मुख्य समाचार
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन
गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन

: गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिका-१२ स्थित महाकाली नदीमा निर्माणाधीन बाँधको स्थलगत अनुगमन गरेका छन्। आइतबार बाँधको स्थलगत अवलोकन गर्दै उनले महाकाली नदी किनारका बस्ती जोगाउनका लागि सरकारले विशेष निर्णय गरेर मनसुनअघि नै बाँध निमार्ण सम्पन्न गरिसक्ने गरि नेपाली सेनालाई जिम्मा दिएको बताए।



'महाकाली किनारका बस्ती बाढीको जोखिममा परेपछि ती बस्ती जोगाउनका लागि गृहमन्त्रालयले विशेष निर्णय गरेर बाँध बनाउने जिम्मा सेनालाई दिएको हो,'मन्त्री लेखकले भने,'यहाँ बजेट अभावले बाँध निर्माणको काम रोकिँदैन यहाँका बस्ती जोगाउनका लागि सरकारले चाहिने जति बजेट दिन्छ ।'







गत वर्ष महाकालीको बाढीले दुई सय ६० मिटर बाँध भत्काएपछि महाकाली नदी बस्ती तर्फ सोझिएको थियो । भीमदत्त नगरपालिका र दोधारा चाँदनी नगरपालिकाका विभिन्न बस्ती बाढीको जोखिममा परेपछि सरकारले उक्त क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको हो । 'बाढीले महाकाली नदीमा बनेको चार लेन पुल र बस्ती नै जाखिममा परेपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको गरेर सेनालाई जिम्मा दिएका हौं,' उनले भने,'सेनाले यहाँको बाढीको समस्या स्थानीय रुपमा निराकरण हुने गरि काम गरिरहेको छ ।'
उनले नदी नियन्त्रण तथा संरक्षणका लागि सरकारले विशेष प्राथमिकतामा राखेर बाँध निर्माण कार्य अघि बढाएको बताए । अवलोकनका क्रममा उनले निर्माण कार्यमा संलग्न टोलीलाई निर्धारित समयमै गुणस्तरीय निर्माण सम्पन्न गर्न समेत निर्देशन दिए।

यसैगरी गृहमन्त्री लेखकले कञ्चनपुरको दोधारा चाँदनीस्थित बन्ने सुख्खा बन्दरगाह शिलान्यासको काम छिट्टै हुने बताएका छन्। आइतबार सुख्खा बन्दरगाह निर्माण स्थलको स्थलगत अवलोकन गर्दै उनले सुख्खा बन्दरगाहको शिलान्याश छिट्टै हुने बताए । 'बन्दरगाह निर्माणका लागि ठेक्का स्वीकृत भइसकेको छ। अब छिट्टै शिलान्यास हुन्छ,'गृहमन्त्री लेखकले भने,'शिलान्याश कुन लेवलमा कसरी गर्ने भन्ने छलफल भइरहेको छ छिट्टै निमार्ण सुरु भएर तीन वर्षभित्र बनिसक्छ ।'

बन्दरगाह निर्माणका लागि दोधारा चाँदनी नगरपालिका—१ स्थित मायापुरी सामुदायिक वनको ४१ हेक्टर जग्गामा एक हजार पाँच सय ९३ रुख कटान सम्पन्न गरिसकेका छन् । भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण हुने सुख्खा बन्दरगाहका लागि नेपाल सरकार र भारत सरकार बीच जुन १,२०२३ मा समझदारी पत्रमा हस्ताक्षर भएको थियो । सोही सम्झौता अनुसार दुबै तर्फबाट निर्माण तयारी भइरहेको हो । भारतीय पक्षले बन्दरगाह निर्माणका लागि दुई अर्ब ५४ करोड ३१ लख ९९ हजार भारतीय रुपैयाँ लागतमा टेन्डर आह्वान गरेर निर्माण कम्पनी छनौट गरिसकेको छ ।

बन्दरगाह निर्माणका लागि प्रयोग हुने ४२.३६ हेक्टर क्षेत्रफलमा दुई वटा गोदाम भवन,भन्सार चेक जाँच भवन, क्वारेन्टाइन भवन, इमिग्रेसन भवन,सुरक्षा भवनलगायतका पूर्वाधार निर्माण हुने इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

नेपालले सुक्खा बन्दरगाहसम्मको छ लेनको पहुँच मार्ग र महाकाली नदीमा चार लेनको पक्की पुल सञ्चालनमा आइसकेको छ। भारत बन्दरगाहसम्मको पहुँचमार्ग निर्माण गरिरहेको छ । सुख्खा बन्दरगाह निर्माणसँगै पश्चिमी नाका सञ्चालनमा आए सुदूरपश्चिम विकासको सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दाङमा बाघको छालासहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले दाङमा बाघको छालासहित तीनजना पक्राउ परेको सार्वजनिक गरेको हो। दाङको गढवा गाउँपालिका–६ खवरी गाउँबाट वन्यजन्तु बाघको छाला (ओखेटोपहार)सहित तीनजना व्यक्ति पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लमहीको टोलीले विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ। सूचनाको ...
: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजूका कारण मुलुक आर्थिक रुपमा समस्यामा पर्ने देखिएकाले ऐन कामको पूर्ण पालन गर्नुपर्ने बताएका हुन्। वित्तीय सुशासन, ...
: झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। सर्पले डस्दा कमल गाउँपालिका- ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो। गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो। उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए। बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत ...
। वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ । ६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । ‘उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, थप के–केमा क्षति भयो भन्ने त्यसपछि थाहा हुन्छ’ ...
: सुन चोरीको आरोपमा वालिङ नगरपालिकाबाट २ जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक र चापाकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका बस्ने ३४ वर्षीया दीपा क्षेत्री रहेका छन्। आरोपितका साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए। वालिङ नगरपालिका-६ स्थित ...