मुख्य समाचार
इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण
इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण

— इजरायलले यमनका हुथी विद्रोही नियन्त्रित तीन बन्दरगाह र एक पावर प्लान्टमाथि आक्रमण गरेको छ। इजरायली रक्षामन्त्री इजरायल काट्जले हुथी लक्षित आक्रमण गरिएको र हुथीहरुले इजरायल लक्षित ड्रोन र ब्यालेस्टिक मिसाइल प्रहार जारी राखेमा ठुलो मुल्य चुकाउनुपर्ने बताएका छन् ।


शनिबार मध्यरातीबाट गरिएको आक्रमण आइतबार बिहानसम्म चलेको थियो । इजरायली डिफेन्स फोर्स (आइडिएफ)ले हुथी समूहले इजरायल लक्षित गरेर तीनवटा ब्यालेस्टिक मिसाइल आक्रमण गरेको र तीमध्ये एक मिसाइल निष्तेज पारिएको बताएको छ । इजरायली सेनाले हुथी विद्रोही समुहले जहाजमा राडार प्रणाली जडान गरेर रेड सी (लाल सागर) हुँदै यात्रा गर्ने जहाजहरुलाइ ट्रयाकिङ गर्दै आएको दाबी गर्दै आएको छ । सीएनएनका अनुसार हुथी सेनाले पनि इजरायली आक्रमण भएको पुष्टि गर्दै हवाइ रक्षा प्रणालीले निष्तेज पारेको दाबी गरेको उल्लेख गरेको छ । एसोसिसएट प्रेसका अनुसार हुथी विद्रोहीले लाल सागर हुँदै अघि बढिरहेको ग्रीक स्वमित्वको जहाजमाथि आक्रमण गरेपछि यो इजरायली आक्रमण भएको उल्लेख गरेको छ । अफ्रिका र मध्यपूर्वबीचमा फैलिएको रेड सीले हिन्द महासागरलाई स्वेज नहर र भूमध्य सागरसँग जोड्छ । २२५० किमि लामो र ३५५ किमि चौडा रेड सीको दक्षिणमा हिन्द महासागर र उत्तरमा स्वेज नहर र भूमध्य सागर छ। यो एसिया र युरोपबीचको सबैभन्दा छोटो समुद्री बाटो पनि हो।

इजिप्ट, साउदी अरब, यमन, सुडान, इरिट्रिया र जिबोटीको सीमा जोडिएको रेड सीको क्षेत्रफल ४ लाख ३८ हजार वर्गकिमि छ। युरोप र एसियाबीच सामानहरू ढुवानीका लागि प्रयोग हुने विश्वको एक प्रमुख जलमार्ग भएकाले पनि हुथीहरुले यहाँ कायम राखेको गतिविधीमाथि संसारको चासो छ ।

एसाेसिएट प्रेसले हुथी विद्रोहीले लाल सागर हुँदै अघि बढेको कार्गो जहाज लक्षित आक्रमण गरेपछि पछिल्लो इजरायली आक्रमण भएको उल्लेख गरेको छ । एसोसिएट प्रेसले हुथीहरुको पछिल्लो आक्रमणले अमेरिका र पश्चिमा शक्तीलाइ चासोको विषय हुनसक्ने उल्लेख गरेको छ ।

गत अक्टोबरमा इजरायल–हमास द्वन्द्व सुरु भएदेखि नै यमनका हुथी विद्रोहीहरू इजरायल र उसका निकट सहयोगी अमेरिका, यूकेलगायतका पश्चिमा मुलुकप्रति आक्रामक देखिएका थिए । नोभेम्बर १४ मा पहिलो पटक हुथी समूहका नेता अब्दुलले रेड सी भएर जाने इजरायली जहाजहरूलाई रोकिदिने घोषणा गरेका थिए ।

त्यसलगत्तै नोभेम्बर १९ मा हुथीहरूले इजरायलको स्वामित्वमा रहेको ग्यालेक्सी लिडर नामक कार्गो जहाजलाई रेड सीमै सैन्य हेलिकोप्टर प्रयोग गरी आक्रमण गरेर कब्जामा लिए । त्यो बेला २२ जनालाई बन्धकसमेत बनाएका थिए । यो घटना पछि इजरायल र हुथी विच दुरी बढदै आएको छ । हुथी विद्रोहीले लाल सागर हुँदै अघि बढेका अमेरिकी कार्गो जहाजमाथि पनि बेला बखत आक्रमण गर्दै आएका थिए । यसकै प्रतिक्रियामा गत बैशाखमा अमेरिकी सेनाले यमनमा ८ सयभन्दा अधिक हुथी विद्रोही क्षेत्रलाई निशाना बनाएर हवाइ आक्रमण गरेको थियो । यमनको उत्तर–पश्चिमी भेगको अल्पसंख्यक जैदी (सिया मुस्लिमअन्तर्गत) को सम्प्रदायका हुसैन अल–हुथीले १९९० को दशकमा ‘अन्सर अल्लाह’ स्थापना गरेका थिए। यमनको सशस्त्र राजनीतिक तथा विद्रोही समूह अन्सर अल्लाहले हुसैनको नेतृत्वमा उत्तरी यमनस्थित आफ्नो क्षेत्रको स्वतन्त्रताका लागि युद्ध लडेका थिए। २००४ मा युद्धका क्रममा हुसैन मारिएपछि अन्सर अल्लाहको नाम ‘हुथी’ राखिएको हो। हाल यो समूहको नेता अब्दुल मलिक अल–हुथी हुसैनका भाइ हुन्। २०२३ मा अक्टोबरमा इजरायल गाँजामा हमाससँग लडाइमा होमीएसँगै हुथी विद्रोही र लेबनानस्थित हिजबुल्लाह समुहले इजरायमाथि आक्रमण गर्दै आएका छन् । रोयटर्सका अनुसार पछिल्लो एक महिना यता इजरायलले हुथी लक्षित आक्रमण गरेको थिएन् । इजरायली राष्ट्रपति बेन्जामिन नेतन्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटन जाँदै गर्दाको पृष्ठभूमीमा पछिल्लो घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम