मुख्य समाचार
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताए
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताए

: नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताएका छन्।



आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सबै क्षेत्र वर्ग समुदायलाई समेट्दै माथि उठाउने गरी आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका हुन्।



उनले बैंकहरूले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न नसकेको उल्लेख गर्दै यस प्रकारका समस्यालाई मौद्रिक नीतिबाट समाधान गरिने स्पष्ट पारे। गभर्नर पौडेलले तरलता बढिरहेको अवस्थामा त्यसलाई लगानी क्षेत्र पहिचान गर्दै परिचालन गर्नुपर्ने बताए। उनले वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउने समेत धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशमा केही पनि हुँदैन भन्ने नकारात्मक भाष्य चिर्न आवश्यक रहेको बताएका छन् । आज महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा बोल्दै अध्यक्ष ढकालले अहिलेको समयमा मुलुकमा व्यप्त रहेको त्यो नकारात्मक भाष्य चिर्न जरुरी रहेको बताए । नेपालमा लगानी गर्न सकिन्छ । लगानीका धेरै अवसर छन् भनेरै महासंघको ...
— सरकार निजी क्षेत्रको साझेदार भएकाले सहकार्य अत्यावश्यक रहेको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन् । आफूले अर्थ मन्त्रालयको नेतृत्व लिएको भोलिपल्टै मेरो संवाद निजी क्षेत्रबाटै भएको पनि उनले बताए । निजी क्षेत्रसँग सहकार्य र छलफल निरन्तर चलिरहेको र त्यही क्रममा आजको ११औं छलफल भएको उनले बताए । शनिबार महासंघले आयोजना गरेको राष्ट्रिय आर्थिक बहस २.० मा ...
— अर्थमन्त्री रामेश्वर खनालले वीरगन्ज–पथलैया औद्योगिक करिडोरको अवधारणा सफल बनाउन आफू वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघले शुक्रबार वीरगन्जमा आयोजना गरेको उद्योगी–व्यवसायीसँगको छलफल तथा भेटघाट कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘वीरगन्ज–पथलैया औद्योगिक करिडोर स्थापना गर्न वीरगन्ज उद्योग वाणिज्य संघसँग सहकार्य गर्न अर्थ मन्त्रालय तयार छ,’ उनले ...
। नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की)ले अर्थमन्त्री रामेश्वर खनाललाई ‘विदेशी लगानीकर्ता परिषद्’ गठन गर्न सुझाव दिएको छ। निक्कीका अध्यक्ष सुनिल केसीले आज अर्थमन्त्री खनालसँग भेटवार्ता गर्दै नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्यालाई मध्यनजर गर्दै विदेशी लगानीकर्ता परिषद् गठन गर्न सुझाव दिएका हुन्। उनका अनुसार नेपालमा रहेका भारतीयलगायत सबै बहुराष्ट्रिय कम्पनीहरूले भोगिरहेका समस्या तथा जटिलता एवं ...
। कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तीन अर्ब दुई करोड ७३ लाख ३८ हजार राजस्व संकलन गरेको छ। भन्सार प्रमुख रमेश खड्काका अनुसार बितेका तीन महिनामा एक हजार ४९८ वटा विद्युतीय सवारीसाधनका साथै ६७१ वटा मालबाहक कन्टेनरबाट सामान आयात भएको छ। यो नाकाबाट २८ वटा मालबाहक सवारीसाधनले स्वदेशी उत्पादन चीनको स्वशासित क्षेत्र ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम