। त्रिवि स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न माग गरेको छ ।
स्ववियु अध्यक्ष दिपक जोशीले विज्ञप्ति जारी गरेर उपकुलपति छनोट तथा सिफारिससम्बन्धी निर्देशिका २०८० को पूर्ण पालना गर्दै उम्मेदवारहरूले स्पष्ट सोचपत्र सहित प्रतिस्पर्धामा भाग लिनुपर्ने व्यवस्था लागू गर्न माग गरेका छन् ।
‘त्रिभुवन विश्वविद्यालयको आगामी यात्रा रूपान्तरणसहितको गुणस्तरीय, सार्वजनिक शिक्षामा केन्द्रित हुनुपर्छ। स्ववियुले रोजगारमुखी पाठ्यक्रम र नीतिहरू, समाजको आवश्यकता अनुसारको अनुसन्धान र उच्च शिक्षाका लागि अनावश्यक विदेश पलायनको अन्त्य हुने वातावरण निर्माण गर्नुपर्ने आवाज बुलन्द गर्दै आइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ ।