको चासो छ ।

एसाेसिएट प्रेसले हुथी विद्रोहीले लाल सागर हुँदै अघि बढेको कार्गो जहाज लक्षित आक्रमण गरेपछि पछिल्लो इजरायली आक्रमण भएको उल्लेख गरेको छ । एसोसिएट प्रेसले हुथीहरुको पछिल्लो आक्रमणले अमेरिका र पश्चिमा शक्तीलाइ चासोको विषय हुनसक्ने उल्लेख गरेको छ ।

गत अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि नै यमनका हुथी विद्रोहीहरू इजरायल र उसका निकट सहयोगी अमेरिका, यूकेलगायतका पश्चिमा मुलुकप्रति आक्रामक देखिएका थिए । नोभेम्बर १४ मा पहिलो पटक हुथी समूहका नेता अब्दुलले रेड सी भएर जाने इजरायली जहाजहरूलाई रोकिदिने घोषणा गरेका थिए ।

त्यसलगत्तै नोभेम्बर १९ मा हुथीहरूले इजरायलको स्वामित्वमा रहेको ग्यालेक्सी लिडर नामक कार्गो जहाजलाई रेड सीमै सैन्य हेलिकोप्टर प्रयोग गरी आक्रमण गरेर कब्जामा लिए । त्यो बेला २२ जनालाई बन्धकसमेत बनाएका थिए । यो घटना पछि इजरायल र हुथी विच दुरी बढदै आएको छ । हुथी विद्रोहीले लाल सागर हुँदै अघि बढेका अमेरिकी कार्गो जहाजमाथि पनि बेला बखत आक्रमण गर्दै आएका थिए । यसकै प्रतिक्रियामा गत बैशाखमा अमेरिकी सेनाले यमनमा ८ सयभन्दा अधिक हुथी विद्रोही क्षेत्रलाई निशाना बनाएर हवाइ आक्रमण गरेको थियो । यमनको उत्तर–पश्चिमी भेगको अल्पसंख्यक जैदी (सिया मुस्लिमअन्तर्गत) को सम्प्रदायका हुसैन अल–हुथीले १९९० को दशकमा ‘अन्सर अल्लाह’ स्थापना गरेका थिए। यमनको सशस्त्र राजनीतिक तथा विद्रोही समूह अन्सर अल्लाहले हुसैनको नेतृत्वमा उत्तरी यमनस्थित आफ्नो क्षेत्रको स्वतन्त्रताका लागि युद्ध लडेका थिए। २००४ मा युद्धका क्रममा हुसैन मारिएपछि अन्सर अल्लाहको नाम ‘हुथी’ राखिएको हो। हाल यो समूहको नेता अब्दुल मलिक अल–हुथी हुसैनका भाइ हुन्। २०२३ मा अक्टोबरमा इजरायल गाँजामा हमाससँग लडाइमा होमीएसँगै हुथी विद्रोही र लेबनानस्थित हिजबुल्लाह समुहले इजरायमाथि आक्रमण गर्दै आएका छन् । रोयटर्सका अनुसार पछिल्लो एक महिना यता इजरायलले हुथी लक्षित आक्रमण गरेको थिएन् । इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटन जाँदै गर्दाको पृष्ठभूमीमा पछिल्लो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...