मुख्य समाचार
ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ
ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ

: मोरङको रंगेलीबाट हवाई फायर गरेर प्रहरीले आइतबार दिउँसो ठूलो परिणाममा लागुऔषध ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ।



लागुऔषध नियन्त्रण ब्युरो काठमाडौंसहितको टोलीले १ राउण्ड हवाई फायर गरेर रंगेली नगरपालिका-८ मा स्थित डिल्लीराम श्रेष्ठको घरबाट ३ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा १ जना भारतीय महिला पनि छन्।



मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार रंगेली–८ घर भएर सोही वडाका डिल्लीराम श्रेष्ठको घरमा भाडामा बस्ने ५४ वर्षीय कृत्यानन्द ठाकुर, ३० वर्षीय सुशील बुढाथोकी र भारत अररिया जिल्लाको कुर्शाकट्टा घर भएकी ५० वर्षीय हसिना भन्ने बिजली खातुनलाई पक्राउ गरिएको छ।




पक्राउ गर्ने क्रममा प्रहरीले १ राउण्ड हवाइ फायर पनि गरेको छ। ठाकुरको डेराबाट ४ सय २५ ग्राम ब्राउन सुगरजस्तो देखिने वस्तु, नगद १ लाख २१ हजार र ४ वटा आइफोन बरामद भएको डीएसपी चुँडालले बताइन्।

लागुऔषध कारोबार भइरहेको सूचनाका आधारमा नेपाल प्रहरीको लागुऔषध अनुसन्धान ब्युरो काठमाडौं, लागुऔषध अनुसन्धान ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेलीबाट टोली खटिएको थियो।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
: दाङमा बाघको छालासहित तीनजना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय दाङले दाङमा बाघको छालासहित तीनजना पक्राउ परेको सार्वजनिक गरेको हो। दाङको गढवा गाउँपालिका–६ खवरी गाउँबाट वन्यजन्तु बाघको छाला (ओखेटोपहार)सहित तीनजना व्यक्ति पक्राउ परेका हुन् । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लमहीको टोलीले विशेष अपरेशन सञ्चालन गर्दै उनीहरूलाई नियन्त्रणमा लिएको दाङ प्रहरीले जनाएको छ। सूचनाको ...
: प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले ऐन कामको पूर्ण पालन गरी बेरुजु नबनाउने गरी काम गर्नेतर्फ जोड दिन जरुरी रहेको बताएका छन्। प्रतिनिधिसभा अन्तर्गतका सार्वजनिक लेखा समितिले आइतबार सिंहदरबारमा आयोजना गरेको बेरुजु सम्बन्धी राष्ट्रिय कार्यशाला गोष्ठी उद्घाटन गर्दै सभामुख घिमिरेले बेरुजूका कारण मुलुक आर्थिक रुपमा समस्यामा पर्ने देखिएकाले ऐन कामको पूर्ण पालन गर्नुपर्ने बताएका हुन्। वित्तीय सुशासन, ...
: झापामा विषालु सर्पले डस्दा एक बालकको मृत्यु भएको छ। सर्पले डस्दा कमल गाउँपालिका- ४ का अन्दाजी १० वर्षीय नवीन विकको मृत्यु भएको हो। गएराति हजुरबुवासँगै भुइँमा सुतेका नवीनलाई कालो गोमन सर्पले खुट्टामा टोकेको थियो। उनको घटनास्थलमै मृत्यु भएको कमल ४ का वडाध्यक्ष चन्द्रप्रसाद भट्टराईले बताए। बालकको मृत्युपछि घर आँगनमा खोजेर दुईवटा सर्प मारेका थिए। ज्योति आधारभूत ...
। वर्षासँगै आएको पहिरोले दोलखाको जिरी नगरपालिका वडा नम्बर ९ बसेरीमा रहेको झाँक्रे खोला जलविद्युत परियोजनाको टर्बाइनमा क्षति पुर्याएको छ । ६३५ किलोवाटको उक्त जलविद्युत परियोजनाको भवनको एक भाग पहिरोले पुरिँदा टर्बाइनमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख ज्ञानकुमार महतोले जानकारी दिए । ‘उर्लेनी चौकीबाट प्रहरी घटनास्थलमा पुगेको छ, थप के–केमा क्षति भयो भन्ने त्यसपछि थाहा हुन्छ’ ...
: सुन चोरीको आरोपमा वालिङ नगरपालिकाबाट २ जना युवा पक्राउ परेका छन्। पक्राउ पर्नेमा वालिङ नगरपालिका ९ बस्ने ३२ वर्षीय दुर्गा बिक र चापाकोट नगरपालिका घर भई हाल वालिङ नगरपालिका बस्ने ३४ वर्षीया दीपा क्षेत्री रहेका छन्। आरोपितका साथबाट प्रहरीले सुनले जडान गरिएको पञ्चरत्ने बाला २ थान बरामद गरेको प्रहरी निरीक्षक प्रवेश तिवारीले बताए। वालिङ नगरपालिका-६ स्थित ...