मुख्य समाचार
विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा
विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा

। विश्व बैंकले अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसिया समूहबाट हटाएर अर्कै समूहमा लगेको छ । भारत र पाकिस्तानबीचको पछिल्लो तनावपछि विश्व बैंकले आफ्नो अफगानिस्तान र पाकिस्तानलाई दक्षिण एसियाली क्षेत्रबाट मध्यपूर्व तथा उत्तरी अफ्रिका क्षेत्रमा लगेको हो ।

यससँगै विश्वबैंकले उक्त क्षेत्रको नै परिवर्तन गरी ‘मध्यपूर्व, उत्तरी अफ्रिका, अफगानिस्तान र पाकिस्तान’ राखेको छ । यी दुई मुलुकलाई किन दक्षिण एसियाबाट अलग गरेर यसअघिको मध्यपूर्व र उत्तरी अफ्रिका (मेना) क्षेत्रमा राखिएको भन्ने विषयमा विश्वबैंकले केही उल्लेख गरेका छैन ।




तर, केही जानकार स्रोतहरुलाई भारतको एचटी मिन्टले जनाएअनुसार पाकिस्तानलाई विश्वबैंकले दिने ऋण रोक्नुपर्ने भन्दै भारतले दबाब दिएपछि विश्वबंैंकले यी दुई मुलुकलाई भारतभन्दा अलग समूहमा राखेको हो ।

विश्वबैंकले आफ्नो कार्यसञ्चालन, ऋण प्रवाह तथा तथ्यांकको विश्लेषणलगायत कामका लागि विश्वका देशहरुलाई विभिन्न समूहमा राख्ने गरेको छ । अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास निगमलगायतले पनि देशहरुको यस्तै समूह बनाएर काम गर्ने गर्छन् । यस्ता समूहरुलाई उनीहरुले विशेषगरी आफ्नो संस्थागत कामको प्रयोजनका लागि मात्रै प्रयोग गर्छन् ।



यसअघि दक्षिण एसिया क्षेत्रमा अफगानिस्तान, बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंका गरी ८ देश थिए । अफगानिस्तान र पाकिस्तानलाई अलग गरेपछि अब यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबाहेकका ६ मुलुकमात्रै रहेका छन् ।

विश्वबैंकले दक्षिण एसिया क्षेत्रको उपाध्यक्षका रुपमा जोहान्स जुटलाई नियुक्त गरेकोसम्बन्धी विज्ञप्तिमा दक्षिण एसियाली क्षेत्रका देशमा पाकिस्तान र अफगानिस्तानको नाम थिएन । अब भने उसले आफ्नो वेबसाइट अपडेट गरेर यी दुई मुलुकहरु मध्यपूर्व र उत्तरी अफ्रिकी मुलुकसँगै रहने गरी नयाँ क्षेत्र बनाएको उल्लेख गरेको हो ।

अफगानिस्तान र पाकिस्तानलाई अलग गरेपछि अब यो क्षेत्रमा पाकिस्तान र अफगानिस्तानबाहेकका ६ मुलुकमात्रै रहेका छन् ।
पहिला मेना भनिने मध्यपूर्व, उत्तरी अफ्रिका अफगानिस्तान र पाकिस्तान भन्ने समूहमा भने यी दुई देशलाई मिसाइनुअघि अल्जेरिया, बहराइन, जिबौटी, इजिप्ट, इरान, इराक, इजरायल, जोर्डन, कुवेत, लेबनान, लिब्या, माल्टा, मोरक्को, ओमान, कतार, साउदी अरेबिया, सिरिया, ट्युनिसिया, यूएई, वेस्ट ब्यांक तथा गाजा (प्यालेन्टाइन) र येमन थिए ।

अफगानिस्तान र पाकिस्तानको विशेषता मेना मुलुकहरुसँग धेरै हदसम्म मिल्दा विकास चुनौतीहरु सामना गरिरहेकाले त्यो समूहमा राखिएको कतिपय स्रोतहरु बताउँछन् । ‘विश्व बैंकको मध्यपूर्व र उत्तर अफ्रिका क्षेत्रमा अस्थिरता र द्वन्द्व, खाद्य सुरक्षा, जलवायु कार्य र हरित रूपान्तरण, समष्टिगत आर्थिक स्थिरता, रोजगारी, डिजिटल रूपान्तरण, मानव पूँजी विकास, निजी क्षेत्रको विकास, र महिलासहितका कमजोर समूह तथा युवाहरूको समावेशीकरण जस्ता विकास चुनौतीको सामना गरिरहेको छ,’ विश्व बैंकको दस्तावेजमा उल्लेख छ ।

अन्तर्राष्ट्रि मुद्राकोष (आईएमएफ)ले पाकिस्तान र अफगानिस्तानलाई आफ्नो मध्यपूर्व र मध्य एसिया भन्ने समूहमा राखेको छ भने बाँकी दक्षिण एसियाली मुलुकहरु एसिया तथा प्यासिफिक भन्ने समूहमा पर्छन् ।

