मुख्य समाचार
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किए
एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किए

। एसीसी यू-१६ इस्ट जोन कपको उपाधि विजेता नेपाली टोली स्वदेश फर्किएको छ । टोली आइतबार बेलुकी काठमाडौं आइपुगेको हो ।

टोलीलाई नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का, यू-१९ टोलीका प्रशिक्षक शक्ति गौचन लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।




शनिबार भएको फाइनलमा सिंगापुरलाई २ विकेटले हराउँदै नेपालले उपाधि जितेको थियो । नेपाल यस प्रतियोगितामा अपराजित रहेर उपाधि जितेको हो ।

नेपालले यसअघि सन् २०२३ मा भएको इस्ट जोन कपको पनि उपाधि जितेको थियो ।



त्यसअघि एसीसीले यू-१६ इस्टर्न रिजनको नाममा प्रतियोगिता आयोजना गर्दै आएको थियो र नेपालले २०१७ र २०१९ मा पनि लगातार उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
। अस्ट्रेलियाले ग्रेनेडामा भएको दोस्रो टेस्टमा वेस्ट इन्डिजमाथि १३३ रनको प्रभावशाली जित हासिल गर्दै ३ खेलको शृंखलामा २–० को अग्रता बनाएको छ । यो जितसँगै अस्ट्रेलियाले सन् १९९५ देखि आफ्नो कब्जामा रहेको फ्र्यांक वोरेल ट्रफी फेरि एकपटक रक्षा गरेको छ। वेस्ट इन्डिजलाई जितका लागि २७७ रनको लक्ष्य दिएको अस्ट्रेलियाले चौथो दिनको दोस्रो सेसनमै घरेलु टोलीलाई १४३ रनमा ...
। उज्बेकिस्तानमा एएफसी महिला एसियन कप छनोट खेलेर नेपाली महिला फुटबल टोली भोलि (सोमबार) विहान काठमाडौं आइपुग्ने भएको छ । नेपाली टोली उज्बेकिस्तानबाट प्रस्थान गरिसकेर हाल यूएईको शारजाहमा ट्रान्जिटमा छ । त्यहाँको ट्रान्जिट सकाएर विहान काठमाडौं आइपुग्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोली निर्णायक खेलमा उज्बेकिस्तानसँग पराजित भएर एसियन कपमा छनोट भने हुन ...
त्रिवि क्रिकेट मैदानको प्यारापिटमा सिट जडानको काम सुरु
। फ्रेन्च क्लब पीएसजी फिफा क्लब विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। जर्मन क्लब बायर्न म्युनिखलाई २–० ले हराउँदै पीएसजी अन्तिम चारमा पुगेको हो। पीएसजीको जितमा युवा खेलाडी डिजायर डो र ओस्मान डेम्बेलेले गोल गरे। डिजायरले खेलको ७८औं मिनेटमा पहिलो गोल गरेका थिए भने डेम्बेलेले इन्जुरी समयको छैटौं मिनेटमा दोस्रो गोल थपे। खेलको अन्त्यतिर पीएसजीका विलियन पाकोले ८२औं ...
। स्पेनिस क्लब रियल मड्रिड फिफा क्लब विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ। जर्मन क्लब बोरुसिया डर्टमुन्डलाई ३–२ ले पराजित गर्दै रियल अन्तिम चारमा प्रवेश गरेको हो। रियल मड्रिडका लागि गोंजालो गार्सिया, फ्रान गार्सिया र किलियन एमबाप्पेले गोल गरे। डर्टमुन्डका लागि मेक्सिमिलियन बेइयर र सर्हो गुइरासीले गोल फर्काए। खेलको १०औं मिनेटमा गोंजालो तथा २०औं मिनेटमा फ्रानले अग्रता दोब्बर ...