मुख्य समाचार
हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्
हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्

: हिज्बुल्लाहका महासचिव शेख नायी कासिमले इजरायलको अगाडि कहिल्यै नझुक्ने बताएका छन्। उनले इजरायलसँग सम्बन्ध सामान्यीकरण गर्नु भनेको शत्रुसँग सम्झौता गर्नु र अपमान गर्नु रहेको बताएका हुन्।



कासिमले भने,‘हामी यसको कब्जालाई वैध बनाउने प्रक्रियाको हिस्सा हुने छैनौँ। लेबनानका जनताले कहिल्यै इजरायलको अगाडि आत्मसमर्पण गर्नेछैनन् र यो अपमान सहन पनि सक्दैनन्।’



हिज्बुल्लाहको यो घोषणासँगै इजरायलसँग युद्धविराम गर्ने प्रयासमा ठुलो धक्का लाग्न सक्ने जनाइएको छ।




कासिमले इजरायलसँगको कुनै पनि प्रकारको सम्झौता प्यालेस्टिनी संघर्षका लागि विश्वासघात हुने बताए। उनले आफ्नो संगठनले इजरायलसँगको सम्बन्ध सामान्यीकरण गर्ने कुनै पनि प्रयासको विरोध गर्ने बताए। उनले यसलाई आत्मसमर्पण पनि भने।

कासिमले इजरायलसँगको कुनै पनि सम्झौता यसको कब्जाको वैधता स्वीकार गर्नु जस्तै हुने बताए। उनले हिज्बुल्लाहले कुनै पनि रूपमा मान्यता नदिने बताए।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
— अस्ट्रेलियाको बोन्डाई तटमा भएको आक्रमणका दौरान आक्रमणकारीसँग बन्दूक खोसेर सर्वसाधारणको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने व्यक्ति ४३ वर्षका अहमद अल अहमद रहेको खुलेको छ । उनी अहिले अस्पतालमा उपचार गराइरहेका छन् । सिरियाली मुलका अहमदको हात र पाखुरामा गोली लागेको छ । उनी अहिले अस्पतालमा छन् ।शल्यक्रिया सफलतापूर्वक सम्पन्‍न भएको छ । अहमद फलफूल पसले ...
: अस्ट्रेलियाका न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्सले बोन्डी बीचमा भएको गोलीकाण्डमा १० वर्षीया बालिकासहित १५ जनाको मृत्यु भएको पुष्टि गरेका छन्। उनले आक्रमणकारीमध्ये एकजनाको पनि मृत्यु भएको बताएका छन्। प्रहरी आयुक्त माल लान्योनले आक्रमणकारीहरू ५० र २४ वर्षीय बुबा र छोरा भएको बताएका छन् । प्रहरीका अनुसार ५० वर्षीय आक्रमणकारीलाई प्रहरीले गोली हानी मारेको छ। ...
: पाकिस्तानी गुप्तचर निकायसँग सम्बन्ध राखेको र उनीहरूसँग रक्षासम्बन्धी कागजातहरू दिएको आरोपमा आसामको तेजपुरमा एक सेवानिवृत्त भारतीय वायुसेनाका अधिकारीलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा अवकाश प्राप्त कुलेन्द्र शर्मा रहेको सोनितपुर जिल्लाका वरिष्ठ प्रहरी उपरीक्षक बरुण पुरकायस्थले जनाएका छन्। 'सन् २००२ मा भारतीय वायुसेनाबाट अवकाश लिएका यी व्यक्ति लगभग दुई हप्तासम्म हाम्रो निगरानीमा थिए। यस सम्बन्धमा, उनी ...
: अमेरिकाको रोड आइल्याण्ड राज्यको ब्राउन विश्वविद्यालयमा भएको गोलीकाण्डमा दुईजनाको मृत्यु भएको छ भने आठजना गम्भीर घाइते भएका छन्। घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ। यद्यपि, प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले मृत्यु हुनेको संख्या बढ्न सक्ने बताएका छन्। प्रहरीका अनुसार आक्रमणकारी अझै फरार छ। गोली हान्ने व्यक्तिले कालो लुगा लगाएको र ...
: सिड्नी सहरको बोन्डाइ बीचमा भएको आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु भएको छ । जसमा १ जना आक्रमणकारी पनि रहेका छन् । घटनालाई ‘आतंकवादी आक्रमण’ भनी घोषणा गरिएको छ । आइतबार सामूहिक रूपमा अन्धाधुन्ध गोली प्रहार भएको प्रहरीले जनाएको छ । एक गम्भीर घाइते अवस्थाका बन्दुकधारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले १ सय राउन्डभन्दा बढी गोली प्रहार भएको ...