: सुन चोरीको आरोपमा वालिङ नगरपालिकाबाट २ जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक र चापाकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका बस्ने ३४ वर्षीया दीपा क्षेत्री रहेका छन्।
आरोपितका साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए।
वालिङ नगरपालिका-६ स्थित थानकुमारी पाण्डेको घरबाट असार १७ गते चोरी गरेको प्रहरीको भनाई छ। पाण्डेको घरबाट अन्दाजी आधा तोला बराबरको सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान चोरी भएको सूचनाको आधारमा दुई जनालाई बिहीबार पक्राउ गरेको हो।
उनीहरूलाई शुक्रबार स्याङ्जा जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।