त्यस्तै, विश्वबैंक अन्तर्गतकै अन्तर्राष्ट्रिय वित्त निगमले मध्यपूर्व, मध्य एसिया, टर्की, अफगानिस्तान र पाकिस्तान भनेर त्यस क्षेत्रका देशहरुको समूह बनाएको छ भने भारत नेपाललगायतलाई दक्षिण एसिया समूहमा राखेको छ ।

एसियाली विकास बैंकले पनि पाकिस्तान र अफगानिस्तानलाई मध्य तथा पश्चिम एसिया समूहमा राखेको छ भने बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकालाई दक्षिण एसिया क्षेत्रमा राखेको छ ।

अन्य धेरै दाताले पाकिस्तान र अफगानिस्तानलाई मध्यपूर्व तथा मध्य एसियाको समूहमा लगिसकेकोमा विश्वबैंकले पनि त्यसो गरेको थिएन । अब भने विश्वबैंकले पनि यी दुई मुलुकलाई दक्षिण एसियाबाट अलग गरेको हो ।

दक्षिण एसियाका ८ मुलुक सदस्य भएको दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) वर्षाैंदेखि निस्क्रिय छ । यस क्षेत्रको सबैभन्दा ठूलो मुलुक भारतले सार्कको उपादेयता समाप्त भइसकेको घोषणा गरेको छ । सार्कको अध्यक्षता नेपालले गरिरहेको भए पनि वर्षौंदेखि यसको शिखर सम्मेलन आयोजना हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
अन्य समाचारहरु
युरोपियन कमिसनले युक्रेनका किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरो रकम दिन अस्वीकार गरेको छ। ब्लुमबर्गका अनुसार युक्रेनका कृषि तथा खाद्य नीति मन्त्री तारास बिसोत्स्कीले यसबारे जानकारी दिएका हुन्। युक्रेनले युरोपियन युनियनसँग आफ्नो कृषि क्षेत्रका लागि थप लक्षित सहायता मागेको थियो। तर युरोपियन कमिसनले किसानहरूलाई सहयोग गर्न माग गरिएको २२० मिलियन युरोको अनुरोध अस्वीकार गरेको ...
। मलेसियाले मंगलबार करिब एक हजार ५ सय म्यान्मा नागरिकलाई स्वदेश फर्काउने प्रक्रिया सुरु गरेको छ । यो म्यान्माका पाँच हजार नागरिकलाई स्वदेश फिर्ता पठाउने योजनाअन्तर्गतको पहिलो चरण हो । मलेसिया सरकारले उनीहरूलाई स्वेच्छिक रूपमा स्वदेश फर्काउन लागिएको जनाएको छ । तर, मानवअधिकार तथा आप्रवासी अधिकारसम्बन्धी संस्थाहरूले हिरासत केन्द्रमा रहेका कठिन परिस्थितिका कारण उनीहरू स्वदेश फर्कन ...
। अमेरिका र क्यानाडाबीच बढ्दो व्यापार तनावबीच क्यानाडाबाट आयात हुने मदिरासहित विभिन्न उत्पादनमा अमेरिकाले मङ्गलबारदेखि नयाँ प्रतिबन्ध लागू गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यस महिनाको सुरुमा प्रतिबन्ध घोषणा गरेका थिए। प्रतिबन्धमा बियर, स्पार्कलिङ वाइन, ब्रान्डी, सेक तथा अन्य मदिरासहित दुग्धजन्य मट्ठा प्रोटिन र उच्च क्षमताका मोटरसाइकलसमेत परेका छन्। सेप्टेम्बर ८ मा क्यानाडाले अमेरिकी निर्यातमा करिब ...
— म्यान्मारको राखाइन राज्यस्थित एक व्यस्त बजारमा सेनाले गरेको हवाई आक्रमणमा परी मृत्यु हुनेको संख्या ५० पुगेको छ । सोमबार मध्याह्न सेनाले क्याउक्ताव शहर नजिककैको नदी किनारस्थित एक बजारमा दुईवटा बम खसालेको थियो । उक्त आक्रमणपछि घटनास्थलमा खटिएका दुई स्थानीय राहतकर्मीले मंगलबार कम्तिमा ५० जनाको मृत्यु भएको पुष्टी गरेका छन् । राहतकर्मी वाइ हुन आउङले ...
। आइतबार यमनको ताइज क्षेत्रमा भएको हवाई हमलामा हुथी समूहसँग सम्बद्ध करिब ३० लडाकु र आठ सर्वसाधारण मारिएका छन्। अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त यमनी सरकारले भने हुथी सैन्य शिविर र गाडीहरूलाई निशाना बनाएको दाबी गरेको छ। हुथी स्वास्थ्य मन्त्रालयले हमला ताइज प्रान्तको माविया बजारका पसलहरूमा भएको जनाएको छ। हुथी सैन्य प्रवक्ता याह्या सरीले भने, ‘हाम्रो ...
जापान विशेष
आजको विनिमय दर
नेपाली पात्रो
प्रश्नउत्तर र पुरस्कार
जापानको सिमा बाट सबै भन्दा नजिकै रहेको देश् कुन् हो?
रूस
चीन
कोरिया
भियतनाम