मुख्य समाचार
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताए
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताए

: नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आगामी मौद्रिक नीति आर्थिक क्षेत्रको दिगो विकासमा केन्द्रित हुने बताएका छन्।



आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौंमा आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर पौडेलले सबै क्षेत्र वर्ग समुदायलाई समेट्दै माथि उठाउने गरी आर्थिक क्षेत्रको दिगो विकासका लागि आगामी मौद्रिक नीति केन्द्रित हुने बताएका हुन्।



उनले बैंकहरूले ग्रामीण क्षेत्रमा पर्याप्त ऋण प्रवाह गर्न नसकेको उल्लेख गर्दै यस प्रकारका समस्यालाई मौद्रिक नीतिबाट समाधान गरिने स्पष्ट पारे। गभर्नर पौडेलले तरलता बढिरहेको अवस्थामा त्यसलाई लगानी क्षेत्र पहिचान गर्दै परिचालन गर्नुपर्ने बताए। उनले वित्त नीतिसँग समन्वय गर्दै मौद्रिक नीतिलाई अघि बढाउने समेत धारणा राखे।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: भारततर्फको निर्यातमा सिर्जित अवरोधका कारण विगत १० दिनदेखि ठप्प रहेका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका विद्यमान समस्याहरूलाई गम्भीरतापूर्वक लिँदै यथाशीघ्र कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरू उद्योग खोल्न सहमत भएका हुन्। नेपालबाट भारत निर्यात गरिने तयारी चियालाई भारतीय पक्षले प्रयोगशाला परीक्षणको बहानामा अवरोध पु¥याएपछि करिब ३ ...
। चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालले करिब ३८ अर्ब रुपैयाँ बराबरको धानचामल आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आव साउनदेखि जेठसम्म ३७ अर्ब ८३ करोड ९२ लाख रुपैयाँ बराबरको ७ लाख ११ हजार ५ सय २० टन धानचामल आयात भएको हो । गत आव २०८१/८२ सोही अवधिको तुलनामा समग्र धानचामल आयात ...
। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक एक घण्टामा सेयर बजार सूचक के हुन्छ भनेर नहेर्ने तर नीतिगत व्यवस्थामा काम गर्ने प्रतिवद्धता जनाएका छन् । संघीय संसदको प्रतिनिधि सभामा बोल्दै मन्त्री वाग्लेले तत्कालको प्रभाव हेर्ने भन्दा पनि दीर्घकालीन नीतिहरूमा काम गरिरहेको बताएका हुन् । ‘एक एक घन्टाको अन्तरमा पूँजी बजार सूचक तल जान्छ कि माथि भनेर हेर्दैनौँ,’ ...
। नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि गर्न दक्षिण कोरिया सरकारले झण्डै दुई अर्ब रुपैयाँ बराबर अनुदान सहयोग उपलब्ध गराउने भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) र नेपालका तर्फबाट कृषि, वन तथा वातावरण मन्त्रालयबीच नेपालको तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन र उत्पादकत्व वृद्धि नामक परियोजना कार्यान्वयनका लागि हस्ताक्षर भएको ...
। राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिले चिया किसान तथा चिया बगानमा कार्यरत श्रमिकहरूको समस्या तत्काल समाधान गर्न सरकारलाई निर्देशन दिएको छ । बिहीबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो । समिति सभापति कृष्णप्रसाद पौडेलले चिया क्षेत्रका देखिएका समस्यालाई तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराए । चिया किसान र श्रमिकका समस्या समाधानसँगै अलैँची, सुपारी, बेसार, ...