मुख्य समाचार
दाङमा बाघको छालासहित तीनजना पक्राउ
दाङमा बाघको छालासहित तीनजना पक्राउ

: दाङमा बाघको छालासहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले दाङमा बाघको छालासहित तीनजना पक्राउ परेको सार्वजनिक गरेको हो। दाङको गढवा गाउँपालिका–६ खवरी गाउँबाट वन्यजन्तु बाघको छाला (ओखेटोपहार)सहित तीनजना व्यक्ति पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लमहीको टोलीले विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ।



सूचनाको आधारमा प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा खटिएको टोलीले असार २२ गते बिहान २ बजे विक्रम बुढामगरको घरमा छापा मार्दा शंकास्पद गतिविधि देखिएको र सो क्रममा शिरदेखि पुच्छरसम्म ९ फिट २ इञ्च लम्बाइ र ३ फिट २ इञ्च चौडाइ भएको पाटे बाघको छाला लुकाइ राखिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।



बरामद गरिएको बाघको छाला रातो रंगको प्लास्टिकको झोलामा हालेर घरको माथिल्लो तलामा लुकाइएको थियो। यस क्रममा बिक्रम बुढामगरसँगै संलग्न रहेका दुई अन्य व्यक्तिहरू पनि पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा केशव राज सेन ,बिक्रम बुढामगर र अनिल थारु रहेका छन् ।




यी तीनैजनामाथि वन्यजन्तु संरक्षण ऐनअन्तर्गत आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ। बाघजस्तो संरक्षित वन्यजन्तुको अंगको अवैध कारोबार नेपालको कानुन अनुसार गम्भीर अपराध मानिन्छ र दोषी ठहर भएमा कडा सजायको व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई प्रतिपक्षी दलले बैठक बहिष्कार गरेका छन् । निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसदले उठेर विरोध जनाएका थिए । सभामुख घिमिरेले रास्वपा सांसद मनीष झालाई ...
— चिनियाँ प्राविधिक टोलीले चक्रपथ दोस्रो खण्ड सर्भे सकेको छ । साढे दुई महिना लगाएर सर्भे सकिएको सडक विभागले जनाएको छ । यसका लागि प्राविधिक टोली गत ६ वैशाखमा नेपाल आएको थियो । टोलीले कलंकीदेखि वसुन्धरा कल्भर्टसम्मको ८.२ किलोमिटरमा सर्भे गरेको छ । प्राविधिक टोली चीन फर्किएको तीन महिनाभित्र डिजाइन रिपोर्ट आउने विभागको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनप्रसाद ...
— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद दीपक सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति गठन नगरेसम्म पार्टीको आन्दोलन जारी रहने बताएका छन् । प्रतिनिधिसभाको सोमवारको बैठकमा बोल्दै सांसद सिंहले भिजिट भिसा दुरुपयोग प्रकरणको छानबिनका लागि संसदीय छानबिन समिति गठन नभएसम्म राप्रपाले संसद् बहिष्कार गर्ने बताए । उनले सरकारले दुई तिहाइको आडमा सदन चलाउन खोजिएको भन्दै ...
— लमजुङ प्रहरीले सुन्दरबजार नगरपालिका–९, पैरेबाट तीन जना युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भोटेओडारबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरे पनि पक्राउ गरेको स्थानबारे प्रहरीले पूर्ण रुपमा खुलाएको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजकिशोर साह तेलीका अनुसार सुन्दरबजार नगरपालिका–९ का २८ वर्षीय किसान गुरुङ, वर्ष ३० का रोशन गुरुङ र ...
— राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले संघीय निजामती विधेयकमा 'कुलिङ अफ पिरियड'को व्यवस्थामा हेरफेर गरेर संसदीय अभ्यासमा कलङ्कित कथा बुनिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद झाले विधेयकको सबैभन्दा गम्भीर र महत्त्वपूर्ण व्यवस्थामै छेडखानी गरेर सांसदहरूलाई नै ठग्ने काम भएको बताए । उनले कुलिङ अफ पिरियड व्यवस्थामा हेरफेर सन्दर्भमा गठित छानबिन समितिको ...